Tuesday, June 16, 2026
Home Blog Page 686

लेबनानमा २५० हिजबुल्लाह लडाकू मारेको इजरायली सेनाको दाबी

0

काठमाडौं: इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विगत चार दिनमा २५० हिजबुल्लाह लडाकुलाई मारेको दाबी गरेको छ । साथै यस कारबाहीमा थप दुई जना आइडीएफ सैनिकको पनि मृत्यु भएको छ ।

मारिनेमा २१ जना हिजबुल्लाह कमाण्डर रहेको आइडीएफले जनाएको छ । यससँगै आइडीएफले २ हजार सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ ।

इजरायली सेनाले आफ्नो कारबाही दक्षिणी लेबनानमा केन्द्रित रहेको बताएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार हिज्बुल्लाहका सम्भावित शीर्ष नेता हाशिम सफीद्दीन पनि रातभर लेबनानमा इजरायली हवाई हमलामा मारिएका छन् ।

यद्यपि, यो अहिलेसम्म पुष्टि भएको छैन र सफीद्दीनको अवस्थाको बारेमा कुनै जानकारी उपलब्ध छैन।

आइडीएफले शुक्रबार फ्रन्टलाइनमा आफ्ना दुई सैनिक मारिएको र दुई जना घाइते भएको बताएको छ।

यसअघि इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना आठ सैनिक मारिएको बताएको थियो।

इजरायली आक्रमणका कारण दुई लाखभन्दा बढीले लेबनान छोडेर सिरिया गए: संयुक्त राष्ट्रसंघ

0

काठमाडौं । इजरायल र हिजबुल्लाहबीच जारी युद्धका बीच दुई लाखभन्दा बढी मानिस लेबनान छोडेर सिरिया गएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार इजरायली हवाई आक्रमणका कारण दुई लाखभन्दा बढी मानिस लेबनान छोडेर छिमेकी सिरिया गएका छन् ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले जारी गरेको अपडेटमा लेबनानी नागरिक र लेबनानमा बसोबास गर्ने सिरियाली नागरिकहरू पनि छाड्ने मानिसहरूमा समावेश गरिएको छ।

लेबनानी सरकारको तथ्यांक अनुसार यो संख्या तीन लाखभन्दा बढी रहेको बताइएको छ ।

शुक्रबार इजरायलले दुई देशबीचको मुख्य सीमा नाकालाई निशाना बनाएर हवाई हमला गरेपछि सवारी साधनको आवतजावत ठप्प भएको छ ।

इजरायली सेनाले दावी गरेको थियो, “उसले मस्ना क्रसिङ नजिकै हिजबुल्लाहको स्थानलाई निशाना बनाएको थियो।”

ट्रम्पले आफूमाथि घातक आक्रमण भएकै ठाउँमा र्‍याली निकाले, एलन मस्क पनि साथमा

0

काठमाडौं: अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले उनीमाथि घातक हमला भएको स्थान पेन्सिलभेनियाको बटलरमा मा करिब तीन महिनापछि र्‍याली आयोजना गरेका छन्।

मञ्चलाई दुखद घटना भएको स्थानको रूपमा वर्णन गर्दै ट्रम्पले आफ्ना समर्थकहरूलाई नोभेम्बर ५ मा हुने राष्ट्रपति चुनाव जित्ने वाचा गरेका छन्।

सोही स्थानमा जुलाइ १३ मा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको थियो भने दुई दर्शक घाइते भएका थिए । त्यही क्रममा एउटा गोली ट्रम्पको दाहिने कानमा लागेको थियो र बाहिर गयो ।

“समय १५ सेकेन्डको लागि रोकियो,” उनले र्‍यालीमा प्रशंसकहरूलाई भने “त्यो क्रूर राक्षसले खराबीलाई बढावा दियो … तर त्यो खलनायक आफ्नो उद्देश्यमा सफल हुन सकेन।”

शनिबार भएको र्‍यालीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस कारणले गर्दा गोप्य सेवाले धेरै अनुसन्धान बढाएको थियो।

यस अवधिमा ट्रम्पसँग उनका उप-राष्ट्रपति सहयोगी जेडी भान्स, उनका छोरा एरिक ट्रम्प र प्रख्यात प्राविधिक अरबपति एलन मस्क पनि थिए।

यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गरिने

0

काठमाडौं: सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी आदेश जारी गर्ने भएको छ।

गत शुक्रबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको जानकारी दिए।

विभिन्न भन्सार लगायतका स्थानमा यात्रुले ल्याउन र लैजान पाउने वस्तुको बारेमा ज्ञान नहुँदा समस्या पैदा हुने गरेको भन्दै आदेश जारी गर्न लागिएको प्रवक्ता गुरुङले बताए।

बैठकले राजस्व न्यायाधिकरण बिराटनगरको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज चन्द र राजश्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका न्यायाधीश सुवास बुढालाई तोक्ने निर्णय गरेको छ।

त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण धामीलाई तोक्ने पनि निर्णय गरेको उनले जानकारी दिए। यस्तै बैठकले गोरखाको अजिरकोट गाउँकार्यपालिकाको कार्यालय गोरखालाई प्रशासनिक भवन निर्माणको लागि ६ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८-१२-२४ गतेको निर्णय अनुसार नेपाल राष्ट्रबैंकका गर्भनर उपर छानविन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने निर्णय पनि गरेको छ।

त्यसै गरी राजश्व न्यायाधिकरण बिराटनगरको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज चन्द र राजश्व न्यायाधिकरण नेपालगञ्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका न्यायाधीश सुवास बुढालाई तोक्ने निर्णय समेत गरेको छ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत आ.व. २०८१-०८२ को लागि अधिकृत स्तरका २८ पदहरुको अस्थायी दरबन्दी स्वीकृतगर्ने । वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण धामीलाई तोक्नुका साथै गत असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण प्रभावित १२ जिल्लाका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने लगायतका निर्णय गरेको छ।

निर्णयहरू (1)

चाडपर्वका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख

0

महोत्तरी: चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुसी छन् । राज्यबाट अनुदान पाउने कुनै आशा भरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख परेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् । उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल रु ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालय छ । किसानलाई रु २० करोड ३३ लाख १५ हजार ८११ अनुदान दिइएको छ ।

कार्यालयप्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खोता खोल्न थालेका छन् । “रकम दाखिलाको क्रम जारी छ,” उहाँले भन्नुभयो ।

मा आएको खबरले किसान दङ्ग छन् । “ दसैँमा कसरी गर्जो टारौँ भन्ने थियो, अनुदान रकम आएपछि प्रसन्न छु”, भङ्गाहा–४ का उखु किसान अरुण गिरी भन्नुहुन्छ, “ हामीलाई दसैँ उपहार पाएजस्तै भएको छ ।” गिरीजस्तै बर्दिबास—९ पशुपतिनगरका अर्का किसान रामविनोद महतोले पनि चाडपर्वअघि अनुदान रकम पाइँदा राहत मिलेको बताउनुभयो ।

महोत्तरीमा दुईवटा चिनी उद्योग सञ्चालनमा रहेका भए पनि दुई वर्षअघिमात्र सञ्चालनमा आएको सिद्धिविनायक चिनी उद्योगले गत वर्ष प्राविधिक गडबडीले उखु क्रसिङ् गर्न सकेन । एभरेष्ट चिनी उद्योगले भने २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ६४ हजार ५११ क्विन्टल चिनी उत्पादन गरेको थियो ।

गत वर्ष उखुको मूल्य उद्योगले रु ५४० र सरकारले अनुदान बापत ७० गरी प्रति क्विन्टल रु ६१० कायम गरेको थियो । किसानले प्रतिक्विन्टल रु ७५० हुनपर्ने माग गरेका थिए ।

सरकारले पछिल्ला तीन वर्षयता उखुको अनुदान रकममा प्रति क्विण्टल रु पाँच बढाएर रु ७० पु¥याएको हो । उखुको समयमा नै भुक्तानी तथा सरकारबाट अनुदान पनि पाएका यहाँका किसान उखुखेति विस्तार गर्ने योजनामा रहेका उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले राससलाई बताउनुभयो । हाल यहाँ दश हजार बिघामा उखुखेती भएको छ । उहाँले उखु उत्पादक किसानको सहभागितामा प्रत्येक वर्ष ‘क्रसिङ् सिजन’अगावै को मूल्य निर्धारण हुनुपर्नेमा जोड दिनुभयो ।

एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितकाे रकम आएन

0

किमाथाङ्का (सङ्खुवासभा): सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको रु ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन ।

विसं २०८० कात्तिक १६ मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो प्रवेशमार्गको छुट जग्गाको मुआब्जाबापतको रु ५३ करोड विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडीसी)मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको थियो ।

उक्त रकम जिल्ला प्रशासन कार्यालयले हालसम्म जम्मा गरेको छैन । खाँदबारी नगरपालिका–४ छयाङ्कुटीबाट चिचिला गाउँपालिका–२, दिदिङ सडक खण्डको (२४.५ किलोमिटर) छुट मुआब्जाको माग गर्दै पीडितले पटकपटक आन्दोलन गर्दै आएका छन् ।

लगानी बार्डले गत कात्तिक २१ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विकासकर्ता अरुण तेस्रो निर्माणको जिम्मा पाएको एसएपिडीसीमार्फत धरौटी खातामा राख्न निर्देशन दिएको थियो ।

उक्त रकमबापतको रु ५३ करोडको बैंक ग्यारेन्टेड चेक जिल्ला प्रशासन कार्यालयले एक वर्षसम्म धरौटी खातामा जिम्मा नगरेको अरुण तेस्रो प्रवेशमार्ग केन्द्रीय सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले बैंक ग्यारेन्टेड चेक एक वर्षसम्म धरौटी खातामा जम्मा नगरी रकम जम्मा भएको भनेर झुक्याउँदै आएको उहाँले बताउनुभयो । अरुण तेस्रो प्रवेशमार्ग पीडितले रकम नपाएको भन्दै सर्वोच्च अदालतको आदेशका कारण आन्दोलन गर्न समेत नपाएको उहाँले बताउनुभयो । रु ५३ करोड रकम पछि सङ्घीय सरकारबाट शोधभर्ना हुनेगरी एसएपिडीसीले सरकारलाई दिन सहमत भएको थियो । सरकारले गरेको निर्णय कार्यान्वयन नहुँदा पीडित झन् पीडित भएका सङ्घर्ष समिति संयोजक राईले उल्लेख गर्नुभयो ।

विसं २०८० वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकको छुट मुआब्जा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

हाल आयोजनाको करिब ७५ प्रतिशत काम सकिएको छ । गत जेठ २२ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य सुरुङको ‘ब्रेक थु्र’समेत गरिसक्नुभएको छ । प्रवेशमार्गका पीडितले अहिलेसम्म मुआब्जाबापतको रकम पाउन नसकेको गुनासो गरेका छन् ।

मन्त्रिपरिषदको गत कात्तिक १६ गते बसेको बैठकले एक महिनाभित्र अर्थात् मङ्सिर १८ देखि मुआब्जा रकम वितरण सुरु गर्ने निर्णय गरेको भए पनि एक वर्षसम्ममा छुट मुआब्जाबापतको रकम वितरण सुरु हुन नसकेको सङ्घर्ष समिति संयोजक राईले बताउनुभयो ।

उक्त आयोजनाको काम भारतीय सतलज कम्पनी (एसजेबिएन)ले गरिरहेको छ । फ्याक्सिन्दाबाट पुखुवा निस्कने मुख्य सुरुङको लम्बाइ ११.८४ किलोमिटर सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ । पिडिएअनुसार यस परियोजनाबाट रु एक सय ६० करोड स्थानीयलाई शेयर दिइने छ । शेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत (रु ८० करोड) र पहिलो उत्पादन वर्ष सकिएपछि, दोस्रो उत्पादन वर्षको अन्त्यअघि बाँकी ५० प्रतिशत शेयर वितरण गरिनेछ । शेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पिडिएमा भनिएको छ ।

रु एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छभने विभिन्न शीर्षकमा रु तीन खर्ब ४८ आर्थिक लाभ मिल्ने छ । विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख गरिएको छ । अरुण तेस्रो परियोजनामा नेपाली–भारतीयसहित झण्डै चार हजार कामदार कार्यरत छन् ।

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकारले काम गरिरहेको छः स्वास्थ्यमन्त्री पौडेल

0

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकारले आवश्यक तयारीका साथ काम गरिरहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनपश्चात् विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर सेवा प्रवाहका बारेमा बुझ्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग पनि सेवाबारे जानकारी लिनुभएको थियो । त्यस क्रममा परिवारका सातजना गुमाएका माइला तामाङप्रति सहानुभूति प्रकट गर्नुहुँदै उहाँले उपचार सेवामा कुनै कमी भए आफूलाई भन्न आग्रह गर्नुभयो । जवाफमा तामाङले भन्नुभयो, “उपचार पाइरहेको छु तर परिवारका कोही बचेनन्, बस्ने घर पनि छैन, सरकारले उपचारपछि जाने ठाउँ खोजिदिए हुन्थ्यो ।”

मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने र बाँकी सहयोगका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी उहाँले धुलिखेल अस्पताललाई उपचारमा पु¥याएको सहयोगका लागि धन्यवाद दिनुभयो । अब प्रदूषित पानी तथा फोहरका कारण सङ्क्रमण फैलन सक्नेतर्फ सचेत रहँदै रोकथामका लागि सचेतना फैलाउन जरुरी रहेको मन्त्री पौडेलको भनाइ थियोआग्रह गर्नुभयो । “हामीले एउटा सङ्कट त भोग्यौँ, अब विपद्पछिको स्वास्थ्य सङ्कट आउन नदिन सजग बनौँँ । सबै मिलेर सम्भावित सङ्कटको सामना गर्न तयारी अवस्थामा रहन आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले स्वास्थ्यकर्मीहरुले पु¥याएको सेवाको प्रशंसा गर्नुका साथै पनौती–१२ भूमिडाँडा कलातीमा पहिरोबाट भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो ।

ललितपुरमा आइपुग्यो दक्षिणकालीको खानेपानी

0

काठमाडौँ: खोपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह गर्नुभएपछि दक्षिणकाली नगरपालिकाले अहिले ललितपुरका लागि पानी पठाएको छ ।

मन्त्री यादवले गर्नुभएको प्रयासपछि भैँसेपाटीको ट्याङ्कीमा अहिले पानी झर्न सुरु भएको काठमाडौँ उपत्यका खोनेपानी लिमिटेड (केयुकेएल) भैँसीपाटीले जनाएको छ । दक्षिणकाली नगरपालिका र स्थानीयसँग गरिएका कतिपय प्रतिबद्धता भने पूरा गर्न बाँकी रहेकाले दशैँलगत्तै पूरा गर्नुपर्ने सहमति भएको केयुकेएलले जनाएको छ ।

मन्त्री यादवको आग्रहसँगै दक्षिणकाली नगरपालिकाले आज साँझदेखि ललितपुरका नागरिकका लागि दक्षिणकालीको कुटुरी मुहानबाट पानी पथान्तरण गरेको हो । अहिले पानी केयुकेएल भैँसीपाटीको खानेपानी टयाङ्कीमा अइपुगेको खानेपानी मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलदेवी शाक्य बज्रचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तत्काल दसैँसम्मलाई दक्षिणकाली नगरपालिकाले त्यहाँबाट पानी छोडिदिने तथा पूर्णिमाको पर्सिपल्ट पुनः बैठक बसेर सम्पूर्ण क्षतिको लागत अनुमान तयारी गरी ललिपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका र केयुकेल बसेर के–के काम गर्न सकिन्छ सो विषयमा सम्झौतापत्र तयार गरी हस्ताक्षर गर्ने सहमति भएपछि पानी आएको हो ।”

ललितपुरमा रहेको केयुकेएलको खानेपानी टयाङ्कीमा पानी आइपुगेकाले अब चाँडै यहाँका नागरिकलाई पानी वितरण सुरु गरिने केयुकेएलका कार्यकारी निर्देशक अशोक पौडेलले बताउनुभयो ।

खानेपानीमन्त्री यादव आज दक्षिणकाली नगरपालिका पुग्नु भई आफू राज्यको प्रतिनिधि भएकाले दक्षिणकालीमा बाढीपहिरोलगायत विपद्बाट नागरिकले भोग्नुपरेका पीडा तथा खानेपानीका समस्या समाधान गर्न प्रयासरत रहने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री यादवले बाढीपहिरोले दक्षिणकालीका खानेपानीका मुहानमा भएका क्षतिको मर्मतसम्भार गर्न तत्काल योजनाबद्ध रुपमा काम थाल्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको बताउनुभयो । बाढीले भत्काएका र बिगारेका खानेपानीका मुहान मर्मत यथाशीघ्र गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

ललितपुरमा दक्षिणकालीको पानी लगिए पनि यहाँका नागरिकका समस्यालाई सम्बोधन नगरिएको भन्दै स्थानीय पानी पठाउन रोक्दै आएका थिए ।

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

0

काठमाडौँ: हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

“बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ”, उहाँले भन्नुभयो ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।

बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताउनुभयो ।