Tuesday, June 30, 2026
Home Blog Page 493

सगरमाथा क्षेत्रमा पर्यटकको भीड, एकै दिन झण्डै ७ सयले गरे खुम्बु प्रवेश

0

सोलुखुम्बु: विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र अहिले पर्यटकले खचाखच भरिएको छ। सोमबार मात्रै करिब ७ सय पर्यटक खुम्बु प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेले जनाएको छ।

निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार ६९४ जना पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेका थिए। तीमध्ये ६०८ जना विदेशी र ८६ जना नेपाली रहेका छन्। श्रेष्ठका अनुसार नाम्चेमा मात्र ६५२ विदेशी र १५१ जना नेपाली पर्यटक पुगेका थिए।

सगरमाथा आरोही तेम्बाछिरी शेर्पाका अनुसार वसन्त ऋतुमा पर्यटकको चाप बढेसँगै खुम्बु क्षेत्रमा होटल पाउनसमेत मुस्किल हुन थालेको छ। मौसम अनुकूल हुँदै गएपछि लुक्लाबाट दैनिक हवाई उडान पनि बढेको र त्यसले गर्दा पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले बताए।

“लुक्लाको मौसम अनुकूल भएकाले हवाई उडान बढाइएको छ,” उनले भने, “त्यसको प्रत्यक्ष प्रभावस्वरूप आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ, जसले होटलहरू अघिल्लो नै बुक हुन थालेका छन्।”

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय पुनः सक्रिय हुँदै गएको र यसले स्थानीयको आम्दानी र रोजगारीमा समेत सकारात्मक प्रभाव पारेको बताए।

उनका अनुसार लुक्ला, नाम्चे लगायतका क्षेत्रमा रहेका अधिकांश होटलहरू अहिले पर्यटकले भरिएका छन्। यहाँ आएका पर्यटकको ठूलो संख्याले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेको बताइएको छ।

निकुञ्ज कार्यालयका अनुसार सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति रु १,५००, अन्य देशका पर्यटकबाट रु ३,००० र नेपाली नागरिकबाट रु १०० प्रवेश शुल्क लिने गरिन्छ। प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार यसरी संकलित राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्‍याइरहेको छ।

उनले जानकारी दिएअनुसार अधिकांश पर्यटक काठमाडौँ वा रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्छन्, र त्यहाँबाट नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्छन्।

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (९ वैशाख) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्राको विनिमय दर यसप्रकार छ:

युरोपियन युरो: खरिददर १५६.७० रुपैयाँ, बिक्रीदर १५७.३९ रुपैयाँ

बेलायती पाउन्ड: खरिददर १८१.९३ रुपैयाँ, बिक्रीदर १८२.७३ रुपैयाँ

स्वीस फ्र्याङ्क: खरिददर १६८.४५ रुपैयाँ, बिक्रीदर १६९.१९ रुपैयाँ

अष्ट्रेलियन डलर: खरिददर ८७.२७ रुपैयाँ, बिक्रीदर ८७.६६ रुपैयाँ

क्यानेडियन डलर: खरिददर ९८.३९ रुपैयाँ, बिक्रीदर ९८.७३ रुपैयाँ

सिङ्गापुर डलर: खरिददर १०४.२१ रुपैयाँ, बिक्रीदर १०४.६७ रुपैयाँ

जापानी येन (१० यिनको): खरिददर ९.६५ रुपैयाँ, बिक्रीदर ९.६९ रुपैयाँ

चिनियाँ युआन: खरिददर १८.६४ रुपैयाँ, बिक्रीदर १८.७३ रुपैयाँ

साउदी रियाल: खरिददर ३६.२३ रुपैयाँ, बिक्रीदर ३६.३९ रुपैयाँ

कतारी रियाल: खरिददर ३७.२८ रुपैयाँ, बिक्रीदर ३७.४५ रुपैयाँ

त्यस्तै, अन्य मुद्राहरूको विनिमय दर निम्नानुसार रहेको छ:

थाई भाट: खरिददर ४.११ रुपैयाँ, बिक्रीदर ४.१२ रुपैयाँ

युएई दिराम: खरिददर ३७.०० रुपैयाँ, बिक्रीदर ३७.१७ रुपैयाँ

मलेसियन रिङ्गेट: खरिददर ३१.१० रुपैयाँ, बिक्रीदर ३१.२४ रुपैयाँ

दक्षिण कोरियन वन (१०० वोनको): खरिददर ९.५७ रुपैयाँ, बिक्रीदर ९.६२ रुपैयाँ

स्वीडिस क्रोनर: खरिददर १४.३० रुपैयाँ, बिक्रीदर १४.३६ रुपैयाँ

डेनिस क्रोनर: खरिददर २०.९९ रुपैयाँ, बिक्रीदर २१.०८ रुपैयाँ

हङकङ डलर: खरिददर १७.५१ रुपैयाँ, बिक्रीदर १७.५९ रुपैयाँ

कुवेती दिनार: खरिददर ४४४.०६ रुपैयाँ, बिक्रीदर ४४६.०२ रुपैयाँ

बहराइन दिनार: खरिददर ३६०.५७ रुपैयाँ, बिक्रीदर ३६२.१६ रुपैयाँ

ओमनी रियाल: खरिददर ३५३.०२ रुपैयाँ, बिक्रीदर ३५४.५८ रुपैयाँ

भारतीय रुपैयाँ १०० को विनिमय दर:

खरिददर: १६० रुपैयाँ

बिक्रीदर: १६० रुपैयाँ १५ पैसा

राष्ट्र बैंकले आवश्यक परेमा यी दरहरू जुनसुकै बेला परिमार्जन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दरहरू फरक हुन सक्ने र आधिकारिक अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने पनि जानकारी दिइएको छ।

पोखरामा सहज खानेपानी आपूर्तिको माग, होटल सङ्घको ध्यानाकर्षण

0

गण्डकी: पोखरामा खानेपानी आपूर्तिमा सुधारको माग गर्दै होटल सङ्घ पोखराले नेपाल खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ। सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको टोलीले संस्थानको पोखरा कार्यालय पुगेर पानीको नियमित आपूर्ति नहुँदा पर्यटन व्यवसायमा देखिएको समस्याबारे जानकारी गराउँदै तुरुन्त समाधानको आग्रह गरेको हो।

टोलीले कार्यालयका सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी लेकसाइड, ड्यामसाइड जस्ता मुख्य पर्यटकीय क्षेत्रमा खानेपानीको अभावले व्यवसायमा गम्भीर असर परेको बताएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो। उहाँले पोखरा भ्रमण वर्ष २०२५ चलिरहेका बेला यस्ता समस्या आउनु दुःखद् भएको उल्लेख गर्दै यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जान सक्ने भन्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।

सङ्घले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, “पोखराका होटल तथा अन्य पर्यटन व्यवसायीहरू सुक्खा मौसमसँगै आवश्यक मात्रामा खानेपानी नपाउँदा बोरिङको पानी किनेर पाहुनालाई सेवा दिन बाध्य छन्। यस्तो अवस्थामा लेकसाइड, ड्यामसाइडलगायत पर्यटक आवासीय क्षेत्रमा नियमित खानेपानी आपूर्ति मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।”

सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेललगायतले पनि खानेपानी समस्याको तत्काल समाधान गर्न आग्रह गर्नुभयो।

खानेपानी संस्थानका सहायक प्रमुख प्रबन्धक कार्कीले सन् २०१५ को पुरानो योजनाअनुसार हालको आयोजना अघि बढेको र जाइकाबाट प्राप्त पानीले समेत पोखराको माग पुरा गर्न नसकेको जानकारी दिनुभयो। उहाँले चुहावट र पानी चोरीजस्ता समस्या अझै रहेका कारण आपूर्ति प्रभावकारी नभएको उल्लेख गर्दै आवश्यक सुधारका प्रयास जारी रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

रुसको इस्टर युद्धविरामको पछाडि थियो ट्रम्पको दबाब

0

काठमाडौं: रुसले हालै इस्टर अवसरमा घोषणा गरेको ३० घण्टे युद्धविराम सकिएको छ। उक्त घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि गरिएको हो।

यो युद्धविराम त्यतिबेला गरिएको थियो जब ट्रम्पले चेतावनी दिएका थिए — यदि रुस र युक्रेन चाँडै शान्ति सम्झौतामा पुग्न असफल भए, भने उनी शान्ति स्थापनाका लागि गरिरहेको प्रयास त्याग्नेछन्।

शुक्रबार ट्रम्पले भनेका थिए, “यदि दुबै पक्षले शान्ति सम्झौतामा पुग्न अत्यधिक जटिलता सिर्जना गरे भने हामी शान्ति पहलबाट पछि हट्नेछौं।”

समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकी विदेश मन्त्रालयले आइतबारपछि पनि युद्धविराम कायम रहोस् भन्ने चाहना राखेको थियो, तर त्यो सम्भव भएन।

युद्धविराम अवधिमा रुस र युक्रेन दुवैले एकअर्कामाथि उल्लंघनको आरोप लगाएका छन्।

यद्यपि, ट्रम्पले स्वयं युद्धविरामबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन्। तर आफ्ना सामाजिक सञ्जाल पोस्टहरूमा उनले आशा व्यक्त गरेका छन् कि रुस र युक्रेन यसै हप्ता कुनै सम्झौतामा पुग्न सक्छन्, जसले दुवै देशलाई अमेरिकासँग राम्रो व्यापार गर्न सहयोग पुर्‍याउनेछ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अघिल्लो पटक घोषणा गरेका थिए कि राष्ट्रपति बनेको २४ घण्टाभित्रै युक्रेन युद्ध अन्त्य गराउनेछन्। त्यसयता उनले दुबै पक्षलाई शान्ति सम्झौता गर्न असफल भएकोमा दोष दिँदै आएका छन्।

बीबीसीका पत्रकार स्टिभ रोजेनबर्गका अनुसार, रुस अहिले आफूले शान्ति चाहेको सन्देश दिन चाहन्छ — यद्यपि व्यवहारमा स्थिति फरक छ।

पोप फ्रान्सिसको निधन

0

काठमाडौं: इसाई धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। भ्याटिकनले सोमबार विज्ञप्ति जारी गर्दै उनको मृत्यु पुष्टि गरेको हो। लामो समयदेखि बिरामी रहेका पोप फ्रान्सिसको दुवै फोक्सोमा निमोनिया देखिएपछि अवस्था गम्भीर बनेको थियो।

उनी ३८ दिनसम्म अस्पतालमा उपचाररत रहेपछि हालै मात्र डिस्चार्ज भएका थिए।

भ्याटिकनका अनुसार पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको सर्वोच्च पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी धर्मगुरु थिए।

कार्डिनल केभिन फारेलले पोप फ्रान्सिसको जीवन पूर्ण रूपमा ईश्वरको सेवामा समर्पित रहेको बताएका छन्

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

0

काठमाडौं — शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी राजीनामा दिएकी छन्। याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे । देशभरका सामुदायिक तथा सरकारी विद्यालयका शिक्षकहरू काठमाडौंमा आन्दोलनरत भएको २० दिन पुगेको छ। शिक्षकहरूको आन्दोलनका विषयमा शिक्षामन्त्री भट्टराईको प्रधानमन्त्री ओलीसँग विवाद रहँदै आएको थियो।

पाथीभरा जाँदै गरेको गाडीमा आगलागी, चार जनाको मृत्यु, दुई घाइते

0

फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङको फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको एक बलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मे १ च ३०११ नम्बरको बलेरो गाडी फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा आइपुग्दा एक्कासि आगलागी भएको थियो। आगलागीमा जलेर मृत्यु भएका चार जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो।

विद्युत् तारको कारण आगलागी
आज बिहान करिब ५ः०० बजे घटनास्थल नजिकैको विद्युत् पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तुरुन्तै घटनास्थलमा खटिएको थियो।

उद्धार र अनुसन्धान
घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ। यद्यपि उनीहरूको अवस्था कस्तो छ भन्ने विस्तृत विवरण आइसकेको छैन। आगो पूर्णरूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ग्यालेरी एमक्युबमा “MADE OF SAME” कला प्रदर्शनी हुँदै, अमेरिकी कलाकार लिन्डी बिशपका कृति प्रदर्शित

0

अमेरिकी कलाकार लिन्डी बिशपको “MADE OF SAME” कला प्रदर्शनी २५ अप्रिलदेखि ललितपुरमा
काठमाडौं, वैशाख ८ — ग्यालेरी एमक्युबले समकालीन अमेरिकी कलाकार लिन्डी बिशप का कलाकृति समेटिएको विशेष कला प्रदर्शनी “MADE OF SAME” आयोजना गर्न लागेको छ। प्रदर्शनी २५ अप्रिलदेखि २९ अप्रिल २०२५ (वैशाख १३–१७) सम्म ग्यालेरी एमक्युब, ललितपुरमा सञ्चालन हुनेछ।

यो प्रदर्शनी एमक्युब इन्टरनेशनल आर्टिस्ट्स रेसिडेन्सी २०२५ अन्तर्गत नेपाल आएकी बिशपको सिर्जनाको प्रस्तुति हो। उद्घाटन समारोह वैशाख १३ गते (२५ अप्रिल), साँझ ५ बजे आयोजना हुने जानकारी ग्यालेरीले दिएको छ। प्रदर्शनी प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला हुनेछ।

कलाकार लिन्डी बिशप र उनका अभिव्यक्ति
लिन्डी बिशप एक आत्मशिक्षित समकालीन इम्प्रेशनिस्ट चित्रकार हुन्। उनले ग्रामीण भूदृश्य, जनजीवन, संस्कार, प्रकृति र आशा जस्ता विषयलाई आफ्ना चित्रमार्फत उजागर गर्ने गर्छिन्। यथार्थवाद र अमूर्तताबीचको सीमामा काम गर्ने बिशपको चित्रशैलीमा रंग र आकारको गहिरो समकालीन अभिव्यक्ति पाइन्छ।

नेपाल भ्रमण तथा रेसिडेन्सीका क्रममा उनले हिमाली भूगोल, उद्यमशीलता, बालबालिका, ढाका कपडाका ढाँचाहरू र जीवनसंघर्ष बाट प्रेरणा लिएकी छिन्। उनले हालै ग्यालेरी एमक्युबको स्टुडियोमै आफ्ना कलाकृति निर्माण गरिरहेकी छन्, जुन प्रदर्शनीमार्फत सार्वजनिक गरिनेछ।

सहभागिताको निम्तो र प्रदर्शनीको उद्देश्य
ग्यालेरी एमक्युबका संस्थापक निर्देशक तथा बहु-आयामिक कलाकार मनीष लाल श्रेष्ठ ले सबै कलाप्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार, “MADE OF SAME” ले हामी सबैलाई बाँध्ने साझा मानवीय धागोको अनुभूति दिलाउनेछ।

उनले भने, “यो प्रदर्शनीले कला र मानवता बीचको गहिरो सम्बन्ध झल्काउँछ। हामी सबै एउटै तत्वबाट बनेका छौं भन्ने सन्देश दिन्छ।”

प्रदर्शनीले नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रिय कलाकारसँग साक्षात्कार गराउने मात्र नभई सौन्दर्य, विविधता र सहानुभूति जस्ता भावनाहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

हरितारा चलचित्र पुरस्कार टिका पहारी र रेजीना उप्रेतिलाई, पत्रकार विष्णु सुवेदी र परिवर्तन नेपालबाट १२ जनालाई विशेष सम्मान

