Tuesday, June 16, 2026
Home Blog Page 687

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

0

काठमाडाैं: शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकीकृत गर्न खोजिरहेको बताएका छन्।

ह्वाइट हाउसमा पूर्व जानकारी बिना अकस्मात आयोजित ब्रीफिंगमा बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्को कदमबारे निर्णय गर्दा इजरायलका लागि अमेरिकी समर्थनलाई स्मरण गर्नुपर्ने बताए।

“यदि म इजरायलको ठाउँमा हुन्थे भने म तेल साइटमा आक्रमण गर्ने बाहेक अन्य विकल्पको बारेमा सोच्ने थिए”, बाइडेनले सञ्चारकर्मीलाई बताए।

“इजरायलमा मंलबार इरानले गरेको विशाल ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलीहरु के गर्ने, कसरी गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन्“ उनले भने।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो।

राष्ट्रपतिय निर्वाचन नजिँकिदै गर्दा कुनै पनि दीर्घकालीन वृद्धि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि हानिकारक हुन सक्छ।

यसैबीच, उत्तरी क्यारोलिनामा चुनावी प्रचारमा लाग्नुभएका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानको आणविक सुविधलाई इजरायलले लक्षित गर्ने सम्भावनाबारे बाइडेनलाई यस हप्ता सोधिएको प्रश्नलाई उद्धृत गर्दै इरानप्रति प्रतिक्रिया कस्तो हुनुपर्छ भन्नेबारे अझ बढी उत्तेजक दृष्टिकोण प्रस्तुत गरेका छन्।

पर्यटकको रोजाइमा माग्दीको टोड्के

0

म्याग्दी: म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे। टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो।

रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्के पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ।

जंगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अडिकिने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिए।

“हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,” ७० वर्षीय आचार्यले भने, “प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ।”

समुद्री सतहदेखि दई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तब्य हो। काठमाडौंबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन दुवै चंगा बनाएको अनुभव सुनाए। “शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,” उनले भने, “बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृष्य जति हेरे पनि धितै मर्दैन।”

ऋतु, मौसम र समय अनुुसार टोड्केमा फरक फरक दृष्य अवलोकन गर्न सकिन्छ। फागुन-चैतमा टोड्केको दायाँ र बाँया रहेको जंगगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृष्य मनमोहक हुन्छ। पुस-माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ। बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुुर पाइजाले बताए।

“पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सूर्योदय र सुर्यास्तका समयमा फरक फरक दृष्य देखिन्छ,” उनले भने, “शान्त वातावरण। बर्खामा भुईफुलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान। कुहिरो र हिमालको लुकामारी। चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ।”

स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ। शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो। स्वर्गद्वारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ। आश्रम परिसरमा गौशाला पनि रहेको छ।

मगरको पुरख्र्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो। टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुुगंगा गाउँपालिका-५ का वडा अध्यक्ष मनबहादुुर शेरमञ्जाले बताए। “वनभोज खान जानेहरुका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,” उनले भने, “खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ।”

टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ। छ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालय सहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताए।

दसैं तिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरु टोड्के आउने गरेका उनले बताए। नव विवाहित जोडिहरुको लागि टोड्के हनिमुन गन्तब्य बनेको उनले बताए।

तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ। विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ। स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ। टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ।

बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन्। बेनी-अर्थुङ्गे-झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी-अर्थुेङ्ग-पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी-अर्थुङ्गे-पुलाचौर-डडुवा–पूर्णगाउँ हुदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ।

२९ किलोमिटर दुरीको बेनी-सिम-कुुहँ-पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ। उन्नाइस किमी दूरीको बेनी-गलेश्वर-पात्लेखेत-वाखेत-टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ।

पैदलयात्रा गर्न चाहनेहरुका लागि बेनी देखि अर्थुङ्गे-पछै-ढोलथान-केभहिल-जगन्नाथ-ढडेकोट दरवार-टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ। टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन्।

धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ। झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिडेपछि टोड्के पुगिन्छ। यी गाउँमा होमस्टे सुविधा छ।

टोड्केदेखि मालिका धुरी-ठाडाखानी-कुइनेखानी-झिङखानी-चौरखानी-घ्याँसीखर्क हुँदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उनले जानकारी दिए।

टोड्केदेखि झिँ-पाखापानी-कोटगाउँ-रायखोर-मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेञ्चुरी पदमार्ग पनि रहेको छ। म्याग्दी र मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकले परम्परागत पदमार्ग पूर्ण रुपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा साँस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्ग महत्वपूर्ण बैकल्पिक रुटका रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए।

सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुने प्रचुर सम्भावना रहेको ट्रेकिङ ब्यवसायी एशोसियसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र गण्डकीले टोड्केको प्रर्वद्धनमा सघाएका छन्। पर्यटन बोर्ड गण्डकीका बरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रर्वद्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरुमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताए।

टोड्के र झिँका बासिन्दाहरुले टोड्के विकास कोष गठन गरि दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन्।

सन्तोष गौतम /रासस

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

0

काठमाडौं: ४५ वर्ष उमेर हद हटाउन माग गर्दै आन्दोलित नेपाल एयरलाइन्सका क्याबिन क्रु (विमान परिचारकरपरिचारिका) ले आन्दोलन फिर्ता लिन सहमत भएका छन्।

शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रु जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन्।

४५ वर्ष उमेर हद हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु हड्तालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।

छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ। त्यसकालागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएको छ भने सर्वोच्च अदालतमा विचारधीन मुद्धा र दुई पटक भएको अन्तरिम आदेशको विषयमा महान्यायाधिवक्तासँग छलफल गर्न दुईपक्ष सहमत भएका छन्।

आन्दोलन फर्तासँगै विमान परिचालिका एवम् परिचालकहरुले आजैबाट काममा फर्किएका छन्। निगममा कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए। उक्त मुद्दाको किनारा लागेको छैन।

निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए।

स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’

0

धुलिखेल (काभ्रेपलाञ्चोक): बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ । बाढीले सबै सामान बगाएपछि लामाले असोज १३ गतेदेखि बस्नका लागि कोठा खोज्नुभएको हो ।

गहभरि आँसु, ओँठमा रोधन थरथर काँपेको शरीर । “न बस्ने ठेगान छ, न खानेकुरा र पैसा नै । ज्यान बाँचे पनि बस्ने र खाने व्यवस्था नहुँदा सास्ती भएको छ । एकपट्टि चुँडिएको चप्पलमा पनौती र खोपासीको बजार कोठा खोजे पनि पाइएन”, मगरले सुनाउनुभयो ।

घरबार, पसल, उद्योग र नगद सबै बाढीले बगाएपछि आफन्तले किएको एकजोर कपडा र चप्पलमा बसिरहेको मदनले बताउनुभयो । उद्धारपछि बाढीपहिरो पीडितको व्यवस्थापन र अवस्थाका विषयमा ‘रिपोर्टिङ’ गर्न शुक्रबार सलान्दुबगरमा पुग्दा बगाएको घरको अवशेष देखाउँदै उहाँले भन्नुभयो, “ज्यानबाहेक मसँग केही छैन, सबै बगाएपछि पनौतीमा कोठा खोजेर आमा र छोराछोरीलाई राखेको छु । खानेकुरा र लाउने लुगासमेत छैन ।”

बाढी आएको रातिदेखि दुई दिनसम्म भिजेको लुगा लगाएर बसेको भन्दै मदनले आफन्तले दिएको कपडाले धेरै राहत महसुस भएको बताउनुभयो । लगाएर आङ छोपेर राहत लिन उभिएको बताउनुभयो । “स्थानीय सरकार र राज्यले बढी समस्यामा भएकालाई प्राथमिकतामा राखेर राहत तथा पुनःस्थापनमा गर्नुपर्छ । वृद्धा आमा र बालबच्चासहित कोठामा बसे पनि खानाको व्यवस्था नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो ।

दसैँका लागि टेलर्समा सिलाइका कपडा, कस्मेटिक पसलमा सामान हालिसकेको बताउँदै मदनले फर्निचर उद्योगमा माग अनुसार सामान बनाएर गोदाम राखेकामा सबै बगाएको जानकारी दिनुभयो । घर, बारी जग्गाजमिन पसल र फर्निचर उद्योग गरी करिब दुई करोडमाथिको क्षति भएको उहाँले बताउनुभयो ।

सोही ठाउँकी कान्छी बोमजनले घरको दायाँबायाँ पहिरोले लगेपछि रातभरि नजिकैको जङ्गलमा रूखमुनि बसेको सुनाउनुभयो । केही दिनदेखि पनौतीमा कोठा लिएर बस्दै आउनुभएका उहाँ राहतको पर्खाइमा हुनुहुन्छ । सरकारले पीडितको अवस्था, प्रथमिकता र आवश्यकताका आधारमा राहत उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही ठाउँका विनोद सिङ्तानले घरबार सबै बगाएपछि आफूहरु बिचल्लीमा परेको बताउनुभयो । भएको घरबार, कुखुरापालन व्यवसाय, खाद्यान्न, लत्ताकपडा र नागरिकता, लालपुर्जालगायत सबै कागजात बगाएको उहाँले बताउनुभयो । पुरेको घरभित्र हिलोमाटो लतपतिएको लत्ताकपडा निकाल्दै खोल्साको पानीमा पखाल्दै गरेकी सरस्वती लामाले बस्ने घर, खाने अन्नपात नभएको भन्दै पीडितलाई पुनःस्थापनाका लागि स्थानीय सरकारले तत्काल पहल थाल्नुपर्ने बताउनुभयो ।

बाढीले पुरिएको घरभित्रका सामान निकाल्दै बचेको सामान सार्नमा व्यस्त खहरे खोलाका सुरेन्द्र वाइबाले विपद्मा परेका नागरिकलाई चाँडो राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो । सरकारले यस्तो बेलामा प्राथमिकता र आवश्यकता हेरेर सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

सलान्दुबगरका लिलाबहादुर लामाको परिवार अहिले खोपासीमा कोठा लिएर बस्दै आउनुभएको छ । रातिको समयमा गएको बाढीपहिरोले घरको सबै सामान, डम्फु, खैँचडी र ढ्याङ्ग्रो बनाउने उद्योगसमेत पुरेको उहाँले बताउनुभयो । “अहिले पनि घरमा बस्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “अब वर्षा भएन भने घरमा बस्न मर्मत गर्नुपर्छ, त्यसका लागि रु आठ/१० लाख लाग्छ ।”

बस्ने ठाउँमा असुरक्षित भएको र भएको ठाउँ पनि बाढीले बगाएर विस्थापित हुनुपर्ने अवस्था आएको लिलाबहादुरले बताउनुभयो । आपत्को बेलामा उद्धार गर्न स्थानीय सरकारलाई आग्रह गर्दै उहाँले जनतालाई ‘सरकार छ’ भन्ने महसुस गराउने समय आएको उल्लेख गर्नुभयो ।

सोही ठाउँका कृष्णकुमार लामाले भएभरको सबै बगाएको बताउँदै सरकारले पीडितलाई तत्काल अस्थायी बासको व्यवस्था गरिदिनुपर्नेमा जोड दिनुभयो । “बस्ने घर, जग्गाजमिन सबै बाढीले बगायो । ज्यालामजदुरीको काम पाए पनि खानाको व्यवस्था हुने थियो”, उहाँले भन्नुभयो ।

बेथानचोक–४ पाटीखर्कका विद्या खड्काको पक्की तीनवटा घर बाढीले बगाएर बिचल्ली भएपछि अहिले खोपासीमा कोठा लिएर बस्दै आउनुभएको छ ।

सलान्दुबगरमा मात्रै करिब २० घर पूर्ण रुपमा क्षति भएका छन् । खहरेखोला, सलान्दुबगर, पाटीखर्क र चलालगणेशस्थानका नागरिकले अहिलेसम्म राहत नपाएको गुनासो गर्दै सरकारले प्राथमिकता हेरेर राहत रपलब्ध गर्नुपर्ने बताउनुभएको छ ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो । विशेषगरी अहिले प्राथमिकताका आधारमा उद्धार, राहत र पुनःस्थापनाका लागि योजनाबद्ध काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकामा सडक, विद्युत् र सञ्चारको सेवाबाट वञ्चित रहेकालाई पहिलो प्राथमिकता राखी ती सेवा सञ्चालनका लागि मर्मतसम्भारको काम थालिएको बताउनुभयो । “हाम्रो क्षमताले मात्रै यहाँका नागरिकको समस्याको सम्बोधन गर्न नसकिने अवस्था रहेकाले सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

अहिले सडक निर्माणका लागि पालिकाको केन्द्र ढुङ्खर्क जोड्ने खोपासी–सलान्दुबगर, चलाल, ढुङ्खर्क सडकलगायत विभिन्न वडाका शाखा बाटोहरु मर्मत गर्न स्काभेटर, लोडर, डोजरलगायत उपकरणसहितको जनशक्ति परिचालन गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्रमा बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छभने एकजना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य भइरहेको
छ ।

गाउँपालिका कार्यालय डुबानमा परेको भन्दै अध्यक्ष अधिकारीले कतिपय महत्वपूर्ण कागजात नष्ट भएका बताउनुभयो । अधिकांश आवश्यक कागजात र विवरण क्षति भएकाले अडिटका क्रममा आउने समस्याका बारेमा सम्बन्धित निकायलाई उक्त समस्या समाधान गर्न अहिले नै ध्यानाकर्षण गराइने उहाँको भनाइ छ ।

बेथानचोक गाउँपालिकाभित्र पूर्ण रुपमा पाँच सय घर र आंशिक रुपमा पाँच सय घरमा क्षति हुनुका साथै कुखुरा नौ हजार, पशुचौपाया गाई, भैँसी र बाख्रा गरी एक हजारको हाराहारीमा क्षति भएको पालिका कार्यालयले जनाएको छ ।

ऊर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहर व्यवस्थापन

0

काठमाडौँ: १-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मन्त्रालयको फोहर व्यवस्थापनमा खटिनुभएको
छ । उहाँले मन्त्रालय परिसरभित्र सरसफाइ गर्दै कर्मचारीलाई समेत हौसला प्रदान गर्नुभयो । सरसफाइ गर्ने क्रममा मन्त्रालय, मन्त्रालयअन्तर्गत रहेका सबै कार्यालयलाई सफा उहाँले राख्न आग्रह गर्नुभयो ।

मन्त्री खड्काले पुराना प्रयोगमा नआएका सवारीसाधनलाई कानुनबमोजिम लिलामी प्रक्रिया अगाडि बढाउन पनि कर्मचारीलाई निर्देशन दिनुभयो । आज सरसफाइको सुरुआत गरिए पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले स्वस्थ हुन सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “भोलिका दिनमा मन्त्रालय स्वच्छ र सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीले मन्त्रीको नेतृत्वमा भएको सरसफाइले मन्त्रालयका सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त
गर्नुभयो । उहाँले मन्त्रालय मात्र नभई देशभरका मन्त्रालयअन्तर्गतका कार्यालयमा पनि सरसफाइलाई प्राथमिकता दिएर योजनाबद्ध रुपमा अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

0

काठमाडौँ: सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

“बाढीपहिरो प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरण जारी छ, प्रभावित क्षेत्रमा विशेष योजनाका पुनःस्थापना र पुनःनिर्माण गर्ने योजनाका साथ लाग्न विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो”, उहाँले भन्नुभयो ।

प्रवक्ता गुरुङका अनुसार कोशी प्रदेश पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका, उदयपुरको वेकला नगरपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

साथै बागमती प्रदेशअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका, दोलखाको गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिका, शैलुङ गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिकालाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

उहाँका अनुसार विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका अन्य स्थानीय तहमा सिन्धुपालचोकाको भोटेकोशी गाउँपालिका, ललितपुरको बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका रहेका छन् ।

साथै सिन्धुलीको गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

यी स्थानीय तहमा पर्ने राजमार्ग क्षति भएको, सडकसञ्जाल विच्छेद भएको, नदीको तटीय क्षेत्र डुबानमा परेको, पुल बगाएको, विद्युत् र टेलिफोनको टावर तथा पशुचौपाया र कृषि क्षेत्रमा क्षति पुगेकाले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्री गुरुङको भनाइ छ ।

बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

0

काठमाडौँ: अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी
दिनुभयो ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।

बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

0

राजविराज (सप्तरी): सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आउनुभएका उहाँ बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।

“अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको रु ३५ हजारसम्म खर्च भएको थियो”, उहाँले भन्नुभयो ।

केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उहाँ मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक हुनुहुन्छ उमेश माझी । “घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौँको लगानी डुब्यो”, उहाँले भन्नुभयो ।

कोशी ब्यारेजकै किसान लक्षमण प्रमाणीले दसैँ लगत्तै धान काट्ने सोचमा हुनुहुन्थ्यो । तर अघिल्लो साता लगातार परेको वर्षाका कारण आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ । “चार बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ”, उहाँले भन्नुभयो, “हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।”

त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरु अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ ।

यहाँ करिब पाँच सय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कबिरले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उहाँले बताउनुभयो ।

किसान सुकदेव राउतको अवस्था पनि उस्तै छ । बाढीले २५ कठ्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरी कोशी नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गको उतरपट्टी हनमाननर कङ्कालिनी नगरपालिका–१ भारदहमा पाँच सय बिघामा लगाइएको धानखेत बगरमा परिणत भएको छ ।

स्थानीय बुदुर राम र फुदुर रामको दुई÷दुई बिघाको धानबाली पूर्णरुपमा नष्ट भएको छ । यस्तै भारदह गाउँकै अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुसहरु राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन् ।

धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिनुभयो । उक्त ठाउँमा कोशी नदीबाट भासेर आएका जलकुम्भी, बिभिन्न झारपातले भरिएको छ ।

पूर्वी पहाडी जिल्लामा परेको अविरल वर्षाका कारण विभिन्न नदी हुँदै सप्तकोशी नदीमा आएका बाढीले केही घरमा क्षति पु¥याउनका साथै कैयौँ बिगाहा जमिनमा रोपेको धान बाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्र राजविराजका सप्तरीका अनुसार जिल्लाको पूर्वीभेगका हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ८, ९, ११ र १४ वडामा बाढीले धान खेतीमा क्षति गरेको छ ।

त्यस्तै जिल्लाको तिलाठी कोइलाडी, कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिकामा समेत हजारौँ बिघाको धानबाली नष्ट भएको छ । यस क्षेत्रमा कोशी, जीता, मोहुली जस्ता नदीहरुमा आएको बाढी पसेको हो ।

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

0

ढोरपाटन (बागलुङ): उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिनुभयो । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाउनुभयो ।

मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुग्नुभएका उहाँका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उहाँ दसैँको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुग्नुभएको होे । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उहाँको योजना छ ।

लामाले दसैँमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उहाँ मुगुबाट यहाँ आउनुहुन्छ ।

“यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ”, उहाँले भन्नुभयो । लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आउनुभएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उहाँले १८ वटा च्याङ्गा बिक्री भइसकेको बताउनुभयो ।
लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पुर्याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उहाँको अनुभव छ । यही असोज २२ गतेसम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने उहाँको योजना छ ।

मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा वर्षौँ बिताउनुभएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उहाँले बताउनुभयो । उहाँले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउनुहुन्छ ।

“दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ”, लामाले भन्नुभयो, “राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नु पर्र्यो ।”

अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब रु १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउनुहुन्छ । लामाको व्यवसायिक साझेदार हुनुहुन्छ मुस्ताङका कर्मा लामा । यउहाँले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताउनुभयो ।

यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य रु ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिनुभयो । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई रु ४२ हजारमा दिने गरेको उहाँ बताउनुहुन्छ ।
कर्मा भन्नुहुन्छ , “देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महङ्गो होइन, पोहोर सालको दसैँमा रु ४८/५० हजार भन्थे अहिले रु ३८/४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरुले हिमालमै पुगेर ल्याउने गरेका छौँ ।”

दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्याङ्ग्रा लिएर बजार पुग्न थालेका छन् ।

इजरायली सेनाले दक्षिणी लेबनानका ३५ क्षेत्र खाली गर्न भन्यो

0

काठमाडौं । दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका मानिसहरूलाई इजरायली सेनाले तुरुन्तै आफ्नो घर छाड्न आग्रह गरेको छ।

इजरायली सेनाका प्रवक्ताले मानिसहरूलाई तुरुन्तै आफ्नो घर छोडेर अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका छन्।

इजरायली सेनाका प्रवक्ता अविचाइ एन्ड्राईले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा लेखे कि जो कोही पनि हिजबुल्लाहको स्थापना र हतियार नजिक छ उसले आफ्नो जीवनलाई खतरामा पारेको छ।

उले भनेका छन्, ‘दक्षिणतर्फको कुनै पनि गतिविधिले तपाईंको जीवनलाई खतरामा पार्न सक्छ।’ यसअघि लेबनानको सरकारी समाचार एजेन्सीले इरानका विदेशमन्त्री बेरुत पुग्ने बताएको थियो ।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले इरानी विदेशमन्त्री अब्बास अराक्चीलाई लिएर इरानी विमान रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाएको थियो।