Monday, June 22, 2026
Home Blog Page 595

विपीको सम्झनासहित आज मेलमिलाप दिवस मनाइँदै

0

काठमाडौं: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सम्झनामा आज राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाइँदैछ। कोइरालाले आठवटा मृत्युदण्डका मुद्दा खेपिरहेका भए पनि राष्ट्रियताको पक्षमा जीवन अर्पण गर्न तयार भएर स्वदेश फर्कने निर्णय लिएका थिए।

विसं २०३३ पुस १६ मा नेपाली कांग्रेसका संस्थापक नेता कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरू करिब आठ वर्ष लामो निर्वासन तोड्दै नेपाल फर्किए। भारतमा निर्वासनको समयमा सिक्किमको भारतमा विलय भएको घटना नजिकबाट देखेका उनीहरूले राष्ट्रियता जोगाउन एकता र मेलमिलापको नीति अंगालेका थिए।

देशको सार्वभौमसत्ता संरक्षणका लागि ज्यानको बाजी थापेर कोइरालासहितका नेताहरू स्वदेश फर्किएका थिए। राजा महेन्द्रले विसं २०१७ पुस १ मा शाही ‘कु’ गरेपछि कोइरालालाई सिंहदरबारमा थुनिएको थियो। फागुन २६ मा उनलाई सुन्दरीजलको बन्दीगृहमा स्थानान्तरण गरिएको थियो।

विसं २०२५ मा उपचारका लागि भारत गएका कोइरालाले त्यहाँ पञ्चायती व्यवस्थाविरुद्ध अभियान चलाए। भारतको सिक्किम गाभ्ने घटनालगायत विभाजनका विभिन्न घटना देखेर राष्ट्रियताको रक्षाका लागि उनले मेलमिलाप र एकताको नीति लिई स्वदेश फर्कने निर्णय गरे।

नेपाल फर्कनासाथ उनलाई र गणेशमान सिंहलाई फेरि सुन्दरीजलमा थुनियो। पछि उपचारका लागि रिहा गरिएका कोइरालालाई पुनः कारागारमा फर्काइएको थियो। सुन्दरीजलको बन्दीगृह पछि बिपी संग्रहालयमा परिणत गरिएको छ।

कोइरालाले आफ्नो बन्दी जीवनमा ‘श्वेतभैरवी’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ जस्ता कृतिहरू लेखे। उनको आत्मकथा ‘आफ्नो कथा’ र जेल दैनिकी ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित छन्। बन्दी जीवनकै अर्को अभिलेख ‘फेरि सुन्दरीजल’ शीर्षकमा प्रकाशित छ।

मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस र यसका सम्बन्धित संस्थाहरूले देशभर कार्यक्रम आयोजना गर्दै राष्ट्रिय एकता र मेलमिलापको सन्देश प्रवाह गरिरहेका छन्।

सर्लाहीको बरहथवामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

0

बरहथवा (सर्लाही): नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको
थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ ।

मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

फाल्गुनन्द गोल्डकपः सर्वोत्कृष्ट खेलाडी समीरलाई विद्युतीय स्कुटर

0

पाँचथर: जिल्लाको फिदिममा सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँका फरवार्ड समीर तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभएको छ । सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलको टाइब्रेकरमा चिर प्रतिद्वन्द्वी मछिन्द्रमाथि चर्च ब्वाइजले विजय हासिल गरेको हो । फाइनल खेलको पाँच मिनेट अतिरिक्त समयमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै उपाधि यात्रा तय गरेका तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभएको हो ।

फाइनल खेलमा मछिन्द्र फुटबल क्लबले अग्रता लिएको थियो । पैतालीसौँ मिनेटमा गोल गर्दै बिजु भुजेलले मछिन्द्रलाई अग्रता दिलाउनुभएको हो । ७८औँ मिनेटमा गोल गर्दै छिरिङ लामाले चर्च ब्वाइजलाई बराबरीमा फर्काउनु भएको थियो । शनिष श्रेष्ठले ८८औँ मिनेटमा गोल गर्दै पुनः मछिन्द्रलाई अग्रता दिलाउनुभयो ।

खेलमा थप गरिएको पाँच मिनेट अतिरिक्त समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई हारबाट बचाउनुभएको थियो । प्रतियोगितामा कूल पाँच गोल गरेर सर्वाधिक गोलकर्ता बन्नुभएका तामाङले विद्युतीय स्कुटर र सर्वाधिक गोलकर्ताका रूपमा रु १५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका कृशल मोक्तान, उत्कृष्ट रक्षक मछिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरवार्ड मछिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ र प्रतियोगिताको उदयमान खेलाडी आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री घोषित हुँदै रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । फाइनल खेलको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका शनिष श्रेष्ठ घोषित हुनुभयो ।

प्रतियोगिताको विजेता टोली चर्च ब्वाइजले रु १० लाख तथा उपविजेता टोलीले रु पाँच लाख पुरस्कार, ट्रफी, मेडल र प्रामाणपत्र प्राप्त गरे । विजेता र उपविजेता टोलीलाई फाइनल खेलका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्णराज बस्नेत, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरलगायतले पुरस्कार वितरण गर्नुभयो । फिदिम नगरपालिका मुख्य प्रवर्द्धक रहेको फाल्गुनन्द गोल्डकप छ वर्षपछि पुनः सञ्चालनमा आएको हो ।

एनपिएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत

0

सिरहा:नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा स्वागत गरिएको
छ । जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो ।

सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो । खेलाडी सहभागी रहेको ¥यालीमा हजारौँ समर्थक सहभागी थिए । खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो ।

कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा पदमपुरमा जिल्ला क्रिकेट सङ्घका अध्यक्षसमेत रहनुभएका मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले स्वागत गरेको
थियो । त्यसपछि चोकचोकमा स्थानीयले टोलीको विजयमा हर्षबढाइँ गरेका थिए ।

उपाधिसहित मधेस प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सिरहा पुगेको हो । आइतबार रौतहटमा खेलाडीलाई सम्मान गरिएको थियो । एनपिएल ट्रफी मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले जितेपछि त्यसबाट यहाँका खेलाडीलाई प्ररेणा मिलेको सिरहा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महासेठले बताउनुभयो ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण : सुल्झिँदै विवाद

0

काँक्रेविहार (सुर्खेत): कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण अझै सम्पन्न हुन सकेको छैन। सम्झौताअनुसार २०७८ असार मसान्तभित्र निर्माण पूरा भई कर्णालीका अन्य जिल्लामा विद्युत् आपूर्ति हुने अपेक्षा थियो, तर हालसम्म सुर्खेतमै काम रोकिएको छ।

भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २०७६ असार २२ मा रु ७० करोडको लागतमा परियोजना निर्माणका लागि सम्झौता भएको थियो। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण र रुख कटानका कारण समस्या देखिए पनि समाधानपछि बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर र बाँनियाभारका स्थानीयवासीले निर्माणमा अवरोध गर्दा काम अघि बढ्न सकेको छैन।

गाभर र बाँनियाभारका स्थानीयवासीले उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा रिट दायर गरेका थिए। अदालतले मुआब्जा दिएर प्रसारण लाइन निर्माण रोक्न नहुने निर्णय गर्दै रिट खारेज गरिदिएपछि गाभरको समस्या समाधान भए पनि बाँनियाभारमा अझै विवाद कायमै छ।

बाँके र सुर्खेतबीचको ५२ किलोमिटर दूरीमा कुल १६१ वटा टावर निर्माण गर्ने योजना छ। हालसम्म सुर्खेत खण्डमा ३२ किलोमिटर क्षेत्रमा टावर निर्माण गरी तार तानिएको छ। हर्रे–छिन्चु–सुब्बाकुना र कोहलपुर–चिसापानी क्षेत्रमा विवादबाहेकका स्थानमा टावर निर्माण र तार तान्ने काम सम्पन्न भएको छ।

निकुञ्ज क्षेत्रमा बाँकी रहेका ७० वटा टावरमध्ये ६ वटा टावरको निर्माण कार्य बाँकी रहेको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिनुभयो। रुख कटानको अनुमति प्राप्त भएसँगै उक्त क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ, जसलाई आगामी दुई महिनाभित्र पूरा गर्ने लक्ष्य छ।

