Sunday, May 10, 2026
Home Blog Page 96

क्यालिफोर्नियाको लेक टाहोमा भीषण हिमपहिरो: आठ स्कियरको मृत्यु, एक अझै बेपत्ता

0

वासिङटन डीसी । अमेरिकाको California राज्यअन्तर्गत Lake Tahoe क्षेत्रको Castle Peak आसपास आएको भीषण हिमपहिरोमा परी आठ स्कियरको मृत्यु भएको पुष्टि भएको छ। मंगलबार बिहान करिब ११ः३० बजे ‘फुटबल मैदान’ जत्रो आकारको हिमपहिरो खसेपछि १५ जना बेपत्ता भएका थिए।

खोज तथा उद्धार टोलीले बुधबारसम्म दुर्गम क्षेत्रमा आठ जनाको शव फेला पारेको Nevada County Sheriff’s Office ले जनाएको छ। अझै एक जना बेपत्ता रहेको र उनलाई मृत मानिएको बताइएको छ।

हिमपहिरोपछि क्षेत्रमा थप तीन फिटसम्म हिमपात भएकाले उद्धार कार्य अत्यन्त कठिन बनेको अधिकारीहरूले बताएका छन्। मौसम अवस्था प्रतिकूल र जोखिम उच्च रहेकाले थप सतर्कता अपनाइएको छ। घटनामा परेका १५ जनामध्ये ६ जनालाई जीवित उद्धार गरिएको छ।

घाइते दुई जनालाई हिँड्न नसक्ने अवस्थामा अस्पताल लगिएको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ। मृतकमध्ये एक जना उद्धार टोलीका सदस्यका जीवनसाथी रहेको जनाइएको छ। सो टोलीमा ११ जना स्कियर र ४ जना गाइड सहभागी थिए।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: चार प्रदेशमा बादल र हिमपातको सम्भावना

0

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली भएको छ। बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। साथै अन्य पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ। तराईका केही स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

आज राति कोशी र बागमती प्रदेशसहित अन्य हिमाली भूभागमा सामान्य बदली रहनेछ। मधेस प्रदेशलगायत बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा तुवाँलो लाग्न सक्ने महाशाखाले जनाएको छ।

इरानमाथि आक्रमण गर्ने अमेरिकाको तयारी, ५० लडाकू विमान मध्यपूर्व पठायो

0

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पछिल्लो २४ घण्टामा मध्यपूर्व क्षेत्रमा ५० भन्दा बढी लडाकु विमान पठाएको जनाएको छ। स्वतन्त्र उडान ट्र्याकिङ डेटा तथा सैन्य उड्डयन अनुगमनकर्ताहरूका अनुसार एफ–२२, एफ–३५ र एफ–१६ लडाकु विमानहरू मध्यपूर्वतर्फ परिचालन गरिएको पुष्टि भएको छ।

यो गतिविधि जेनेभामा अमेरिका र इरानबीच भएको दोस्रो चरणको वार्ताकै क्रममा सार्वजनिक भएको हो। उक्त वार्ता इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषयमा केन्द्रित भए पनि महत्वपूर्ण मुद्दाहरूमा अझै मतभेद कायम रहेको जनाइएको छ।

अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका सर्तहरू स्वीकार गर्न इरान इच्छुक नभएको बताएका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले केही प्रगतिशील वार्ता भए पनि प्रमुख मुद्दाहरूमा सहमति हुन नसकेको बताएका छन्।

यसैबीच अमेरिकी सैन्य विमानहरूसँगै लामो दूरी सञ्चालनका लागि हवाई इन्धन भर्ने ट्याङ्करहरू पनि मध्यपूर्वतर्फ पठाइएको देखिएको छ। एक अमेरिकी अधिकारीका अनुसार अमेरिकी विमानवाहक पोत यूएसएस जेराल्ड आर. फोर्ड नेतृत्वको स्ट्राइक समूह क्यारिबियन क्षेत्रबाट प्रस्थान गरी मध्य–एट्लान्टिक पुगेको र केही दिनभित्र मध्यपूर्व क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ।

एसोसिएटेड प्रेसका अनुसार उक्त स्ट्राइक समूहसँग निर्देशित मिसाइलयुक्त विनाशक युद्धपोतहरू पनि रहेका छन्। यसअघि यस वर्षको सुरुवातमै अमेरिकी युद्धपोत र हवाई सैन्य उपकरणहरू सो क्षेत्रमा तैनाथ गरिएका थिए।

उता इरानले प्रत्यक्ष सैन्य अभ्यासका क्रममा विश्वका प्रमुख तेल आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेटका केही भाग अस्थायी रूपमा बन्द गरेको जनाएको छ। इरानले यस अभ्यासलाई “होर्मुज स्ट्रेटको स्मार्ट नियन्त्रण” भन्दै सुरक्षा र सञ्चालन क्षमता परीक्षणको उद्देश्य रहेको बताएको छ।

इरानी समाचार एजेन्सीहरूका अनुसार फारसी खाडीको साँघुरो क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरिएको थियो। समुद्री सुरक्षा कम्पनीहरूले उक्त क्षेत्रमा सञ्चालन गरिरहेका जहाजहरूलाई अग्रिम सूचना प्रसारण गरिएको जनाएको छ।

यसअघि जनवरी अन्त्यतिर भएको यस्तै अभ्यासपछि अमेरिकी केन्द्रीय कमान्डले अन्तर्राष्ट्रिय जल तथा हवाई क्षेत्रमा सुरक्षित सञ्चालन गर्न इरानलाई चेतावनी दिएको थियो।

इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता, अन्तर्राष्ट्रिय क्रिकेट दिग्गजहरूको पाकिस्तान सरकारलाई आग्रह

0

काठमाडौं । अगस्ट २०२३ देखि जेलमा रहेका इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पाँच देशका १४ पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पाकिस्तान सरकारलाई पत्र पठाएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार सुनील गावस्कर, कपिल देव, ग्रेग च्यापेल, बेलिन्डा क्लार्क, माइकल एथर्टन, नासेर हुसेन, इयान च्यापेल, एलन बोर्डर, माइकल ब्रेअरली, डेभिड गोवर, किम ह्युजेस, क्लाइभ लोयड, स्टिभ वा र जोन राइटसहितका पूर्व कप्तानहरूले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफलाई पत्र लेख्दै इमरान खानलाई उचित स्वास्थ्य उपचार उपलब्ध गराउन आग्रह गरेका छन्।

रिपोर्टअनुसार उक्त पत्रमा कुनै पनि पूर्व पाकिस्तानी कप्तानले हस्ताक्षर गरेका छैनन्। यद्यपि, गत साता वसीम अक्रम, वकार युनिस र शाहिद अफ्रिदी लगायतका पूर्व पाकिस्तानी क्रिकेटरहरूले सन् १९९२ को विश्वकप विजेता टोलीका कप्तान इमरान खानप्रति उचित व्यवहार गर्न सामाजिक सञ्जालमार्फत आवाज उठाएका थिए।

पाकिस्तानी सर्वोच्च अदालतको निर्देशनमा गरिएको अनुसन्धानअनुसार क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरान खानले एउटा आँखाको करिब ८५ प्रतिशत दृष्टि गुमाएको उल्लेख गरिएको छ। अदालतद्वारा नियुक्त वकिल सलमान सफदरको प्रतिवेदनमा इमरानले लामो समयदेखि धमिलो दृष्टिको समस्या भएको गुनासो गर्दै आएका थिए।

प्रतिवेदनअनुसार अक्टोबर २०२५ सम्म उनको दृष्टि सामान्य रहेको तर त्यसपछि अचानक दाहिने आँखाको दृष्टि गुम्न थालेको बताइएको छ। परीक्षणका लागि पिम्स अस्पतालका आँखा विशेषज्ञ बोलाइएका थिए, जहाँ चिकित्सकहरूले आँखामा रगत जमेको पत्ता लगाएका थिए, जसका कारण गम्भीर क्षति भएको उल्लेख गरिएको छ।

उपचार तथा औषधि प्रयोगपछि पनि उनको दाहिने आँखामा हाल करिब १५ प्रतिशत मात्र दृष्टि रहेको जनाइएको छ। इमरान खानले भने आफूलाई निजी चिकित्सकबाट उपचार गराउने अनुमति नदिइएको दाबी गरेका छन्।

निर्वाचनअघि राष्ट्रिय सहमति आवश्यक: ज्ञानेन्द्र शाह

0

काठमाडौं । ज्ञानेन्द्र शाहले मुलुकका प्रमुख राजनीतिक र सामाजिक पक्षबीच सहमति कायम गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देशमार्फत उनले आगामी निर्वाचनले मात्र देशका सबै समस्याको समाधान नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतिको वातावरण तयार पार्नुपर्ने बताएका हुन्। उनले वर्तमान अवस्थामा सबै पक्षबीच समझदारी निर्माण गरी मात्र निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन्।

उनले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनबारे संकेत गर्दै सरकारलाई परोक्ष रूपमा निर्वाचन सारेर राष्ट्रिय समस्या समाधानमा ध्यान दिन आग्रह गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा निर्वाचन प्रतिनिधि चयन गर्ने स्वाभाविक प्रक्रिया भए पनि अहिलेको जनभावनाले पहिले राष्ट्रिय समस्याको समाधान आवश्यक रहेको देखाएको उनको भनाइ छ।

निर्वाचनपछि कुनै प्रकारको द्वन्द्व, खिचातानी वा अस्थिरता नहोस् भन्ने उद्देश्यले सहमति र समझदारीमार्फत अघि बढ्नुपर्ने उनको सुझाव छ। मुलुकको अस्तित्व र राष्ट्रिय अस्मिता नै चुनौतीमा परेको अनुभूति भइरहेको भन्दै उनले विगतमा भएका राजनीतिक परिवर्तनले देश र जनतालाई के उपलब्धि दिएको भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।

साथै उनले सद्भाव, सहकार्य र एकताको राजनीतिक संस्कृतिलाई प्रवर्द्धन गर्न सबै पक्षसँग आग्रह गरेका छन्। वर्तमान अवस्थामा देश अस्थिरता, अन्योल र चिन्ताको परिस्थितिमा रहेको महसुस आम नागरिकले गरिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय समस्याको दीर्घकालीन समाधानपछि मात्रै निर्वाचनतर्फ जानु उचित हुने बताएका छन्।

पूर्वराजा शाहले करिब आठ मिनेट लामो भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

१० बुँदे प्रतिज्ञापत्रसहित चुनावी मैदानमा नेपाली कांग्रेस

0

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित प्रतिज्ञा सभामा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले संयुक्त रूपमा प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरिएको उक्त प्रतिज्ञापत्रमा विशेषगरी युवा पुस्ता (जेनजी) को भ्रष्टाचारविरोधी भावनालाई सम्बोधन गरिएको कांग्रेसले जनाएको छ। पार्टीले पाँच वर्षभित्र पूरा गर्न सकिने यथार्थपरक लक्ष्यसहित समृद्ध र सुन्दर नेपालको दीर्घकालीन खाका प्रस्तुत गरिएको दाबी गरेको छ।

प्रतिज्ञापत्रमा जनताको सम्मानजनक जीवन सुनिश्चित गर्ने, प्रत्येक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमानको रक्षा गर्ने तथा जात, धर्म र लिङ्गका आधारमा हुने विभेद र हिंसाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यस्तै युवाहरूलाई स्वदेशमै मर्यादित रोजगारी उपलब्ध गराउने, विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई देशको विकासमा प्रयोग गर्ने तथा लगानीमैत्री वातावरण सिर्जना गर्ने योजना समेटिएको छ।

कांग्रेसले श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्ने, अवैध सम्पत्ति आर्जनलाई कडाइका साथ नियन्त्रण गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने र मल, बीउ तथा सिँचाइको अभाव अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। साथै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी ‘ब्रान्ड’ बनाउने लक्ष्य पनि राखिएको छ।

स्वास्थ्य सेवामा सुधार गर्दै उपचारलाई नागरिकको मौलिक अधिकारको रूपमा सुनिश्चित गर्न उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले जिम्मेवारी लिने प्रतिवद्धता जनाइएको छ। शिक्षालाई राष्ट्रको दीर्घकालीन लगानीका रूपमा अघि बढाउँदै प्रारम्भिक तहदेखि विश्वविद्यालयसम्मको शिक्षालाई प्रविधि र नवप्रवर्तनसँग जोड्ने योजना उल्लेख गरिएको छ।

यसबाहेक राज्यका निकायहरूमा दलीयकरण अन्त्य गर्ने, प्रविधिको प्रयोगमार्फत भ्रष्टाचार र प्रशासनिक ढिलासुस्ती हटाउने तथा नेपालको भौगोलिक र सांस्कृतिक विविधताको संरक्षण गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने लक्ष्य प्रतिज्ञापत्रमा राखिएको छ।