0

काठमाडौं: नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गर्दै आइरहेको ‘हरितारा चलचित्र पुरस्कार’ यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतिलाई प्रदान गरिने भएको छ।

वैशाख ४ गते हरितारा पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा सम्पन्न बैठकले वि.सं. २०८० को पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई र २०८१ को पुरस्कार चर्चित अभिनेत्री रेजीना उप्रेतिलाई दिने निर्णय गरेको हो।

वि.सं. २०५२ मा समाजसेवी विजया राणाले स्व. पति हरि शम्शेरको सम्झनामा स्थापना गरेको यो पुरस्कार नेपाली चलचित्र क्षेत्रको पहिलो औपचारिक पुरस्कारको रूपमा मानिन्छ।

पुरस्कार विवरण
चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेता पहारी र दुई दशकदेखि निरन्तर योगदान दिँदै आएकी अभिनेत्री उप्रेतिलाई जनही रु. २५,००० राशिको थैलीसहित सम्मानपत्र प्रदान गरिनेछ।

यसअघि यो पुरस्कार बसुन्धरा भुषाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रेखा थापा, दीपक राज गिरी, दिपाश्री निरौला, करिष्मा मानन्धर, विदुर गिरी लगायतका कलाकारहरूले प्राप्त गरिसकेका छन्।

नयाँ पुरस्कारको सुरुवात
यस वर्षदेखि ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ पनि स्थापना गरिएको छ। सो पुरस्कार पहिलोपटक सञ्चारकर्मी विष्णु सुवेदी लाई प्रदान गरिनेछ। पुरस्कार राशी रु. १०,००० रहेको छ।

परिवर्तन नेपालको सम्मानहरू
वैशाख ५ गते बसेको परिवर्तन नेपालको बैठकले ‘श्रीमती दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’ अन्तर्गत कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक तथा सञ्चारकर्मी सम्झना उप्रेती रौनियार लाई सम्मान गर्ने निर्णय गरेको छ। उनीहरूलाई जनही रु. १०,००० राशिको पुरस्कार प्रदान गरिनेछ।

परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१
चलचित्र निर्माण, निर्देशन र अभिनयमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै निम्न कलाकारहरूलाई विशेष सम्मान प्रदान गरिनेछ:

रविन्द्र सिंह बानिया

अमर ओली

जेबी रुवाली

सविन श्रेष्ठ

गोपाल ढकाल ‘छन्दे’

सुनिल कटुवाल

परिवर्तन चलचित्र पत्रकारिता सम्मान २०८१
चलचित्र पत्रकारितामा क्रियाशील तीन सञ्चारकर्मीलाई सम्मान गरिनेछ:

तुलसी गिरी ‘भावुक’

कृष्ण भुषाल

कमला जोशी

यी सबै पुरस्कार तथा सम्मानहरूको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेका हुन्।

विशेष समारोह जेठमा
सम्बन्धित सबै पुरस्कार तथा सम्मानहरू आगामी जेठको पहिलो हप्तामा आयोजना हुने विशेष समारोहमार्फत प्रदान गरिनेछ। कार्यक्रमको संयोजन निर्देशक देवेन्द्र पाण्डे ले गर्नेछन् भने सञ्चालन निर्देशक माधव राज खरेल ले गर्नेछन्।

काठमाडौं तीनकुनेमा भएको आगजनी घटनामा संलग्न थप एक जना पक्राउ

0

काठमाडौं: काठमाडौं महानगरपालिका–३२ स्थित तीनकुनेको खुला चौरमा गत चैत १५ गते भएको तोडफोड र आगजनी घटनामा संलग्न एक जना थप व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा आयोजित प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो। सोही घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले धादिङ जिल्ला सिद्दलेक गाउँपालिका–१ निवासी ३४ वर्षीय सन्तोष राजावादी (उर्फ सन्तोष सिलवाल)लाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनी निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको देखिएको छ।

पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले सार्वजनिक शान्ति–सुरक्षा भंग गर्ने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्यमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेको छ।