Thursday, December 11, 2025
Homeअन्तराष्ट्रिय२०८ औँ भानुजयन्ती तथा अन्तरराष्ट्रिय कविता गोष्ठी सम्पन्न

२०८ औँ भानुजयन्ती तथा अन्तरराष्ट्रिय कविता गोष्ठी सम्पन्न

हिमालयन ट्रिब्युन सम्वाददाता

नेपालका आदी कवी भानुभक्त आचार्यको सम्मानमा, २०७८ आषाढ २० तदनुसार सन २०२१, जुलाई ४ मा  २०८ औँ भानुजयन्ती तथा अन्तरराष्ट्रिय कविता गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ। भानु जयन्तीलाई अन्तरराष्ट्रिय भाषा साहित्य दिवसका रुपमा समेत मनाइँदै गरेको सन्दर्भमा सो समारोह सम्पन्न भएको हो। नेपाल, अमेरिका, भारत, क्यानडा, ताईवान, वेलायत,  अस्ट्रेलिया   आदिबाट प्रतिनिधि कवीहरुले जुम मिटिङ मार्फत  भाग लिएको सो समारोहको सभापतित्व साहित्य सागर डिजिटल पत्रीका तथा श्रोत केन्द्रका संस्थापक अध्यक्ष तथा प्रधान सम्पादक मणि नेपाली पनेरुले गर्नु भएको थियो भने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपती तथा वरिष्ठ साहित्यकार डा वासुदेव त्रिपाठी प्रमुख अतिथी हुनुहुन्थ्यो। साहित्य सागरका प्रवन्ध सम्पादक सुरेन उप्रेतिले सन्चालन गर्नु भएको सो समारोहमा साहित्य सागरका सम्पादक रमेश सुभेक्षुले स्वागत मन्तव्य राख्नु भएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य बिभाग प्रमुख डा हेमनाथ पौडेलले भानुभक्त आचार्यको व्यक्तित्व, कृतित्व तथा उहाँका कालजयी योगदान वारे विस्त्रित प्रकाश पार्नु भएको थियो।

सो अवसरमा कवी गीता सापकोटा द्वारा रोचकरुपमा  भानुभक्तीय रचना वाचन गर्नु भएको र बिभिन्न कविहरुले आफ्ना कविताहरु वाचन गरेर श्रोताहरुको मन जित्न सफल भएका थिए। सहभागी कवीहरुमा  गोविन्द गौतम, मस्को, रसा, गोविन्द गिरी प्रेरणा, अमेरिका, मोहनराज शर्मा म्यानमार, वसन्त श्रेष्ठ पूर्वअध्यक्ष, अनेसास, अमेरिका, कृष्ण बजगाईं, बेलायत, डा लेखनाथ काफ्ले ताइवान, डा गोविन्दसिं रावत, क्यानडा,  अमेरिका  राजेन्द्र अर्याल, क्यानडा,अमित राई, कुवेत, राजन शर्मा अष्ट्रेलिया, पदम विश्वकर्मा उपाध्यक्ष वोर्ड अफट्रस्टी अनेसास, अमेरिका, डा मोहन सिटौला, अमेरिका, पुण्यसागर मरठ्ठा, क्यानडा हुनुहुन्थ्यो। त्यसै  गरी भारतका बिभिन्न स्थानहरुबाट नेपाली कविहरुको  सहभागीता रहेको थियो, जस्मा सिक्किमा बाट अमर बानियाँ लोहोरो, असम बाट डा. खेमराज नेपाल तथा डम्बर दाहाल, कालिम्पोङबाट सुधीर क्षेत्री, मणिपुरबाट भवानीप्रसाद अधिकारीको महत्वपूर्ण सहभागीता रहेको थियो। सो नेपालवाट सहभागी  कवीहरुमा डा. राजेन्द्र विमल, जनकपुर, महेश प्रसाईं, विराटनगर,भुवनहरि सिग्देल, काठमाडौँ, भावकेशर बराल, सिन्धुली,दुर्गा नेपाली, मोरङ,गीता खत्री, भोजपुर,  नरनाथ लुइटेल, भोजपुर, प्रा.डा. खेमनाथ दाहाल, मोरङ, प्रह्लाद पोखरेल, काठमाडौँ प्रभा भट्टराई, तनहुँ हुनुहुन्थ्यो। त्यसै गरी नेपालबाट सहभागी अन्य कविहरु डा. अमर गिरी,  दिनेश अधिकारी, प्रा. डा. कृष्णप्रसाद दाहाल आदिले रोचक कविताहरु पाठ गर्नु भएको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व उपकुलपति प्रा डा वासुदेव त्रिपाठीले प्रमुख अतिथीको आसन बाट बोल्दै हजार बर्ष भन्दा लामो ईतिहास बोकेको देशका महाजाती नेपालीलाई भाषिक एकिकरण गर्ने भानुभक्त नै भएको र उनको सम्मानमा अन्तरराष्ट्रिय कवी गोष्ठी हुनु असल कुरो भएको बताउँदै आयोजक साहित्य सागर डट कम परिवारलाई धन्यवाद दिनु भयो। कार्यक्रमका  सभापति मणि नेपाली पनेरुले सो कार्यक्रम आयोजना गर्ने साहित्य सागर परिवार तथा सहभागी वक्ता तथा कविहरुलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भयो।   साहित्यसागर एक उअदयीमान डिजिटल पत्रीका भए पनि विविध विशेषाङ्कहरु सहित बिशाल सामाग्रीहरु र श्रोतहरु भन्डारण भईसकेको एक  महत्वपूर्ण साहित्यिक वेव पोर्टल भएको कुरा वताइन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका