Wednesday, May 13, 2026
Home Blog Page 775

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

0

विश्वकप टी-२० क्रिकेटः वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन

0

काठमाडौँ: आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज विहान हुने भनिएको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको आइसीसीले जनाएको छ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

समूह चरणका चार खेलमध्ये पहिलाे खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा छ भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमने सामने हुन लागेका छन् । यसअघि उमेर समूहमा यी दुई टोलीको पटक-पटक भेट भए पनि सिनियर टोलीमा भने पहिलो अवसर हो ।

नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो । आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

इलन मस्कले आफ्ना कम्पनीहरूमा एप्पलका उत्पादनहरू प्रतिबन्ध लगाउने धम्की दिए

0

काठमाडौं । टेस्लाका सीईओ इलन मस्कले एप्पल र ओपन एआई बीचको साझेदारीमा असन्तुष्टि व्यक्त गरेका छन्।

इलन मस्कले आफ्नो कम्पनीको परिसरमा एप्पलका उत्पादनहरू प्रयोगमा प्रतिबन्ध लगाउने बताएका छन् ।

मस्क भन्छन् – एप्पल र ओपन एआई बीचको साझेदारी सुरक्षा नियमहरूको उल्लङ्घन हो र यसलाई सहन सकिँदैन।

उनले एक्समा लेखेका छन् ‘यदि एप्पलले ओपन एआइलाई आफ्नो अपरेटिङ सिस्टममा ल्याउँछ भने एप्पलका उत्पादनहरूको प्रयोग मेरा कम्पनीहरूमा हुने छैन । यो सुरक्षा नियमको उल्लंघन हो ।

एप्पलका सीईओ टिम कुकले सोमबार ओपन एआईसँग साझेदारीको घोषणा गरे।

उनले पोस्ट गरे ‘एप्पल इन्टेलिजेन्स लन्च गरिँदैछ र यो एआइको संसारमा ठूलो कोसेढुंगा हो । यो पूर्णरूपमा व्यक्तिगर हो र तपाइँले दैनिक प्रयोग गर्ने एप्सको प्रयोगलाई राम्रो बनाउनेछ ।’

एप्पल इन्टेलिजेन्स आईओएस १८ र आईप्याड ओएस १८ सँग प्रस्तुत गरिएको छ।

सिङ्गापुर एयरलाइन्सद्वारा गत महिना टर्ब्युलेन्सबाट घाइते भएका यात्रुलाई क्षतिपूर्ति प्रस्ताव

0

काठमाडौं । सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्सले घाइते भएका यात्रुहरुलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ ।

“सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर प्रस्ताव गरिएको छ,” सिंगापुर एयरलाइन्सले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो।

“गम्भीर चोटपटक लागेका यात्रुहरूको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै २५ हजार डलर क्षतिपूर्ति दिइनेछ। कुनै विशेष मुद्दामा पनि थप छलफल गरिनेछ।”

गत महिना लण्डनबाट सिंगापुर जाँदै गरेको सिंगापुर एयरलाइन्सको फ्लाइट नम्बर एसक्यु ३२१ मा गम्भिर टर्ब्युलेन्स भएको थियो ।

टर्ब्युलेन्सका कारण ७३ वर्षीय बेलायती नागरिक ज्योफ किचेनको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् ।

टर्ब्युलन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको बताइएको छ । सिंगापुर एयरलाइन्सका अनुसार विमानमा २११ यात्रुबाहेक १८ जना चालक दलका सदस्य थिए ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

0

तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । केन्द्र प्रमुख इञ्जिनीयर पशुपति गौतमले समयमा वर्षा भएकाले जेठको दोस्रो सातादेखि पूर्णक्षमतामा विद्युत् उत्पादन हुँदै आएको जानकारी दिनुभयो । केन्द्रमा रहेका तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले बताउनुभयो । “सुख्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुँदा विद्युत् उत्पादन घटेर ३० मेगावाटसम्म पुग्ने गरेको छ ।

यसपटक समयमा वर्षा भएकाले हाल पूर्णक्षमतामा विद्युत् उत्पादन भएको हो”,उहाँले भन्नुभयो । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने गरेकाले पानीको अभाव नभएको गौतमले बताउनुभयो । “वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्ने गर्दछ”, उहाँले भन्नुभयो,“सुख्यायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुने भएकोले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।” यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आलेख : सहरका विद्यार्थीका दुःख : खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल

0

काठमाडौँ : विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन् । कक्षाकोठामा बेञ्चमै उभिएर गाउँछन् उनीहरुले राष्ट्रिय गान पनि । त्यसपछि पढाई सुरु भइहाल्छ । विद्यालय परिसरमा प्राथना गर्ने ठाउँ छैन, न त खेलमैदान नै छ । काठमाडौँ महानगरपालिका–१० मा पर्ने बुद्धनगर आधारभूत विद्यालयका बालबालिकाको दैनिकी हो यो । विद्यालयमा पठनपाठनसहित अतिरिक्त क्रियाकलापहरु गर्नुपर्नेमा उनीहरुसँग खेलमैदान भने छैन । विद्यालयमा उनीहरु खेल्ने सामग्री र खेलौना त थुप्रै छन् तर खेल मैदानको अभावमा ‘स्टोर’मै थन्किएका छन् । कक्षा ७ मा पढ्ने सुमनलाई भविष्यमा फुटबल खेलाडी बन्ने चाहना छ । लाग्छ, विद्यार्थीको चाहना र आकांक्षा पूरा गर्न सघाउने आधार भनेको विद्यालय हो ।

तर विद्यालयमा मैदान नै नभएपछि उनी कहाँ फुटबल खेल्ने अभ्यास गरुन् र आफ्नो सपना पूरा गरुन् ? “पढाई पनि राम्रै छ, यति मात्रै हो खेल्ने र कुद्ने ठाउँ छैन”, समुन भन्छन् “खेल्न पाए पो स्कुल आउन मन लाग्छ ।” विद्यालयमा मैदानको अभावका कारण पर्याप्त मात्रामा खेल्न र सिक्न नपाएको उनको गुनासो छ । खेल्न त मैदानमै मन थियो, तर कहिलेकाहीँ कक्षा कोठामै फुटबल भेटिन्छ । बालबालिका । मैदान नहुँदा विद्यार्थीहरु कोठामै फुटबल खेल्न बाध्य छन् । “फुटबल खेल्ने ठाउँ छैन, कक्षा कोठामै खेल्छौँ”, सोही विद्यालयका विद्यार्थी सुमन भुजेल भन्छन्, “खेल मैदान भए मज्जाले खेल्न पाइन्थ्यो तर हाम्रो विद्यालयमा मैदान छैन । हामीले त अहिलेसम्म बाहिर खेल्नै पाएका छैनौँ ।” विद्यालयको दुईतले भवन त छ तर बालबालिका खेल्ने मैदान भने छैन । भलिबल, फुटबल या अन्य खेल खेल्ने कुरा त परै जाओस् अरु विद्यालयमा झैँ नियमित प्राथना गर्ने, पिटी (शारिरीक कसरत) गर्ने जस्ता क्रियाकलाप गर्ने ठाउँ पनि यहाँ छैन । यहाँका बालबालिका स्कुलको दैनिक प्रार्थना पनि गर्न पाउँदैनन् ।

शारीरिक कसरत गर्ने पर्याप्त स्थानको अभावमा उनीहरुका सबै क्रियाकलापहरु नै कक्षाकोठाभित्रै हुने गर्दछ । कक्षा ५ की अन्जली तिवारीलाई पनि फुटबलमै मन छ । घरमा खेल्नका लागि अभिभावकले खासै महत्व दिँदैनन् । यता विद्यालयमा मैदान त छैन नै, कहिलेकाहीँ कक्षा कोठामै पुग्ने फुटबल पनि उनी छुन पाउँदिनन् । स्कुलको ‘हाफ छुट्टी’मा उनी ढुङ्गा बटुलेर गट्टा खेल्ने, चुङ्गी खेल्दै गर्छिन् । हुन त स्टोरमा क्यारम्बोर्ड, ब्याडमिन्टनका सामग्री पनि छन् । तर पनि खेल्ने र सिक्ने वातावरण भने नभएको उनले सुनाइन् । “मेरो खुट्टाले अझै फुटबल छुन पाएको छैन”, उनी भन्छिन् “स्कुलमा भलिबल, फुटबल पनि थन्किएका छन् तर खेल्न पाइदैन ।” अन्जलीकी साथी आचल भण्डारीको गुनासो पनि उही छ । स्कुलमा खेल्ने र रमाइलो गर्ने निकै रहर हुँदाहुँदै प्रशस्त स्थानको अभावले मन खुम्चाएर बस्नुपरेको उनी बताउँछिन् । बुद्धनगर आधारभूत विद्यालयकी गणित शिक्षक शान्ता पराजुलीले स्थानकै अभावका कारण बालबालिकाको अतिरिक्त क्रियाकलाप अभ्यास गराउन समस्या भएको स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार खेलौनाहरु स्टोरमै थन्किएका छन् ।

वडा कार्यालयमा खेल मैदान उपलब्ध गराउनु भनेर निवेदन दिएको समेत उहाँले जानकारी दिनुभयो । “खेल्दै र सिक्दै पढाउनुपर्ने बालबालिका ठाउँकै अभावले गर्दा खुम्चिएका छन्”, उहाँले भन्नुभयो, “वडा कार्यालयले छिट्टै नै खेल मैदानको व्यवस्थापन गर्ने भन्नुभएको छ ।” साँघुरो विद्यालयको रुपमा थापाथलीस्थित गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयले पनि समस्या भोग्दै आएको छ । विद्यालय एक रोपनी तीन आना, तीन दाम जग्गामा बनेको छ । यसमा पनि १२ आना जग्गा व्यक्तिले आफ्नो भएको भन्दै अदालतमा मुद्दा परेको छ । काँक्राको चिरो जस्तै बाँकी रहेको थोरै जग्गामा बालबालिका कोच्चिएर खेल्ने गर्दछन् । साँघुरो ठाउँमा खेल्दा धेरैपटक अरु बालबालिकालाई बलले चोट लागेर दुर्घटना समेत भएको बालबालिका बताउँछन् । पर्खालबाट बल उछिट्टिएर बाटोमा पुग्दा पर्खालबाटै मान्छे आएपछि बल पाउला भन्दै पर्खिरहनुपर्ने अवस्था उनीहरुसँग छ । “पर्खाल बाहिर बल जान्छ, कोही मान्छे आउलान् र बल दिन्छन् कि भन्दै कुरेर बस्छौँ”, यहाँका विद्यार्थी राहुल राई बताउँछन् । “मज्जाले खेल्ने र उफ्रिने ठाउँ नै छैन ।” विवादमा परेको जग्गामा ढुङ्गा र इट्टा छन् ।

कहिलेकाहीँ बालबालिका त्यहीँ पुगेर ठोकिन्छन् र घाइने पनि हुने गरेका छन् । विवादित जग्गाका कारण मैदान सफा र व्यवस्थित बनाउन नसकेको गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयकी प्रधानाध्यापक नीता पौडेलले बताउनुभयो । काठमाडौँ महानगरपालिकाले बालमैत्री विद्यालय बनाउन, खेलकुद र अतिरिक्त क्रियाकलापमा बनाउन प्रोत्साहनस्वरुप योजनाहरु ल्याएको भए पनि विद्यालयको संरचना बालमैत्री नहुँदा पूर्ण रुपमा लागू गर्न नसकिएको उहाँले बताउनुभयो । विवादित जग्गा मात्रै विद्यालयको नाममा बनाउन सके मैदान सुन्दर र व्यवस्थित बनाउनु सकिने उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार २०५७ सालदेखि नै विद्यालयको जग्गा अदालतमा मुद्दा चलिरहेको छ । पटकपटक नगरपालिकालाई जानकारी गराउँदा समेत विद्यालयमा जग्गा ल्याउनु पर्नेमा नगरपालिकाले खासै चाँसो देखाएको प्रधानाध्यापक पौडेलले बताउनुभयो । मध्यबानेश्वरस्थित रत्न राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षक समक्ष खेल मैदानको अभाव भएको गुनासो गर्दै आएको पनि धेरै भयो । विद्यालयमा भएको एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानाध्यापक र वडाध्यक्ष समक्ष खेल्ने मैदान उपलब्ध गराइदिनुपर्ने माग राखेका थिए । कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीसमक्ष खेलमैदान साँघुरो भएको र खेल्ने वातावरण मिलाइदिन अनुरोध गरेकी थिइन् । खड्काले सोमबार आफ्नै स्कुलको हलभित्र वडाध्यक्षलाई प्रश्न गरेकी हुन् । विद्यालयमा विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएकाले विद्यालयको खेल मैदान साँघुरो भएको हो । दुई हजारभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा खुलेर खेल्ने मैदन साँघुरो हुँदै गएको विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले स्वीकार गर्नुभयो ।

काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले विद्यार्थीलाई खेल्न जरुरी रहेको बताउँदै चाँडै खेलमैदानको बनाउने योजना रहेको सुनाउनुभयो । “काठमाडौँका अधिकांश विद्यालयमा खेलमैदानको अभाव छ”, उहाँले भन्नुभयो, “खेलबिनाको बालविकास हुन सक्दैन । हामीले खेलमैदान उपलब्ध गराउने योजनामा छौँ ।” खेलमैदान बिनाका स्कुलमा खेल्दैमा सरकारको नीति असफल स्थानीय तहदेखि सङ्घीय शिक्षा नीतिसम्म बालमैत्री विद्यालय हुन खेलकुद मैदानको अवस्था र जग्गा (रोपनी वा विगाहमा) अनिवार्य हुनुपर्ने उल्लेख छ । काठमाडाँै महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ मा पनि विद्यालयका अनिवार्य पूर्वाधार शर्तमा खेलकुद मैदान अनिवार्य हुनुपर्ने बताइएको छ । खेलकुद र त्यसलाई आवश्यक पर्ने पूर्वाधारसहितको ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । सङ्घीय र स्थानीय शिक्षा नीतिमा राखिएका बालमैत्री बुँदाहरुमध्ये खेलमैदान व्यवस्थापन गर्न चुनौती नै थपिएको शिक्षकहरु बताउनुहुन्छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहमा निर्वाचन भएको वर्षदेखि नै विद्यालयलाई बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । महानगरपालिकाको २०८०÷८१ नीति तथा कार्यक्रममा नै हेर्ने हो भने पनि खेलकुदमा विद्यार्थीलाई जोड दिइएको छ । नीति तथा कार्यक्रममा शिक्षा नीतितर्फ महानगरपालिकाले भनेको छ, “सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गर्न आधारभूत प्राविधिक ज्ञान र सीपका साथै तन्दुरुस्त जीवनका लागि खेलकुद र त्यसलाई आवश्यकपर्ने पूर्वाधारसहितको गरी खाने शिक्षा, महानगरको इच्छा भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।” गुजेश्वरी विद्यालयकी प्रधानाध्यापक नीति पौडेलका अनुसार बालमैत्री विद्यालय बनाउन बजेट आएको भए पनि भौतिक संरचनाको जटिलताका कारण व्यवस्थापन गर्न सकिएको छैन ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत उषा लामिछानेका अनुसार बालबालिकाको व्यक्तित्व विकासका लागि अविनार्य खेलकुद हुनुपर्छ । शैक्षिक पाठ्यक्रममा नै कक्षा १ देखि योग सिकाउने भनिएकोछ । विद्यार्थी अधिकांश समय विद्यालयमै बिताउने हुँदा उनीहरुको शारीरिक स्वास्थ्यको लागि खेलकुद अतिआवश्यक रहेको उहाँले बताउनुभयो । कक्षा १ देखि नै योगका तीन आशन जस्तै, सब आसन, सुखासन र शिशु आसन सिकाउने शैक्षिक पाठ्यक्रममा उल्लेख भए पनि विद्यालयमा पूर्णरुपमा लागू नभएको उहाँले सुनाउनुभयो । “खेल्ने पूर्वाधार छैन, अतिरिक्त क्रियाकलाप व्यावहारिक बन्न सकेको छैन”, उहाँले भन्नुभयो,“यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्छ ।” शिक्षाविद् विद्यानाथ कोइरालाले अतिरिक्त क्रियाकलापबिना बालबालिकाको शारिरीक र मानसिक वृद्धिमा असर पर्छ । शिक्षा नीतिको आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्नु नीतिगत समस्या शहरीकरणको समस्या भएको बताउनुहुन्छ । सहरमा भूमिको अभाव छ ।

तर, यसो भन्दैमा कोठामै खुम्चिएका बालबालिकालाई विद्यालयमा समेत खुम्चाएर राख्नु उनीहरुको अधिकार माथिको हनन हो । “जुन विद्यालयमा प्रशस्त खेल मैदान छैन, त्यस्तो विद्यालयका बालबालिकालाई खुला मैदानमा खेल्ने अवसर मिलाउनु पर्छ,” उहाँले भन्नुभयो,“नभए, हाम्रा सहर पढ्ने बालबालिका कोठा पनि बन्द स्कुलमा पनि बन्द भएर बस्नु बाध्य हुन्छन् । यसले उनीहरुको सिर्जनात्मक क्षमता वृद्धि हुन सक्दैन ।” सङ्घीय शिक्षा नियमावली २०५९ को परिच्छद १४ अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नु पर्ने नियमावलीमा उल्लेख छ । विद्यालयको विद्यार्थीहरुको सिर्जनात्मक प्रतिभाको विकासको लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नु पर्ने उल्लेख छ । यसमा भनिएको छ, “अतिरिक्त क्रियाकलाप कार्यक्रममा शिक्षक तथा विद्यार्थी दुवैले भाग लिनुपर्नेछ ।” विद्यालयले अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्दा विभिन्न बुँदा राखिएको छ ।

यस अन्तर्गत विद्यालयमा राष्ट्रियताको भावना जगाउने, मनोरञ्जनात्मक तथा राष्ट्रिय संस्कृति वा कलाहरुप्रति अभिरुचि बढाउने किसिमका नाटक, नृत्य र लोकसङ्गीतको अभ्यास तथा प्रतियोगिता गर्ने, विद्यार्थीको शारीरिक विकासको लागि विभिन्न किसिमका खेलकुदहरु नियमित रुपमा अभ्यास र सञ्चालन गर्ने तथा विद्यार्थीहरुमा सामाजिक सेवा र वातावरण संरक्षणप्रति चेतना बढाउने क्रियाकलाप गर्नुपर्छ । त्यस्तै विद्यार्थीहरुलाई शिक्षण संस्था, सामुदायिक स्थल वा त्यस्तै अन्य स्थानको सरसफाई र संरक्षण, विद्यालय बगैँचा, करेसाबारीको निर्माण, वृक्षरोपण र साक्षरताजस्ता कार्यक्रमहरुमा संलग्न गराउन प्रोत्साहन गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय, ऐतिहासिक, सामाजिक, धार्मिक पर्वको महत्व तथा नैतिकता सम्बन्धमा प्रवचन गर्न लगाउने, स्काउट, जुनियर रेडक्रसजस्ता संस्थाका एकाई खोल्न प्रोत्साहन गर्ने व्यवस्था राखिएको छ ।

निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्

0

चितवन: ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् । गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका–४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले निःशुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप दुःख बढेको उहाँका बुबा रामबहादुर थिङले बताउनुभयो ।

थिङ गत चैत २ गते आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा पर्नुभएको थियो । प्रहरीले टाउकोमा गम्भीर चोट लागेका उहाँलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाएको थियो । अस्पतालले दुई महिना २५ दिन लगाएर रु आठ लाख बढीको उपचार निःशुल्क गरेको गरिदियो । अहिले उहाँ सामान्य हिँङ्डुल गर्न सक्ने हुनुभएको छ । थिङका बाबु रामबहादुर थिङ र आमा चिनिमाया थिङको अनुरोधपछि अस्पतालले सम्पूर्ण खर्च छुट दिएको हो । रामबहादुरले भन्नुभयो, “हामीसँग यति धेरै रकम तिर्न कुनै उपाय नै थिएन । हाम्रो अनुरोधमा अस्पतालले सम्पूर्ण उपचार खर्च मिनाहा गरेपछि अहिले छोराले नयाँ जीवन पाएको छ ।” चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले आकस्मिक कक्ष, जटिल शल्यक्रिया, आईसियू, एचडियु, वार्ड, विभिन्न परीक्षणसमेत गरी रु सात लाख ४६ हजार १७० र अस्पताल फार्मेसीको रु एक लाख २५ हजार २९८ गरी रु. आठ लाख ७१ हजार ४६८ तिर्नुपर्नेमा सबै निःशुल्क गरिएको जानकारी दिनुभयो ।

थिङ परिवारको आर्थिक अवस्था कमजोर देखेर सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको देवकोटाले बताउनुभयो । “आफैँले उब्जाएको अन्नले वर्षभरी खान पनि नपुग्ने थिङ परिवार वास्तवमै विपन्न देखेर भर्ना भएदेखि शल्यक्रियासम्म सम्पूर्ण उपचार निःशुल्क गरेका छौँ”, देवकोटाले भन्नुभयो । दैनिक ज्याला मजदुरी गर्ने विकलालले घर बनाउनेलगायतका काम गरेर परिवारको गर्जो टार्दै आएका थिए । बुबा रामबहादुरले भन्नुभयो “हामीलाई कमाएर पाल्ने छोरो यही हो, अब घर गएर खाने के हो भन्ने चिन्ता छ ।” रामबहादुरको परिवारमा छ छोरी र चार छोरा छन् । छ छोरीको विवाह भइसकेको छ भने जेठो छोरा विवाह गरेर अलग्गै बस्नुहुन्छ । विकलालसहित तीन छोरा र आमाबाबु सगोलमा बसिरहेका छन् । यो परिवारलाई आफ्नो उब्जनीले छ महिना पनि खान पुग्दैन । विकलालको टाउकोमा लागेको गम्भीर चोटका कारण देब्रे हात नचल्ने भएको छ भने देब्रे खुट्टा थोरै मात्रै चल्छ । घाउ निको भए पनि उहाँ पूर्णरुपमा श्रम गर्न सक्ने हुन गाह्रो रहेको चिकित्सकले बताएका छन् ।

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने

0

काठमाडौँ: फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ । यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो । विश्वकप छनोटको दोस्रो चरणमा लगातार पराजित नेपाल आज यमनविरुद्धको खेलमा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले आफ्नो अन्तिम खेलमा जीत हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताउनुभयो । कप्तान लिम्बूको यो खेलसँगै सय अन्तर्राष्ट्रिय खेल पूरा हुँदैछ । समूह ‘एच’ मा रहेको नेपालले यसअघि खेलेको पाँचै खेलमा पराजय भोगेको थियो । यही जेठ २५ गते भएको संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको थियो ।

नेपालमा नै हुनुपर्ने उक्त खेल दशरथ रङ्गशालामा समस्या भएपछि नेपालले साउदी अरेबियामा सारेको थियो । त्यसअघि नेपाल युएईसँग पहिलो खेलमा ४–० र यमनसँग २–० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले पराजित भएको थियो । नेपाली टोलीमा गोलकिपरसमेत रहेका कप्तान किरणकुमार लिम्बूसहित विशाल सुनार र अभिषेक बराल छन् । त्यस्तै डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, सनिश श्रेष्ठ र रोहित चन्द छन् ।

त्यस्तै मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशीष राई छन् भने फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिकबाबु चौधरी छन् ।

एमाले काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

0

यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ

0
default

गण्डकी: हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यी गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हुन् । ग्रामीण पर्यटनका अनुपम धरोहर हुन् ।

अन्नपूर्ण हिमालको फेदबाट बहने कास्कीको मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ । मादी गाउँपालिका–१ मा सिक्लेस र २ मा ताङतिङ पर्छ । पर्यटकीय राजधानी पोखरादेखि नजिकको दुरीमा रहेका दुवै गाउँ घुमफिरका लागि चल्तीका गन्तव्य हुन् । सहरको कोलाहलबाट उम्केर केही घण्टामै पुग्न सकिन्छ, सिक्लेस र ताङतिङ । जहाँ न्यानो र आत्मिय आतिथ्यता प्राप्त हुन्छ । मनोरम प्रकृतिसँगै गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले त्यहाँ पुग्ने पर्यटकलाई सजिलै लोभ्याउँछ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो । पुरानो वास्तु झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा ती गाउँका सौन्दर्य हुन् ।

व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने जो कोहीले तनाव भुल्छन् । प्रकृति र संस्कृतिमा नजर अड्याउँछन् अनि मन शान्त पार्छन् । पोखरादेखि ४१ किमि दुरीमा सिक्लेस र २७ किमि टाढा ताङतिङ गाउँ अवस्थित छ । सिक्लेसबाट ताङतिङ पूर्व र ताङतिङबाट सिक्लेस पश्चिमपट्टि पर्छ । बिहान र दिउँसोमा चिटिक्क देखिने यी गाउँलाई रातमा भने बिजुलीले झलमल्ल पारेको हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने यी गाउँ पदयात्राका लागि बढी लोकप्रिय छन् । सिक्लेसका पर्यटन व्यवसायी धन गुरुङले सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ झनै बढ्न थालेको बताउनुभयो । “बर्खा लागेपछि अन्यत्र ‘अफसिजन’ सुरु हुन्छ, कोरीमा भने यही बेला बढी पर्यटक बढ्छन्”, उहाँले भन्नुभयो, “कोरी र आसपासको क्षेत्र अहिले भुइँफूलले ढाकिएको छ, मनसुन ट्रेकमा रमाउनेका लागि कोरी उपयुक्त हो ।” पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार आठ सय मिटरको कोरी लेक पुग्ने गरेको गुरुङले बताउनुभयो ।

सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । कोरी ट्रेक तीन दिनमा घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युबलगायतका सञ्चारमाध्यम त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको पर्यटन व्यवसायी गुरुङले बताउनुभयो । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको बताउनुभयो । “पहिले सामुदायिक हिसाबले होमस्टे थिए, पर्यटकको सङ्ख्या पनि न्यून हुन्थ्यो”, उहाँले भन्नुभयो, “पछिल्लो समय सिजनमा त गाउँ नै पर्यटकले भरिभराउ हुन्छ, यहाँ आन्तरिक पर्यटक नै बढी आउँछन् ।” सिक्लेसमा महिनामा ५०/६० जनासम्म विदेशी पर्यटक आएको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग छ । वडाध्यक्ष गुरुङका अनुसार सिक्लेस, कोरीलगायतका क्षेत्रमा दर्जनौँ होमस्टे र होटल सञ्चालनमा छन् । होटल व्यवसायमा लगानी थपिने क्रम बढ्दो छ । सिक्लेस–ताराहिल–घलेखर्क नयाँ इको ट्रेक सञ्चालनका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।

सिक्लेस–खिलाङ–चिप्लीसम्म पनि पदमार्ग निर्माण भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । “पहिले गोठालाहरु लेक र खर्क जाँदा हिँड्ने गरेको बाटोलाई नै पदमार्गका रुपमा विकास गर्न लागेका छौँ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकार र गाउँपालिकाको सहयोग छ ।” सिक्लेसलाई नेपालको शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमासमेत लिने गरिएको उहाँले सुनाउनुभयो । विसं २०६३ असार २ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । जनयुद्धको बैठानसँगै शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमा लिइने सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ ।

सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेषभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दुरीको पदयात्रा तय गर्छन् । पोखरादेखि दुई÷अढाई घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बनेको छ । सिक्लेस र ताङतिङको पैदल दुरी तीन घण्टा जतिको छ । दुई हजार मिटर उचाईमा सिक्लेस र १७ सय मिटरमा ताङतिङ अवस्थित छ । दुवै गाउँका घरका बनोट र बान्की उस्तैउस्तै छन् । सिक्लेसमा चार सयभन्दा बढी छन् भने ताङतिङमा त्यसको झण्डै आधा । दुवै गाउँमा ९५ प्रतिशत गुरुङको बसोबास छ । ताङतिङ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष तिलशोभा गुरुङले गाउँमा १५ होमस्टे र छ होटल सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

