Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Wednesday, May 13, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 774

अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश

By
Himalayan Tribune
-
June 12, 2024
0

काठमाडौँ: अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो । अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले पाँच दशमलव चार ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए । उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहेका हुन् । त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए । नामिबियाका डेविड विजाले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । समूह ‘बी’मा अष्ट्रेलिया तीन खेलमा छ अङ्कका साथ शीर्षस्थानमा छ । त्यसैगरी सोही समूहमा रहेको स्कटल्याण्ड तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ दोस्रो स्थानमा छ ।

नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अङ्कका साथ तेस्रो स्थानमा छ । इंग्ल्याण्ड दुई खेलमा एक अङ्कका साथ चौथो स्थानमा छ । ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ । विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।

राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

By
Himalayan Tribune
-
June 12, 2024
0

वाग्मती: मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दासेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन भएको हो । आजदेखि असार २२ गतेसम्म जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन हुनेछ ।

जिल्लाको थाहा नगरपालिका, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, वाग्मती, बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई लक्षित गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले राससलाई जानकारी दिनुभयो । आगलागी यसैबीच, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेस्याङतानको घरमा आगलागी हुँदा घरमा राखेको सबै अन्न नष्ट भएको छ ।

मकवानपुरगढी गाउँपालिका–३ धमिलेस्थित अध्यक्ष स्याङ्तानको काठको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा २५ मुरी धान, १५ मुरी कोदो, १० मुरी मकै, लत्ताकपडा, फर्निचरलगात सामान जलेका प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

By
Himalayan Tribune
-
June 12, 2024
0

खाँदबारी (सङ्खुवासभा): सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

गण्डकी सरकार ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

By
Himalayan Tribune
-
June 12, 2024
0

गण्डकी: गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो । सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटन राजधानी पोखरालाई केन्द्रबिन्दुमा राखी ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गरिने बताउनुभयो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘पहिले घरदेश अनि परदेश’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवद्र्धन, पर्यटकको सेवा तथा सुविधा विकास र विस्तार गरिने सरकारको योजना छ । सार्वजनिक–निजी साझेदारीमार्फत पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकीय उपजको पाश्र्वचित्र निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ र प्रचारप्रसारमा जोड दिइने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

सरकारी तथा निजी क्षेत्रको समन्वय र सहभागितामा विभिन्सांस्कृतिक तथा व्यापारिक मेला, जात्रा तथा सम्मेलनको आयोजना र सञ्चालन, घरबास, सङ्ग्रहालय, कोसेली घर, उद्यान, मानव निर्मित पर्यटकीय गन्तव्यमार्फत आन्तरिक तथा बाह्पर्यटकलाई आकर्षित गरी पर्यटनलाई आन्तरिक उत्पादन र रोजगारीसँग आबद्ध गरिने जनाइएको छ । ‘राउण्ड फेवाः भ्यू फेवा’ कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा चङ्ुरबाट मग्रेबगरसम्म पर्यटकीय आकर्षणका रूपमा ट्रस ब्रिजको निर्माणका लागि आवश्यक पहल गरिने जनाइएको छ । पर्यटकीय क्षेत्र ढोरपाटन र गजेन्द्र मोक्षधामको एकीकृत विकास गुरूयोजना तयार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । पदयात्रा तथा साइक्लिङका लागि उपयुक्त ठाउँको पहिचान गरी वैकल्पिक मार्गको व्यवस्था गरिने भनिएको छ । गोरखाको मनास्लु लार्केपास– मनाङ–मुस्ताङ र कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रलाई उत्कृष्ट पदमार्गको रूपमा विकास गरिने सरकारको योजना छ ।

धार्मिक, सांस्कृतिक, आध्यात्मिक, ध्यान, योग, साहित्यिक, साहसिक, खेलकुद पर्यटनको विकास गरिने सरकारको तयारी छ । मुक्तिनाथ, विन्दवासिनी, मनकामना, गोरखकाली, गोरखनाथ, गलेश्वर, बागलुङ कालिका, भैरवस्थान, पञ्चकोट, पञ्चासे, डहरे देउराली, आलमदेवी, नुवाकोट कालभैरव, देवघाट, मौलाकालिका, गलेश्वर आश्रम, महेश आश्रम, हरिहर सन्न्यास आश्रम, केदारेश्वर धाम, लमजुङ कालिकालगायत प्रमुख धार्मिकस्थलको प्रवद्र्धनका लागि विशेष पहल गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

सरकारले वैकल्पिक पदमार्गहरूको विकाससँगै समग्र पर्यटन क्षेत्रका सन्दर्भमा नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजेका विषयलाई सकारात्मक रूपमा लिइएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी बताउनुहन्छ । सरकारले धवलागिरि क्षेत्रलाई संरक्षण क्षेत्रका रूपमा विकास गर्दै त्यहाँ पदयात्रा पर्यटन लक्षित पूर्वाधार विकास गर्नु जरुरी भएको उहाँले बताउनुभयो ।

