Friday, June 19, 2026
Home Blog Page 634

सरकारले निजी क्षेत्रको लगानी सुरक्षाको सुनिश्चितता लिन्छ : मन्त्री पाण्डे

0

काठमाडौँ:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताउनुभएको छ। महाराजगञ्जमा नवस्थापित ‘लोरलिङ मन्डला लर्ड’ होटलको उद्घाटन समारोहमा उहाँले पर्यटनलाई आर्थिक विकासको आधार बनाएर ग्रामीण तहसम्म विस्तार गर्नु आवश्यक रहेको औँल्याउनुभयो।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रका कार्यक्रमलाई व्यवस्थित रूपमा अगाडि बढाउँदै विदेशी पर्यटकको आवागमनलाई थप प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न आह्वान गर्दै उहाँले भन्नुभयो, “निजी क्षेत्रको लगानीको सुरक्षा सरकारले सुनिश्चित गर्छ। ढुक्क भएर पर्यटन उद्योगमा लगानी गर्नुस्।”

पर्यटन क्षेत्रलाई दिगो विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउँदै उहाँले रोजगारी सृजना, विदेशी मुद्रा आर्जन, आर्थिक गतिविधि विस्तार र समग्र समृद्धिमा पर्यटनले महत्त्वपूर्ण योगदान दिएको स्पष्ट पार्नुभयो।

मन्त्री पाण्डेले होटल र रिसोर्टजस्ता पूर्वाधारहरूको विकासले मात्र पर्यटन क्षेत्रलाई थप बलियो बनाउन सकिने भन्दै ती पूर्वाधारलाई गाउँस्तरसम्म पुर्‍याउन सरकार प्रयासरत रहेको बताउनुभयो।

आजको लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ दुई पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय एक रुपैयाँ चार पैसा र बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा र बिक्रीदर १२ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको
छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अमेरिकाकी पहिलो ट्रान्सजेन्डर सांसदले शौचालय प्रयोग गर्ने विषयमा विवाद

0

काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई पराजित गरेपछि आगामी राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्ने तयारीमा छन्। यो निर्वाचनमा मात्र होइन, अमेरिकी संसदमा पनि एउटा ऐतिहासिक घटना घटेको छ। पहिलो पटक ट्रान्सजेन्डर महिला सांसद निर्वाचित भएकी छिन्, जसले अमेरिकी राजनीतिमा नयाँ अध्यायको सुरुवात गरेकी छन्।

सारा म्याकब्राइडको ऐतिहासिक सफलता
डेमोक्र्याट पार्टीकी उम्मेदवार सारा म्याकब्राइड अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा निर्वाचित भएकी पहिलो ट्रान्सजेन्डर महिला हुन्। सारा डेलावेयरबाट चुनाव जित्दै आफ्नो नाम इतिहासमा दर्ज गराएकी छिन्। पुरुषका रूपमा जन्मेकी सारा, अहिले ट्रान्सजेन्डर महिला रूपमा आफ्नो पहिचान स्थापित गर्दै संसदमा पुगेकी हुन्।

महिला शौचालय प्रयोगमा विवाद
साराको निर्वाचनसँगै, उनीमाथि लैंगिक पहिचानका कारण विवाद पनि सुरु भएको छ। रिपब्लिकन पार्टीकी सांसद न्यान्सी मेसले संसद भवनमा सारा म्याकब्राइडले महिला शौचालय प्रयोग गरेको विषयमा आपत्ति जनाएकी छन्। न्यान्सीले संसदमा एक प्रस्ताव ल्याउँदै, “महिला शौचालय, लकर रुम, र चेन्जिङ रुम महिला जन्मिएका व्यक्तिहरूकै लागि मात्र सुरक्षित हुनुपर्छ” भन्ने अडान राखेकी छन्।

उनले सारा म्याकब्राइडलाई पुरुषका रूपमा जन्मिएको भन्दै महिला शौचालय प्रयोग गर्न दिन नहुने दाबी गरेकी छिन्। यो प्रस्तावले संसदमा विभाजनको वातावरण सिर्जना गरेको छ।

साराको प्रतिक्रिया
साराले भने यो विवादलाई दक्षिणपन्थी नेताहरूले वास्तविक मुद्दाबाट ध्यान हटाउने षड्यन्त्रका रूपमा व्याख्या गरेकी छिन्। उनले भनिन्, “यो विवाद अमेरिकी नागरिकले दिनहुँ सामना गरिरहेका स्वास्थ्य, शिक्षा र रोजगारजस्ता महत्त्वपूर्ण समस्याबाट ध्यान मोड्ने प्रयास हो।”

सभामुखको समर्थन
अमेरिकी तल्लो सदनका सभामुख माइक जोन्सनले न्यान्सी मेसको प्रस्तावलाई समर्थन गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै, “महिलाका लागि सुरक्षित स्थानको रक्षा गर्न यो कदम आवश्यक छ,” भनेका छन्। यो प्रतिबन्ध संसद भवन र क्यापिटल हिल परिसरमा लागू गरिने उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया
साराको निर्वाचनले ट्रान्सजेन्डर समुदायलाई अधिकार सुनिश्चित गर्ने दिशामा ठूलो उपलब्धि दिलाएको भन्दै केही अन्तर्राष्ट्रिय संघसंस्थाले स्वागत गरेका छन्। तर, सँगै आएको यो विवादले अमेरिकामा लैंगिक समानताका लागि अझै लामो यात्रा तय गर्नुपर्ने संकेत गरेको छ।

तेस्रोलिङ्गी समुदायको प्रतीक
सारा म्याकब्राइडको चुनावी जित अमेरिकी राजनीतिमा मात्र होइन, विश्वभरका लैंगिक अल्पसंख्यक समुदायका लागि प्रेरणा बनेको छ। तर, यो जितले सुरु गरेको बहस अझै लामो समयसम्म जारी रहने देखिन्छ।

यो विवादले अमेरिकी संसदमा लैंगिक पहिचानको बहसलाई झन् तीव्र बनाएको छ, जहाँ पुरानो र परम्परागत दृष्टिकोणलाई चुनौती दिने नयाँ विचारधारा बिस्तारै अगाडि बढ्दैछ।

रुस र युक्रेनबीचको आक्रमण चर्किएपछि चीनले यस्तो भन्यो

0

काठमाडौं: चीनले रुस र युक्रेनबीचको युद्धमा संलग्न सबै पक्षलाई शान्त रहन र संयम अपनाउन आग्रह गरेको छ ।

रुसले युक्रेनको डिनिप्रो सहरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनले पनि रुसमा पश्चिमी देशहरूबाट प्राप्त लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको बेला चीनले यस्तो अपील गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “युद्धविरामका लागि उपयुक्त वातावरण बनाउन सबै पक्षले वार्ता र परामर्श गर्नुपर्छ।”

लिन जियानले भने, “युक्रेन मुद्दामा चीनको अडान निरन्तर र स्पष्ट रहेको छ। हाम्रो नीति संकट समाधानका लागि राजनीतिक उपाय खोज्ने र स्थितिलाई बिग्रन नदिनु हो।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिनिप्रोमा भएको आक्रमणलाई युक्रेनी आक्रमणको जवाफ भनेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डिनिप्रोमा नयाँ ब्यालेस्टिक मिसाइलको प्रयोगलाई लिएर रुसले यो कदमले युद्धलाई थप गम्भीर बनाउँदै लगेको बताएका थिए ।

आणविक युद्धको जोखिम अहिले जस्तो चरम कहिल्यै थिएन : कीम

0

काठमाडौं: उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनले आणविक युद्धको जोखिम अहिले जस्तो चरम कहिल्यै नभएको बताएका छन्।

किम जोङ उनले यसका लागि उत्तर कोरियाप्रति अमेरिकाको ‘आक्रामक र शत्रुतापूर्ण नीति’ लाई दोष दिएका छन् र अमेरिकी नीतिहरू कहिल्यै परिवर्तन हुन नसक्ने बताएका छन्।

उत्तर कोरियाको सरकारी मिडिया केसीएनएका अनुसार किमले एक सैन्य प्रदर्शनीमा कोरियाली प्रायद्वीपमा युद्धमा संलग्न पक्षहरूले यसअघि कहिल्यै यस्तो खतरनाक टकरावको सामना नगरेको बताएका छन्। उनले यो अहिलेसम्मकै सबैभन्दा विनाशकारी थर्मोन्यूक्लियर युद्धमा परिणत हुन सक्ने बताएको रिपोर्टमा उल्लेख छ।

उत्तर कोरिया र रुस घनिष्ठ भइरहेका बेला किम जोङ उनको टिप्पणी आएको हो । यो वर्ष रुसले उत्तर कोरियालाई हतियार र सैनिकको बदलामा १० लाख ब्यारेलभन्दा बढी तेल आपूर्ति गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफ्नो वक्तव्यमा रुसले युक्रेनी सेना र ब्यालिस्टिक मिसाइल प्रयोग गरेर युद्धलाई बिगार्ने प्रयास गरिरहेको बताएका छन् ।

चिलिमेका तीन जलविद्युत आयोजनाबाट १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

0

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत‍्को अगुवाइमा रसुवामा सुरु भएका तीन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ।

तीन वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। तीन वटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०-१३२-३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो।

१४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्। यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको विद्युत् बिक्री गरिसकेको छ।

४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत् उत्पादन सुरू गरिएको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा उत्पादन गरिरहेको छ। परीक्षण उत्पादन सफल भएपछि एवं तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरू हुनेछ।

दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रुपमा विद्युत् उत्पादन हुनेछ। नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाहरूबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत उत्पादन हुन्छ।

चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरुो गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशीबाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन्।

सबै आयोजना २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्‍याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड-१९को महामारी, कोभिड-१९पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए। यसले गर्दा आयोजनाको निर्माण प्रभावित भएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धी भएको बताए। ‘म चिलिमे कम्पनीको प्रबन्ध-सञ्चालक भएका बेला आमसर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाहरूको निर्माण अगाडि बढाइएको थियो, मुख्य रुपमा काबुबाहिरको परिस्थितिका कारण आयोजनाहरूको निर्माणमा केही समय लागे तापनि अब तीन वटा आयोजनाहरूको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरू भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरूले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्’, कार्यकारी निर्देशक घिसिङले भने।

भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही बृद्धि भएको छ। माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाहरूको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब ३५ करोड रुपैयाँ थियो।

आयोजनाको प्रवर्द्धक साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाहरूको लागत ९ अर्ब २० करोड हुने अनुमान गरिएको बताए।

सिइओ सिंहले लागत अनुमान बमोजिम दुवै आयोजनाहरूको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको उल्लेख गरे। चिलिमेका चार वटै आयोजनाहरूमा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो।

कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरू (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरू तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष)का कर्मचारीहरु, आयोजना प्रभावित रसुवाबासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ।

माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रुपमा १ अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुने छ। माथिल्लो साञ्चेनलाई विद्युतको बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७० ७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ।

यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ। उक्त पोखरीमा पानी सञ्चय गरी साँझको समयमा थप विद्युत् उत्पादन गरी हिउँदयामका साँझको समयमा थप विद्युत् उत्पादन गरी प्रणालीलाई सन्तुलन बनाउन योगदान पुग्ने सीईओ सिंहले बताए।

मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने डा महतको भनाइ

0

लेखनाथ (कास्की): नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस बिपी स्मृति प्रतिष्ठान गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित डा महतद्वारा लिखित ‘नेपाली कांग्रेस र राष्ट्रनिर्माण’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा पार्टी प्रवक्तासमेत रहनुभएका डा महतले समावेशी सहितको प्रत्यक्ष निर्वाचन आवश्यक रहेकाले मिश्रित निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यो पुस्तक बिपी कोइराला स्कूल अफ पब्लिक पोलिसीद्वारा सन् २०२१ मा पहिलो पटक प्रकाशन भएको थियो । डा महतले बिपीको आर्थिक नीतिको चिन्तनसँग वर्तमान आर्थिक नीतिलाई जोड्दै कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । तत्कालीन समयमा बिपीले समाजवादी अर्थतन्त्रलाई अगाडि बढाउँदै विपन्न वर्गको जीवनस्थल उकास्ने काममा सक्रिय रहेको जानकारी दिँदै उहाँले त्यसबेला कृषिमा आधारित अर्थतन्त्र थियो भने अहिले उद्योगमा भएको उल्लेख गर्नुभयो ।

विसं २०१२ मा बिपीले प्रजातान्त्रिक समाजवादलाई अँगाल्दै आर्थिक नीतिलाई अगाडि सार्नुभएकाले कांग्रेसले बिपीको बाटोलाई छाड्न नहुने नेता डा महतले धारणा राख्नुभयो । “युवालाई आर्थिक उपार्जनसँग जोडेर अगाडि बढ्नु वर्तमान समयको आवश्यकता हो”, उहाँले भन्नुभयो, “प्रजातान्त्रिक समाजवाद बिना आर्थिक समृद्धिको कल्पना गर्न सकिँदैन ।”

पार्टीको आन्तरिक कारणबाट निर्वाचनमा पराजय हुन नदिन पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर जनताको सेवामा जुट्नुपर्नेमा नेता महतको जोड छ । विसं २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतमा पु¥याउन पार्टीका नेता तथा कार्यकर्ता सकारात्मक ऊर्जाका साथ जनतामाझ जानुपर्ने उहाँले सुझाव दिनुभयो ।

कांग्रेसले प्रजातन्त्रमा विश्वास राख्ने भएकाले पार्टीप्रति नेपाली आमजनताको विश्वास कायम रहेको बताउँदै उहाँले जनता केन्द्रित भएर विकास, निर्माण सबै लाग्नुको विकल्प नभएको बताउनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले आफूलाई चिन्न नसक्दा पार्टी कमजोर हुँदै गएको बताउनुभयो । कांग्रेसले आफ्नो पहिचान बिर्सन नहुने भन्दै उहाँले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले कांग्रेस जनताको मालिक नभई सेवक भएर प्रस्तुत हुन उहाँले आग्रह गर्नुभयो ।

डा महतद्वारा लिखित उक्त पुस्तकका प्रमुख परिचर्चाकार प्राडा यादव शर्मा गौडेलले आर्थिक समानताले समाजको उत्पादन सम्भावनालाई उजागर गर्ने हँुदा आर्थिक वृद्धिको प्रमुख सर्तका रुपमा लिन सकिने बताउनुभयो । पुस्तकमा विसं २०१५ पछि कांग्रेसको सरकार बनेपछि राणाहरुको सम्पत्ति सरलीकरण गर्नु, वन नीतिमा सुधार, वार्षिक बजेटमा विकासतर्फ ४७.६ प्रतिशत गरी वृद्धि, कृषिमा आत्मनिर्भरता, साना उद्योगहरुको विस्तार, भूमि सुधार, शिक्षा तथा स्वास्थ्यमा सुधार, यातायात, सञ्चार र पूर्वाधार विस्तारमा विकास भएको उल्लेख भएको जनाउँदै उहाँले त्यतिबेला पनि आर्थिक नीतिलाई सही आकार दिएको पुस्तकमा उल्लेख भएको बताउनुभयो ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस बिपी स्मृति प्रतिष्ठान गण्डकीका अध्यक्ष माधवप्रसाद वास्तोलाले गर्नुभएको थियो ।

नेपालगञ्ज उपमहानगरद्वारा १० प्रतिशतलाई निःशुल्क सेवा दिन निर्देशन

0

जानकी (बाँके): नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई कुल सेवाग्राही तथा शय्याको कम्तीमा १० प्रतिशत तोकिएका सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ ।

उपमहानगर कार्यालयले उपमहानगरभित्रका सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई पत्र काट्दै गरिब, विपन्न, असहाय, अपाङ्ग, सीमान्तकृतलगायत लक्षित समूहका १० प्रतिशत सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

नगरप्रमुख प्रशान्त विष्टद्वारा जारी गरिएको पत्रमा उपमहानगरपालिकाको नगर स्वास्थ्य सेवा ऐन, २०७९ को परिच्छेद ७ को दफा २३ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालहरुले कुल सेवाग्राही तथा शय्याको कम्तीमा १० प्रतिशत गरिब, विपन्न, असहाय, अपाङ्ग, सीमान्तकृतलगायत सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

पटकपटक पत्राचार गर्दासमेत सेवाग्राहीबाट गुनासो आएको भन्दै उपमहानगरले अब पनि उक्त निर्देशनलाई अटेरी गर्दै कार्यान्वयन नगरेको पाइएमा कारबाही हुने चेतावनी दिएको छ ।

हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने

0

काठमाडौँ : वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने जनाएको छ ।केही समययता अत्यधिक भाडादर लिइएको यात्रुहरूको गुनासो आएपछि एयरलाइन्सले आज प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर ६ गतेदेखि उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णयबारे जानकारी दिएको छ ।

“‘वाइ’ क्लास भाडा नर्मल इकोनमिक्लासको उच्चतम श्रेणीको भाडादर हो । यात्रुहरूलाई सहज बनाउन २१ नोभेम्बरदेखि सो भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १० घण्टा बन्द भएको छ । सोही जनगुनासोप्रति आफ्नो ध्यानार्कषण भएको एयरलाइन्सले बताएको हो । इस एयरलाइन्सले रहेर भाडादर कायम गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा सबै अन्तर्राष्ट्रिय एअरलाइन्स्को सहमतिमा कात्तिक २५ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै ‘ग्रुप टीबीए’ बुकिङ निलम्वन गरिसकेको छ ।

वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित

0

काठमाडौं: वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध निर्वाचित हुनुभएको छ। नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट बिशिष्ठ अभिनेता मल्ल अध्यक्ष पदमा चयन हुनुभएको हो।

काभ्रेपलान्चोकको थुम्की रिसोर्टमा भएको साधारण सभा धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने बिशिष्ठ अतिथिहरुमा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ठ लोक गायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, लक्ष्मण न्यौपाने र अभिनेत्री करिश्मा मानन्धर रहनुभएको थियो।

अध्यक्षमा निवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने र नेपाली चलचित्रलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउन अहोरात्र खट्ने बताउनु भयो ।

सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ । त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सह कोषाध्यक्षमा दुर्गा बिशुराल र सोसाइटीको सदस्यहरुमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजि कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन हुनु भएकाछन् । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।