Saturday, August 29, 2026
Homeअर्थ र ब्यापार८७ वर्षीया वृद्धा राजी राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९...

८७ वर्षीया वृद्धा राजी राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं । व्यवसायी पृष्ठभूमिकी ८७ वर्षीया राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन्। व्यक्तिगततर्फबाट कोषमा प्राप्त भएको यो अहिलेसम्मकै ठूलो सहयोग भएको जनाइएको छ।

राणाले शुक्रबार सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

सो अवसरमा राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि व्यक्तिगततर्फबाट ८० हजार रुपैयाँ सहयोग गरेका थिए। उक्त रकमसमेत अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ।

राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सहयोग गर्ने तयारीसमेत गरेकी छन्। अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक परेको स्थानमा उक्त सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्राप्त सहयोग रकम र सामग्री आवश्यकताअनुसार परिचालन गरिने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका