Friday, May 15, 2026
Home Blog Page 731

‘वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ’ :विमलेन्द्र निधि

0

जनकपुर: नेपाली कांग्रेस र नेकपा एमालेबीचको वर्तमान सत्ता समीकरण आगामी २०८४ सम्म कायम रहने नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बताएका छन्।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गर्दै यस्तो बताएका हुन्। मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भन्नुभयो, “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।”

 

विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध

0

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते (आइतबार) विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि संसद्मा अनुरोध गर्नुभएको हो ।

“नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरुप विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय २०८१ साउन ६ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्री ओलीले आज सङ्घीय संसद्को महासचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ ।

गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

 

क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सम्पन्न, ७८५ सेवाग्राहीले लिए सेवा

0

क्यालिफोर्निया (अमेरिका): अमेरिकाको लस एन्जलस, क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सम्पन्न भएको छ । ६ दिनसम्म चलेको सो शिविरमा ७८५ जना सेवाग्राहीले सेवा लिएको नेपाली राजदुतावास वासिगंटन डिसीले जनाएको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेका नेपालीहरुका लागि सुविधा दिने उदेश्यले नेपाली राजदुतावास वासिगंटन डिसीको आयोजनामा शिविर जुलाई ९ देखि १४ सम्म चलेको थियो ।

शिविर विशेषगरी जेष्ठ नागरिक र असक्तहरुलाई लक्षीत गरी आयोजना गरिएको र काममा व्यस्त भएका युवाहरुले पनि यही मौकामा सेवा लिएका थिए ।

कन्सुलर सेवा शिविरले धेरै नै सहज बनाएको भन्दै कन्सुलर सेवा शिविर आयोजना गरिएकोमा क्यालिफोर्नियामा रहेका नेपालीहरुले नेपाली राजदुतावासलाई धन्यवाद ज्ञापन गरेका छन् । ओ सवसरमाा साथ सहयोग प्रदान गर्ने विभिन्न संघ संस्थाहरुलाई दुतावासले एक विज्ञप्ति नै निकालेर आभार प्रकट गरेको छ ।

टापु राष्ट्र किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

0

काठमाडौँ : प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गर्नुभयो ।

साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुुलुकका विकासका विषय, संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरीबासको जनसङ्ख्या एक लाख २० हजार छ भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएको हो । नेपाल र किरीबास जि–७७ र चीन तथा अल्पविकसित राष्ट्रहरूको समूहका सदस्य हुन् ।

 

सुदूरपश्चिममा डेंगीको सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन चिकित्सकको सुझाव

0

सुदूरपश्चिम: सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगीको सङ्क्रमण बढ्न थालेको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेंगी रोगबाट सङ्क्रमित भएको जनाएको छ । तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति सङ्क्रमित भएका छन् ।

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिक महिनासम्म यस रोगको जोखिम बढी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आसारदेखि कात्तिक महिनामा पानी पर्ने र रोकिनेक्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धिविकास भई सङ्क्रमणको जोखिम बढी रहन्छ । त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने हुन्छ । पालिकाले अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्नेगरेको छ ।” लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजीगरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्ने जोशीले बताउनुभयो ।

गत वर्ष प्रदेशमा डेङ्गुबाट पीडित तीन व्यक्तिको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा रोकथाममा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ । सरकारी अस्पतालमा यस रोगका बिरामीको निःशुल्क उपचार हुने गरे पनि समयमा उचारका लागि नआउँदा ज्यानै जानेसम्मको समस्या हुने गरेको छ ।

यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांशपेशी दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन् । नाक, गिँजा र पेटबाट रगत बग्नेजस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने चिकित्सकले बताउने गरेका छन् ।

खुला भाँडा, गमला, साइकल वा गाडीका टायर र खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धिविकास हुने भएकाले यस्ता भाँडामा पानी जम्मा हुन नदिन र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्न ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोग सार्ने लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेंगीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन चिकित्सकको सुझाव छ ।

 

उच्च अदालतले महानगरको पक्षमा फैसला गरेपछि न्यूरोडको फुटपाथ विस्तार (तस्बिरहरु)

0

काठमाडौं: अवरोधका कारण रोकिएको काठमाडौँ न्यूरोडको फूटपाथ विस्तार उच्च अदालतको आदेशपछि पुन: सुरु भएको छ। उच्च अदालतको आदेशपछि महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम आज बुधबार बिहानदेखि सुरु गरेको हो।

यस अघि डिभिजन सडक कार्यालयले अवरोध गरेको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको थियो।

 

 

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्।

नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौँथो पटक प्रधानमन्त्री भएका हुन्।

संविधानको धारा ७६ (४) बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्। दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

 

जापान पठाइदिन्छु भन्दै ७९ लाखभन्दा बढी ठगी गर्ने एक महिला पक्राउ

0
सांकेतिक तस्बिर

काठमाडौँ: जापान पठाइदिन्छु भन्दै ७९ लाखभन्दा बढी ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । उनले वैदेशिक रोजगारको लागि जापानमा फेमिली भिसा लगाई पठाइदिन्छु भनी ७९ लाख ९७ हजार ९९९ रुपैयाँ ठगी गरेकी हुन्।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ कमलबारी बस्ने ३८ वर्षीया मनुमाया थापा रहेकी प्रहरीले जनाएको छ ।

थापाले तनहुँको भिमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका– १ बस्ने ३८ वर्षीया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

थापाको साथबाट ४ लाख ८० हजार रुपैयाँ र विभिन्न ७ वटा बैकहरुको चेक बरामद गरिएको प्रहरीको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ओलीसँग काम गर्न गाह्रो, कांग्रेस ‘सन्तुलनको फ्याक्टर’ – पूर्व भारतीय राजदूत रंजित रे

0

काठमाडौँ: नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग काम गर्न भारतलाई सहज नहुने टिप्पणी गरेका छन् । ओलीले भारतविरोधी राष्ट्रियतालाई प्रयोग गरेर नेपालको राजनीतिमा आफ्नो स्थान बलियो बनाउने गरेको बताए।

द इकोनोमिक टाइम्समा एक लेख लेख्दै उनले विभिन्न राजनीतिक रङका बाबजुद भारतले नेपालका सबै सरकारसँग सुमधुर सम्बन्ध कायम राख्नुपर्ने बताए । उनले पूर्णरुपमा वामपन्थी सरकार बन्नुको साटो सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुनु भारतका लागि उपयुक्त भएको पनि जिकिर गरेका छन् ।

‘सबैभन्दा ठुला दलको रूपमा कांग्रेसले ओलीको निरङ्कुश आवेग र उनले लिने एकपक्षीय निर्णयमा ब्रेकको रूपमा काम गर्न सक्छ,’ रेले आफ्नो आलेखमा भनेका छन् । यसअघिको ओली सरकारका पालामा चीनसँग व्यापार, पारवहन र कनेक्टिभिटीबारे सम्झौताहरू भएको र नेपाल र भारतबिचको सीमा समस्या बल्झिएको उनले बताएका छन् । नयाँ सरकारले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाहरुलाई कसरी अघि बढाउँछ भन्ने पनि प्रतीक्षाको विषय भएको उनको भनाइ छ ।

उनले नयाँ सरकार बनेपछि लामो समय रोकिएको ६ हजार मेगावाटको पञ्चेश्वर परियोजना अघि बढ्नेमा आशा व्यक्त गरे छन् । उनले यस परियोजनामा ओली पहिलेदेखि नै सकारात्मक रहेको र यो कांग्रेस सभापति शेरबहादुर देउवाको सुदूरपश्चिम क्षेत्रमा पर्ने हुँदा यो सरकारले यसलाई अघि बढाउन सक्ने उनको बुझाई छ ।

त्यस्तै, रेले भारतले नेपालमा बढ्दो अमेरिका र चीनबिचको द्वन्द्वलाई पनि सावधानीपूर्वक निगरानी गर्नुपर्ने उनले सुझाएका छन् ।

 

उच्च अदालत जनकपुरधाममा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

0

जनकपुर: उच्च अदालत जनकपुरधामले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट भएको जानकारी गराएको हो ।

अदालतबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा अदालतलाई तोकेको लक्ष्यभन्दा एक सय ६४ दशमलव ५७ प्रतिशतले बढी मुद्दा फर्छ्यौट मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए ।

उच्च अदालतलाई ती हजार सात सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकामा लक्ष्यभन्दा एक हजार पाँच सय ३७ मुद्दा बढी फर्छ्यौट भएका उनले बताए । “उच्च अदालतले पहिलोपटक यति धेरै सङ्ख्यामा मुद्दा फर्छ्यौट गरेको हो । यो देशभरि नै उच्च हो भन्ने हाम्रो अनुमान छ । हामीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिसहित न्यायसम्पादनको काम गरेका छौँ”, मुख्य न्यायाधीश पौडेलले भने ।

उच्च अदालतमा पुराना तथा नयाँ गरी दुई हजार एक सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले बताए ।