वर्षाले खाँदबारी–नुम सडकमा क्षति

By
Himalayan Tribune
-
June 12, 2024
0

खाँदबारी (सङ्खुवासभा): कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले राससलाई बताउनुभयो । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

By
Himalayan Tribune
-
June 12, 2024
0

चितवन: भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

हाल ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन् । हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३ दशमलव ८८ प्रतिशत महिला छन् । वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राम्ह्ण–क्षेत्री परिवारका छन् । ब्राम्ह्ण–क्षेत्री १७ हजार पाँच सय ६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उहाँले आदिवासी, जनजाति (पहाडी) आठ हजार पाँच सय ७२ जना, आदिवासी जनजाति (मधेसी) एक हजार ७२ जना, अरु दलित समुदाय र अन्य समुदायका रहेका बताउनुभयो ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा रहेका नगरवासीको तथ्याङ्कसँगै उनीहरूको अवस्था बुझेर भावी नीति तथा कार्यक्रममा उनीहरूलाई समेट्न सहज हुने बताउनुभयो । महानगरपालिकाको समाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाकोक तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जानेको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

By
Himalayan Tribune
-
June 12, 2024
0
काठमाडौँ: अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका एक सय ५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले राससलाई बताउनुभयो । “ मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।
मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । यसैगरी मेलामा सातवटै प्रदेशका स्टल पनि राखिने छ । स्थानीय भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताउनुभयो । –––

खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण

By
Himalayan Tribune
-
June 12, 2024
0

खोटाङ: खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो । “सन्ताउन्न वर्ष पहिले स्थापना भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्यापन हुन्छ । कक्षाकोठा अभावमा पठनपाठनमा समस्या थियो ।

ब्रिटिस गोर्खाको आर्थिक तथा प्राविधिक सहयोगमा सुविधासम्पन्न भवन बनेपछि सहज भएको छ”, प्रधानाध्यापक नयन्द्रकुमार राईले भन्नुभयो । उक्त विद्यालयमा हाल एक सय छजना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा तीन प्राथमिक तहका स्थायी दरबन्दी, दुई निम्न माध्यमिक तहका राहत दरबन्दी, एक प्राथमिक तहका राहत शिक्षक तथा एक बालविकास सहयोगी कार्यकर्ता र दुई निजी स्रोतका शिक्षक कार्यरत छन् ।

नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो

By
Himalayan Tribune
-
June 12, 2024
0

काठमाडौँ: फिफा विश्वकप २०२६अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले समान गोल गरेका छन् । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा आज बिहान सखारै समाप्त भएको खेलमा नेपाल र यमनबीचको खेल दुई–दुई गोलको बराबरीमा टुङ्गिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपालका लागि फरवार्डरद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ्ग कार्कीले समान एक–एक गोल गरे । खेलको नवौँ मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो । बक्सभित्र मनिष डाँगीले यमनका खेलाडी रमी अल–वासमानीमाथि खेल नियम उल्लङ्घन गरेपछि यमनले पेनाल्टी पाएको थियो । पेनाल्टी सदुपयोग गर्दै नसीम अल–गाहवाहीले गोल गरेका थिए । खेलको २२औँ मिनेटमा सञ्जीवले गोल फर्काका थिए । खेलको ६६औँ मिनेटमा नेपालले अग्रता लियो । नेपालका छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडरमा जिलेस्पीले गोल गरे । नेपालको दुई–एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको दोस्रो हाफको अतिरिक्त समयमा यमनका मोहम्मद अल–दाहीको गोल गरेपछि अन्ततः खेल दुई–दुई गोलको बराबरीमा सकियो । उक्त छनोट प्रतियोगितामा नेपालले एक अङ्क जोडेको हो । नेपालले यसअघि कुनै पनि गोल गर्न सकेको थिएन ।

यो खेलसँगै नेपालले समूह चरणका छ खेलमा एक अङ्क जोड्दै विश्वकप छनोटको दोस्रो चरणको यात्राको अन्त्य गरेको छ । यसअघि नेपाल युएईसँग पहिलो खेलमा चार–शून्य र यमनसँग दुई–शून्यले पराजित भएको थियो । बहराइनसँगको पहिलो खेलमा पाँच–शून्य र दोस्रो खेलान तीन–शून्यले नेपाल पराजित भएको थियो ।

नेपाल रहेको समूह ‘एच’ मा संयुक्त अरब इमिरेट्स (युएई) १६ अङ्कसहित शीर्षस्थानमा छ भने बहराइन ११ अङ्कसहित दोस्रोमा छ । यी दुई टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । पाँच अङ्कसहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पनि स्पर्धा गर्नेछन् ।

काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

By
Himalayan Tribune
-
June 12, 2024
0

काठमाडौँ: काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ ।

यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक मौसम सफा रहने पूर्वानुमान गरेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

1...773774775...1,302Page 774 of 1,302

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune