Friday, May 8, 2026
Home Blog Page 63

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १४८ रुपैयाँ २४ पैसा

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा तोकिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५० पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ४० रुपैयाँ २० पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यसैगरी, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ६५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। ओमानी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा तोकिएको छ।

त्यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

कांग्रेस सुधारका लागि प्रदीप पौडेलद्वारा सुझाव आह्वान

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र आवश्यक सुधारका विषयमा कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूसँग सुझाव मागेका छन्।

सामाजिक सञ्जालमार्फत उनले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका हुन्।

महामन्त्री पौडेलले हालै सम्पन्न आम निर्वाचन २०८२ को परिणाम सार्वजनिक भइसकेको र त्यसको समीक्षा गर्दै पार्टीको भावी रणनीति तय गर्न आवश्यक भएको उल्लेख गरेका छन्। साथै, पुष महिनामा सम्पन्न विशेष महाधिवेशनले दिएका कार्यदिशालाई आत्मसात गर्दै पार्टीको नियमित महाधिवेशन पनि चाँडै आयोजना गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।

उनले लेखेका छन्, “भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ। पुषमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई आत्मसात गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ। यिनै पृष्ठभूमिमा पार्टीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।”

यसै सन्दर्भमा पार्टीभित्र गरिनुपर्ने नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन उनले सबै समर्थक तथा शुभेच्छुकलाई अनुरोध गरेका छन्।

महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक सुधारमा आत्मसात गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

कालीमाटी बजारमा आजको थोक मूल्य सार्वजनिक: गोलभेँडा ७०, आलु १८ र प्याज ३४ रुपैयाँ

0

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ४० रुपैयाँ र गोलभेँडा सानो (तराई) ५० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, आलु रातो प्रतिकिलो १८ रुपैयाँ, आलु रातो (भारतीय) २२ रुपैयाँ तथा प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ तोकिएको छ।

तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, बन्दा (नरिवल) १५ रुपैयाँ, काउली (स्थानीय) १५ रुपैयाँ र काउली (तराई) २० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै रातो मूला ३० रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ र भन्टा डल्लो ४५ रुपैयाँ तोकिएको छ।

यसैगरी मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) ३० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) २० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, टाटे सिमी ३५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ४० रुपैयाँ र फर्सी पाकेको ५५ रुपैयाँ कायम गरिएको छ। हरियो फर्सी (लाम्चो) र हरियो फर्सी (डल्लो) दुवैको मूल्य प्रतिकिलो १२ रुपैयाँ तोकिएको छ। साथै सलगम ४० रुपैयाँ, भिन्डी १०० रुपैयाँ, सखरखण्ड ६५ रुपैयाँ र पिँडालु ५० रुपैयाँ निर्धारण गरिएको छ।

हरियो सागसब्जीतर्फ रायोसाग प्रतिकिलो ३५ रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ९० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ तोकिएको छ।

अन्य वस्तुहरूमा बकूला प्रतिकिलो २५ रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) १२० रुपैयाँ, च्याउ (डल्ले) ३३० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, चुकुन्दर ६५ रुपैयाँ, जिरीको साग ३० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले १५० रुपैयाँ, सौफको साग ९० रुपैयाँ, पुदिना १०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३०० रुपैयाँ र सुन्तला (भारतीय) १३० रुपैयाँ कायम गरिएको छ। त्यस्तै तरबुजा (हरियो) ५० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) ३० रुपैयाँ र निबुवा ६० रुपैयाँ तोकिएको छ।

यसैगरी मेवा (नेपाली) ५० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ३०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १२० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट आज सुनुवाइ

0

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण तथा सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन ‘हेर्दाहेर्दै’मा राख्दै सोमबारका लागि सुनुवाइ तोकेको छ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार सुनुवाइ गर्न नसकेपछि उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै सोमबार पुनः सुनुवाइ गर्ने निर्णय गरेको हो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिट निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेश गर्न आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको कार्यकालमा रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको थियो।

सोही निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको हो।

अमेरिकी सेनाको इरानको खार्ग टापुमा सैन्य आक्रमण

0

वासिंटन – अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ। अमेरिकी केन्द्रीय सैन्य कमाण्डले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेको हो।

सैन्य कमाण्डका अनुसार अमेरिकी सेनाले टापुमा रहेका ९० भन्दा बढी इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ। तर तेलसम्बन्धी संरचनामा क्षति नपुर्‍याइएको बताइएको छ।

आक्रमणबाट नौसैनिक बारुद भण्डारण स्थल, क्षेप्यास्त्र भण्डारण बंकर र अन्य धेरै सैन्य संरचनाहरू नष्ट भएका छन्। खार्ग टापु फारसको खाडीमा इरानको तटबाट करिब २५ किलोमिटर टाढा रहेको छ र इरानको कच्चा तेल निर्यातको करिब ९० प्रतिशत यहीँबाट हुने गर्दछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै आक्रमणले सैन्य लक्ष्यहरूलाई ‘पूर्ण रूपमा नष्ट’ गरेको बताए र हर्मुज जलडमरू अवरुद्ध भए खार्ग टापुको तेल संरचनामा पनि निशाना बनाइने चेतावनी दिए।

यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले तेल र ऊर्जा संरचनामाथि आक्रमण भए अमेरिकी कम्पनीसँग सम्बन्धित क्षेत्रीय संरचनाहरूमा प्रतिशोध गरिने चेतावनी दिएका छन्।

साउदी, युएई र कुवेतले इरानी ड्रोन आक्रमण निस्तेज गरे

0

काठमाडौँ – साउदी अरेबियाको रक्षा मन्त्रालयले आफ्नो भूभागमा गएराति २६ वटा इरानी ड्रोन खसालेको जनाएको छ, जसमा धेरैजसो राजधानी रियाद र देशको पूर्वी क्षेत्रमा रोकिएका थिए।

आइतबार बिहान, संयुक्त अरब इमिरेट्स (युएई) ले पनि इरानबाट आएको क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिइरहेको जनाएको छ। दुबईको मिडिया कार्यालयले मरीना र अल सुफौह क्षेत्रमा सुनिएका आवाजहरू सफल अवरोधको संकेत भएको जानकारी दिएको छ।

यसअघि शनिबार युएईको पूर्वी तटमा रहेको प्रमुख तेल निर्यात टर्मिनल फुजैराहमा ड्रोन आक्रमणपछि आगलागी भएको थियो।

साइरन बज्दै बहराइनले मानिसहरूलाई नजिकको आश्रयस्थलमा जान अनुरोध गरेको छ भने कुवेतले विगत २४ घण्टामा पाँचवटा इरानी ड्रोन खसालेको जनाएको छ।

कतारले पनि शनिबार दिनभरि क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू निस्तेज भएको अपडेट जारी गरेको थियो।

गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यतर्फ सिफारिस

0

काठमाडौँ – सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यतर्फ मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गर्नुपर्ने हुन्छ।

कांग्रेस नेताहरूले प्रधानमन्त्री कार्कीलाई भेटे

0

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापासहितको पदाधिकारी टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेको छ।

सभापति थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो।

प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहँदै निर्वाचन सफल बनाउन कांग्रेसले देखाएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, कार्कीले निर्वाचनमा पराजित भएका कांग्रेस नेताहरूलाई विचलित नहुने सुझाव दिनुभएको थियो।

रास्वपाले समानुपातिकतर्फ ५७ जनाको नामावली निर्वाचन आयोगमा बुझाउने निर्णय

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको छ।

वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले तोकिएको समयसीमाभित्रै उक्त नामावली निर्वाचन आयोगमा बुझाइने बताए। उनका अनुसार सूचीमा खस–आर्यतर्फ १७ जना, जनजातितर्फ १६ जना, दलिततर्फ ८ जना, मुस्लिमतर्फ ३ जना, मधेसीतर्फ ९ जना र थारुतर्फ ४ जना गरी कुल ५७ जना समावेश छन्।

उक्त सूचीमा कानुनी प्रावधानअनुसार ४८ जना महिला र ९ जना पुरुष समावेश गरिएको पनि उनले जानकारी दिए।

प्रवक्ता झाले नामावली आयोगमा बुझाएपछि आयोगले रुजु तथा भेरिफिकेसन प्रक्रिया पूरा गर्ने र त्यसपछि मात्र आधिकारिक रूपमा नाम सार्वजनिक गर्ने बताए। आयोगले अनुमोदन नगरेसम्म ती नामहरू प्रस्तावित सूची मात्र रहने उनको भनाइ छ।

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए।

राप्रपाले समानुपातिकतर्फ चार सांसदको नाम सिफारिस

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ चार जना सांसद छनोट गरेको छ।

आइतबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रणाली अन्तर्गत प्राप्त चार सिटका लागि सांसद सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले बन्दसूचीमा रहेकामध्ये चार जनालाई सांसदका रूपमा सिफारिस गरेको छ। सिफारिस हुनेमा भरत गिरी (खस–आर्य पुरुष), महोत्तरीका ताहिर अली (मुस्लिम पुरुष), झापाकी खुस्बु ओली (खस–आर्य महिला) र धादिङकी सरस्वती लामा (जनजाति महिला) रहेका छन्।

राप्रपाले समानुपातिक समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी नाम सिफारिस गरिएको जनाएको छ।