गाभरमा समस्या समाधान भइसकेको छ भने बाँनियाभारमा स्थानीयवासीले मागेको मुआब्जा दिने प्रक्रिया अघि बढाइएको छ। आयोजना प्रमुखका अनुसार, टावर निर्माणस्थलमा जग्गाको मूल्य रु २५ लाखदेखि ३२ लाखसम्म निर्धारण गरिएको छ।

सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनामार्फत ३३ केभी प्रसारण लाइनबाट हालसम्म विद्युत् आपूर्ति भइरहेको छ। यो क्षमता पर्याप्त नहुने भएकाले कर्णालीका जिल्लामा विद्युत् आपूर्तिमा अनियमितता र लो भोल्टेजको समस्या छ। आयोजनाले आगामी जेठसम्ममा नयाँ सबस्टेशनमार्फत विद्युत् चार्ज गर्न काम सम्पन्न गर्ने योजना अघि बढाएको छ।

आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पूरा भइसकेको छ भने बाँकी काम तीव्र गतिमा सम्पन्न गर्ने प्रयास भइरहेको छ।

अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै

0

राँझा (बाँके), १६ पुसः बाँकेका तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम आयोजना गर्ने भएका छन्।

नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै होटल तथा पर्यटन व्यवसायीहरूले विभिन्न आकर्षक प्याकेज, साङ्गीतिक र सांस्कृतिक कार्यक्रम तय गरेका छन्। “पर्यटन व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइभन्दा अग्रसर भएर केही गर्नुपर्ने आवश्यकता देखिएको छ,” होटल स्टार लाइट, नेपालगञ्जका फ्रन्ट म्यानेजर विनोद बुढाथोकीले बताउनुभयो। “नयाँ वर्षको अवसरमा नियमित पाहुनालाई होटलसम्म ल्याएर रमाइलो वातावरण सिर्जना गर्न खोजेका छौँ।”

उहाँका अनुसार, होटल स्टार लाइटले साङ्गीतिक माहोल र पारिवारिक वातावरणका साथ सहुलियतपूर्ण तर आकर्षक प्याकेज ल्याएको छ। लागत मूल्यमा ‘लाइभ फुड’, ‘अनलिमिटेड स्न्याक्स’, ‘बुफे डिनर’, लोकप्रिय पपगायक सञ्जय श्रेष्ठ, लोकगायिका इब्सु सञ्ज्यालको देउडा गीत, र ‘द स्याड ब्याण्ड’को लाइभ प्रस्तुति आयोजना गरिनेछ।

पाँचतारे होटल सोल्टी, नेपालगञ्जले नयाँ वर्षलाई भव्य बनाउन कलाज्ञ ब्याण्ड निम्त्याएको छ। ‘लाइभबार’, ‘फुड काउन्टर’, र अन्य आकर्षक प्याकेजका साथै आकर्षक पुरस्कार पनि राखिएको छ।

कोहलपुरस्थित सेन्ट्रल प्लाजाले चर्चित गायक शिव परियार र नेपाल आइडल करण परियारको प्रस्तुति ३१ डिसेम्बरको रातका लागि तय गरेको छ।

डायमण्ड प्यालेस लर्डस् प्लाजाले बलिउड शैलीमा ‘न्यू इयर इभ’ आयोजना गर्ने जनाएको छ।

होटल सिद्धार्थले गायिका रचना रिमालसहितको साङ्गीतिक प्रस्तुति आयोजना गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान दिने योजना बनाएको सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले बताउनुभयो।

कल्पतरु होटलले पनि नयाँ वर्ष २०२५ को स्वागतमा गायिका प्रतिक्षा र उनको ब्याण्डद्वारा साङ्गीतिक कार्यक्रमसहित विभिन्न परिकार प्रस्तुत गर्ने योजना बनाएको छ।

होटल ग्यालेक्सी दरबारले लाइभ म्युजिक र विविध परिकारसहित सहुलियत दरका आकर्षक प्याकेज ल्याएको छ। ‘न्यू इयर इभ’मा जुना द टिम ब्याण्डको लाइभ म्युजिक र स्वादिष्ट खानाका साथ निःशुल्क प्रवेशको व्यवस्था गरिएको ग्यालेक्सी दरबारका प्रबन्धक हस्तबहादुर हिमालले जानकारी दिनुभयो।

पर्यटकीय राजधानी पोखरामा सडक महोत्सवको रौनक

0

पोखरा। नेपालका मौलिक कला र संस्कृति झल्कने झाँकीसहितको विशेष प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडलाई रौनकता प्रदान गरेको छ। तीन किलोमिटर लामो लेकसाइड सडकमा नेपालको विविध जातजाति, समुदाय, र भाषाभाषिको प्रतिनिधित्वले सिंगो देशको सांस्कृतिक झल्को उजागर गरेको छ।

गत शनिबारदेखि सुरु भएको देशकै ठूलो पोखरा सडक महोत्सवले झाँकी, कला-कौशलको प्रदर्शन, र हजारौं स्वदेशी तथा विदेशी पर्यटकको सहभागिताले पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याएको छ।

महोत्सवको उद्घाटनका क्रममा आयोजित र्‍यालीमा मगर गाउँ, थारु नृत्य, र गुरुङ समुदायको विशेष प्रस्तुति प्रमुख आकर्षण बने। महोत्सवकै लागि लेकसाइड क्षेत्रलाई विशेष सजावट गरी आकर्षक बनाइएको छ।

सडक महोत्सवले पोखराको मात्र नभई समग्र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यसपटक जातीय कला र संस्कृति झल्कने ६५ भन्दा बढी झाँकी प्रस्तुत गरिएको छ। साथै, स्थानीय उत्पादन र हस्तकलाका सामग्रीको स्टलहरू पनि पर्यटकको ध्यानको केन्द्र बनेका छन्।

महोत्सवको इतिहास र महत्व
२५ वर्षअघि सुरु भएको पोखरा सडक महोत्सवले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै आएको छ। विशेषगरी अफ सिजनमा पर्यटकको बसाइ लम्ब्याउन र पोखरालाई सडक महोत्सवको पर्यायका रूपमा स्थापित गर्न यो महोत्सवले ठूलो योगदान दिएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार यस वर्षको महोत्सव २६औं संस्करण हो, जसमा झाँकी, सांस्कृतिक प्रस्तुति, र विविध कार्यक्रमले थप आकर्षण प्रदान गरेका छन्।

अन्तर्राष्ट्रिय इभेन्टहरू र पर्यटनमा योगदान
महोत्सवसँगै पोखरामा जारी अन्तर्राष्ट्रिय बेलुन महोत्सव र ड्रागन बोट रेस प्रतियोगिताले पर्यटकको चासो झनै बढाएको छ। पोखराको साहसिक पर्यटन गन्तव्यका कारण पनि पर्यटकको आकर्षण बढ्दै गएको छ।

रेबान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराईले महोत्सवले नेपालका कला र संस्कृतिलाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाल बुझ्न मद्दत गरेको बताए। राज्यका तीन तहको सहकार्यले महोत्सवलाई अझ वृहत् बनाउन सकिने उनको धारणा छ।

पर्यटन क्षेत्रका चुनौती र सम्भावना
पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय सम्पर्क विस्तारमा जोड दिनुपर्ने र दक्ष जनशक्ति पलायन रोक्न नीति निर्माण आवश्यक रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनको प्रवद्र्धनका लागि डिजिटल माध्यमलाई प्राथमिकतामा राख्ने योजना सुनाए। नयाँ गन्तव्यहरूको पहिचान र विकासले नेपाललाई अझै ठूलो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनको विश्वास छ।

महोत्सवका प्रमुख विशेषता
‘सडकमै खाऔं, सडकमै रमाऔं’ नाराका साथ आयोजना गरिएको महोत्सवमा सांस्कृतिक कार्यक्रम, दोहोरी प्रतियोगिता, रात्रिकालीन कन्सर्ट, तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनजस्ता गतिविधि समावेश छन्।

रेबानका अध्यक्ष सङ्घर्ष विष्टले महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धन मात्र नभई विदेशी पर्यटकको बसाइ लम्ब्याउन पनि भूमिका खेलेको बताए। महोत्सवकै कारण पोखरामा पाँच लाख पर्यटकको आगमन हुने अपेक्षा गरिएको छ।

नेपाल पर्यटन बोर्डका तथ्याङ्क अनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

यो महोत्सव पोखराको पर्यटनको ब्राण्ड बनेको छ, जसले नेपालको कला, संस्कृति, र प्राकृतिक सौन्दर्यलाई विश्वसामु प्रस्तुत गर्दै आन्तरिक र बाह्य पर्यटकको आकर्षण केन्द्र बन्ने प्रयास गरिरहेको छ।

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

0

काठमाडौं: अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार आइतबार जर्जियास्थित आफ्नै निवासमा उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।

जिम्मी कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति थिए। सय वर्ष बाँचेर अमेरिकी इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहने पूर्वराष्ट्रपतिका रूपमा उनले इतिहास रचेका थिए। उनको निधनले विश्वभरि नै शोकको छाया छाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, “अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ, र मानवतावादी गुमाएको छ। उनले आफ्नो जीवनभरि नै शान्ति र मानवअधिकारको लागि समर्पित भएर काम गरे।”

यसैगरी, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भने, “जिम्मीले राष्ट्रपतिको रूपमा सामना गरेका चुनौतीहरू हाम्रो देशको इतिहासका महत्वपूर्ण परिभाषाहरू हुन्। उनले अमेरिकी जनताको जीवनस्तर सुधार्न महत्वपूर्ण योगदान दिएका थिए।”

जिम्मी कार्टरको कार्यकालले क्याम्प डेभिड सम्झौता जस्ता ऐतिहासिक उपलब्धिहरूमार्फत मध्यपूर्वमा शान्ति स्थापनामा उल्लेखनीय योगदान पुर्‍यायो। यही योगदानका लागि उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

राष्ट्रपतिको कार्यकालपश्चात् पनि कार्टर सेन्टरको स्थापना गरी शान्ति, मानवअधिकार संरक्षण, र चुनाव पर्यवेक्षणजस्ता क्षेत्रमा उनले उल्लेखनीय सेवा दिएका थिए।

सन् १९२४ सेप्टेम्बर १ मा जर्जिया राज्यको प्लेन्समा जन्मिएका कार्टर आफ्नो दयालु व्यक्तित्व, विनम्रता, र सेवामुखी जीवनशैलीका लागि परिचित थिए। अमेरिकाका सबैभन्दा वृद्ध पूर्वराष्ट्रपतिका रूपमा उनको योगदान र जीवनशैली भावी पुस्ताका लागि प्रेरणादायी हुनेछ।

कार्टरको सम्मानमा अमेरिका र विश्वभर विविध कार्यक्रम आयोजना हुने अपेक्षा गरिएको छ।

सिएनएनको साहसी खेलाडीको सूचीमा पूर्णिमा श्रेष्ठ

0

काठमाडौँ: सगरमाथा आरोही र फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वप्रसिद्ध समाचार संस्था सिएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ट लिमिट इन २०२४’ सूचीमा स्थान बनाउँदै आफ्नो अद्वितीय सफलता थप्नुभएको छ।

सिएनएनको साहसी खेलाडीहरूको सूचीमा परेकामा गौरवान्वित महसुस गर्दै उहाँले सामाजिक सञ्जालमार्फत खुसी साझा गर्नुभयो। “सन् २०२४ मेरो जीवनको ऐतिहासिक वर्ष बन्यो। एउटै आरोहण याममा तीनपटक सगरमाथा आरोहण गर्ने संसारकै पहिलो महिला बन्न सफल भएँ,” उहाँले आफ्नो भावनालाई शब्दमा व्यक्त गर्नुभयो।

परिवार, साथीभाई र समर्थकहरूप्रति कृतज्ञता व्यक्त गर्दै श्रेष्ठले आगामी सन् २०२५ को यात्रालाई अझ नयाँ उचाइ र साहसिक उपलब्धिहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

यो वर्षको वसन्त ऋतुमा पूर्णिमा श्रेष्ठले मे १२, १९ र २५ तारिखमा लगातार तीनपटक सगरमाथाको सफल आरोहण गरी एकै याममा यस्तो उपलब्धि हासिल गर्ने पहिलो महिला बन्ने कीर्तिमान राख्नुभयो। उहाँ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुनुहुन्छ।