कांग्रेसले सार्वभौमिक समानताको आधारमा छिमेकी तथा मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्ने, नेपाली राहदानीको अन्तर्राष्ट्रिय सम्मान बढाउने र पर्यटन, ऊर्जा, सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा तीव्र विकास गर्दै खुला तथा वातावरणमैत्री अर्थतन्त्र निर्माण गर्ने वाचा पनि गरेको छ।

congress

वर्तमान व्यवस्था जोगाउन कांग्रेसलाई बहुमत आवश्यक : विमलेन्द्र निधि

0

काठमाडौँ । विमलेन्द्र निधिले वर्तमान शासन व्यवस्था जोगाउन फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन्।

बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा उनले निर्वाचनमा पार्टीलाई जिताउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताए।

निधिले अहिले नेपालमा जननिर्वाचित संसद् र सरकार नभएको उल्लेख गर्दै निर्वाचनमार्फत जनताका प्रतिनिधि निर्वाचित गरी उनीहरूकै माध्यमबाट सरकार गठन गर्न आवश्यक रहेको बताए। उनले वर्तमान शासन व्यवस्था जोगाउन लोकतन्त्रवादी शक्तिहरू विजयी हुनुपर्ने धारणा व्यक्त गरे।

उनले वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको बताउँदै संविधानसभामार्फत बनेको यस संविधानमा सबै समुदाय र वर्गका अधिकार समेटिएको उल्लेख गरे। त्यसैले संविधानको रक्षा र कार्यान्वयनका लागि कांग्रेसको बहुमत आवश्यक रहेको उनले बताए।

धनगढीमा रास्वपाको शक्ति प्रदर्शन, रवि लामिछाने र बालेन शाह सहभागी

0

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह धनगढी पुगेका छन्।

बुधबार धनगढी वडा नम्बर–१ स्थित खुला चौरमा आयोजित चुनावी सभामा सहभागी हुन उनीहरू त्यहाँ पुगेका हुन्। सभामा रास्वपाका हजारौँ कार्यकर्ता तथा समर्थकको उल्लेखनीय उपस्थिति देखिएको छ।

सभाअघि रास्वपाले धनगढीस्थित ट्राफिक चौराहादेखि कार्यक्रम स्थलसम्म र्याली निकालेको थियो। र्यालीका कारण धनगढी बजार क्षेत्रको सवारी आवागमन केही समय प्रभावित बनेको थियो।

कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेश का नौ वटै जिल्लाबाट रास्वपाका नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्। चुनावी सभालाई पार्टी सभापति लामिछाने र नेता शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

बिगुलको प्रदर्शन स्थगित

0

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बिगुल’को प्रदर्शन स्थगित गरिएको छ। निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालि ले मंगलबार विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म फिल्म प्रदर्शन रोक्ने निर्णय गरिएको जनाएको हो।

कम्पनीले जारी गरेको विज्ञप्तिमा निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायको सुझाव तथा परिस्थितिको मूल्याङ्कनपछि यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ। साथै फिल्मको नयाँ प्रदर्शन मिति चाँडै घोषणा गरिने पनि जनाइएको छ।

निर्माण पक्षले प्रदर्शन स्थगितबाट दर्शक तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमा माग्दै फिल्मलाई प्रत्यक्ष रूपमा गएर हेर्नुभएका दर्शक, कलाकार, प्राविधिक, पत्रकार तथा अतिथिहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

रमेश कोइराला द्वारा निर्देशित उक्त फिल्म दिनेश कोइराला को प्रस्तुतीमा निर्माण गरिएको हो। फिल्ममा बेनिशा हमालनरेन खड्का ले प्रमुख भूमिका निर्वाह गरेका छन्।

निर्वाचन सुरक्षाका लागि ४०७ थान हातहतियार प्रशासनलाई बुझाइयो

0

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनको आह्वानअनुसार यहाँ ४०७ जनाले हातहतियार प्रहरी प्रशासनलाई बुझाएका छन्।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापा का अनुसार जिल्लामा जम्मा एक हजार ८६ थान हातहतियार दर्ता रहेकामा हालसम्म ४०७ थान मात्र प्रशासनको नियन्त्रणमा आएको छ। उनले बाँकी हातहतियार पनि निर्धारित समयभित्र बुझाउन सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेका छन्। समयमै हतियार नबुझाए कानुनी कारबाही गरिने चेतावनी समेत उनले दिएका छन्।

प्रशासनका अनुसार बुझाइएका सबै हातहतियार तथा गोलीगठ्ठा निर्वाचन प्रक्रिया सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिनेछ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अनुमतिप्राप्त हातहतियार अस्थायी रूपमा प्रशासनलाई बुझाउन स्थानीय प्रशासन र नेपाल प्रहरी ले आग्रह गरेको छ।