होमस्टेमा आन्तरिक पर्यटकका लागि रु एक हजार दुई सयको दैनिक प्याकेज छ । जसमा एक छाक खानामासु, एक छाक सादा खाना, बिहान÷बेलुकाको खाजा र एक रात सुत्न पाइन्छ । “खानामा घरगाउँको आटोढिँडो, गुन्द्रुक, मकै, भट्ट, आलु, लोकल कुखुराको मासु हुन्छ, अहिले निउरोको सिजन छ, हाम्रो भान्छामा निउरो टुट्दैन”, होमस्टेका अध्यक्ष गुरुङले भन्नुभयो, “सिजनअनुसार गाउँमै उत्पादनका परिकार पाहुनालाई खुवाउँछौँ, पाहुनाको रुची अनुसार अरु परिकार पनि पकाउँछौँ ।” पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेका छन् । पर्यटकको मनोरञ्जनका लागि सती घाटुलगायत मौलिक नाच र गीतसङ्गीत प्रस्तुत गर्ने गरिएको उहाँको भनाइ छ । मादी–२ का वडाध्यक्ष भोजबहादुर गुरुङले कर्पुडाँडा, कालीलेख, दूधपोखरी, कपुचे, कोरीलगायत त्यहाँका पर्यटकीय महत्वका बोकेका ठाउँ हुन् । गुरुङ जातिको उद्गमस्थल मानिने क्होलासोँथार पनि सोही वडाको साँधमा पर्छ । ताङतिङबाट धेरैतिर पदयात्रा गर्न सकिने उहाँले बताउनुभयो । “कास्की, लमजुङ र मनाङको सीमामा पर्ने दूधपोखरी यहाँको महत्वपूर्ण गन्तव्यस्थल हो, जनैपूर्णिमा त्यहाँ ठूलो मेला लाग्छ”, वडाध्यक्ष भोजबहादुरले भन्नुभयो, “ताङतिङ भएर कपुचे, कोरीलगायत ठाउँको पदयात्रा पनि गर्न सकिन्छ ।” ताङतिङको पर्यटनलाई उकास्न योजनाबद्ध विकासको खाका कोर्ने काम भइरहेको उहाँले बताउनुभयो । “मादी गाउँपालिकामा पर्ने सबै पर्यटकीय गन्तव्यस्थलाई समेटेर बृहत् पर्यटन गुरुयोजना बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “पर्यटकीय पूर्वाधार र प्रवर्द्धनमा ध्यान दिन सकियो भने यस क्षेत्रले पर्यटन व्यवसायबाट ठूलो लाभ उठाउन सक्छ ।” पुस्तौँदेखि कृषि र पुशपालनमा रमाएका ताङतिङबासीको पेसामा अहिले पर्यटन व्यवसाय पनि जोडिएको छ । ताङतिङबाट लमजुङको भुजुङ, घलेगाउँदेखि मनाङसम्म पदयात्रा गर्न सकिने वडाध्यक्ष भोजबहादुरले बताउनुभयो । हिउँदमा दन्तेलहर झैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले सिक्लेस र ताङतिङको सौन्दर्य उसैगरी खुल्छ ।

अन्नपूर्ण दोस्रो र लमजुङ हिमालले यी गाउँको शोभा बढाएका छन् । लेक र खर्कतिर रहेका स–साना तलाउ, कुण्ड र झरानाले पनि पर्यटकलाई तान्ने गरेका छन् । निगालोबाट बन्ने डोको, सेखु, मान्द्रा, चित्रा जस्ता घरेलु उत्पादनका सामग्री त्यहाँ बन्छन् । महिलाहरुले पिँढीमा तान लगाएर अल्लो र ढाकाका कपडा बुनेको दृश्य लोभलाग्दो देखिन्छ । विशेष गरी चाडबाडको याम र सार्वजनिक बिदाका दिनमा ती गाउँमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ । जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन त्यहाँ पुग्छन् । विद्यालय र विभिन्न संघसंस्थाले अवलोकन भ्रमणका लागि पनि सिक्लेस र ताङतिङ लैजाने गरेका छन् । “गाउँले जनजीवन, संस्कृति, रहनसहन र पदयात्राको आनन्द बटुल्न पर्यटक यहाँ आउँछन्”, वडाध्यक्ष गुरुङले भन्नुभयो ।