Thursday, June 11, 2026
Home Blog Page 1307

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

0

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताउनुभयो । “भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो”, प्रहरी निरीक्षक थापाले भन्नुभयो, “बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो ।”

उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।

नेपाल पक्षका नेताहरु तान्न ओली आफै सक्रिय

0

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् ।

ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन् ।

आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेका नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन् । उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन् ।

‘प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीसँग कुराकानी अघि बढाउनुभएको छ । यद्यपि उहाँहरुको कुरा खास अर्थपूर्ण छैन,’ नेपाल पक्षका एक नेताले भने ।

ओलीले नेपाल पक्षका नेतासँग अलगअलग कुराकानी गरिरहेका बेला शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी खनाललाई भेट्न पुगेकी थिइन् । खनालको स्वास्थ्यावस्था बुझ्ने बाहनामा निवासमै पुगेकी भण्डारीले एमालेलाई विभाजन हुन नदिन खनालको भूमिका हुनुपर्नेमा जोड दिएकी थिइन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

0

नेपाल आयल निगमले केही समययता निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विद्यार्थी संगठन अनेरास्ववियुले त्यसको विरोध गरेको छ।

नेकपा–एमालेको माधवकुमार नेपाल पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु ले सोमबार मूल्यवृद्धिविरुद्ध आयल निगमको बबरमहलस्थित केन्द्रीय कार्यालय घेराउ गरेको छ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ। इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाइ छ।

निगमले एकातर्फ नियमित मूल्यवृद्धि गरिरहेको छ भने अर्कोतर्फ निगम घाटामा रहेको पनि बताइरहेको छ। यति नै बेला अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भाउ घटेको छ।

कुकुर र घोडालाई पेन्सन

0

उनीहरुले भत्किएका भवनहरुभित्र पुरिएका जिवित मानिसहरुको खोजीमा सघाउँछन् । अपराधी पत्ता लगाउन, लागुऔषध तथा विस्फोटक पदार्थका तस्करहरुलाई निस्तेज पार्न अनि दंगा नियन्त्रणका लागि समेत उनीहरुले सहयोग गर्दछन् । यी सबै काम गरेबापत उनीहरुले पाउने भनेको केवल खान र बस्न तथा बेलाबेलामा धाप मारेर स्याबासी ।

यो नियति हो सरकारी सेवामा रहेका कुकुर तथा घोडाहरुको । अझ पोल्याण्ड पुलिसको सीमा सुरक्षा र अग्नी नियन्त्रण दलमा कार्यरत कुकुर तथा घोडाहरु सेवानिवृत्त भएसँगै सरकारले तिनीहरुको हेरचाह तथा रेखदेख र पालनपोषण पनि गर्दैन ।

काम लगाउन्जेल लगाउने तर सेवा निवृत्त भएसँगै कुकुर तथा घोडाहरुलाई सरकारी निवासबाट निकालेर कोही इच्छुकलाई दिइन्छ । जीवनभर सरकारी सेवा गरेका कुकुर र घोडाहरुको भविष्यको कुनै जिम्मेवारी सरकारले लिँदैन ।

सरकारको यस्तो घोर गैरजिम्मेवार कामप्रति पोल्याण्डमा सरोकारवालाहरुले आपत्ति जनाउँदै आए । जसका कारण त्यहाँको गृह मन्त्रालयले सेवा निवृत्त सरकारी कुकुर तथा घोडाहरुलाई पेन्सन दिने योजना बनाएको छ ।

सरकारले एउटा नयाँ कानुन प्रस्ताव गरेको छ, जसमा ती जनावरहरुलाई अफिसियल दर्जा दिइनेछ । साथै सेवा निवृत्तिपछि उनीहरुलाई निश्चित रकम पेन्सनको व्यवस्था गरिनेछ ता कि सरकारी सेवाबाट बाहिरिएर नयाँ मालिककोमा पुगेपछि उनीहरुको हेरचाह र उपचारमा सहयोग पुगोस् ।

गृहमन्त्री मारिउज कामिन्स्िकीले उक्त नयाँ मस्यौदा कानूनलाई सरकारको नैतिक दायित्व भनेका छन् । वर्षको अन्त्यतिर संसदमा पेस हुने उक्त विधेयक निर्विरोध पारित हुने र कानूनको रुप पाउने विश्वास उनको छ ।

उक्त नयाँ कानुनले पोल्याण्डमा हाल सरकारी सेवामा रहेका १२ सय कुकुर तथा ६० भन्दा धेरै घोडाहरु लाभान्वित हुनेछन् ।

हरेक वर्ष सरकारी सेवामा रहेका झण्डै १० प्रतिशत जति जनावरहरु सेवा निवृत्त हुने गरेका छन् । कुकुरहरु मध्ये अधिकांस जर्मन तथा बेल्जियन सेर्फड जातका छन् ।

विज्ञका अनुसार सेवामा रहँदा निरन्तर काम गरेका कुकुरहरुमा सेवा निवृत्तिपछि बढ्दो उमेरका कारण पछिल्लो खुट्टाका जोर्नीमा समस्या देखिने गरेको छ र त्यसका लागि गरिने उपचार समेत महंगो हुन्छ । त्यसैले सेवा निवृत्त कुकुरले पाउने पेन्सनले उनीहरुको उपचारमा नयाँ मालिकलार्य सहयोग पुग्नेछ ।

अनलाईनखबर बाट साभार

हिँउको च्यादर ओढेको गोसाईंकुण्ड (फोटो फिचर)

0

काठमाडौं । धारिला हिम चुचुराहरुले घेरेको चट्टाने भू-सतहमाथि मोहक जलकुण्ड । यस्तो लाग्छ, मानौ प्रकृति आफैंमा एक कुशल कालिगड हुन् । र, गोसाईंकुण्ड उनको सर्वोत्कृष्ट कलाकृति ।

कहिले हिँउको च्यादर ओढेर गजधम्म बसेजस्तो, कहिले कञ्चन निलो आकासको प्रतिबिम्ब लिएर मुस्कुराए जस्तो । यो लेकाली जलाशय कुनै नव-यौवना भन्दा कम लज्जावती र रुपवती छैन ।

धेरै अघिदेखि हो, गोसाईंकुण्डसँग साक्षात्कार गर्ने रहर बोकेको । राजधानीदेखि धेरै टाढाको गन्त्व्य पनि होइन । रसुवासम्मको यात्रा तय गरेपछि सजिलै गोसाईंकुण्ड पुगिन्छ । तर, त्यहाँसम्म पुग्ने मेलोमोसो जुराउन सकिएको थिएन । यसपालि भने संयोगले गोसाईंकुण्डलाई नाङ्गो आँखाले हेर्ने मौका मिल्यो । धीत मरुञ्जेल ।

लीला लामाको निम्तो मान्दै हामीले गोसाईंकुण्डको फन्को लगायौं । लामा एमडी ग्रुपका प्रमुख हुन् । एमडी ग्रुपअन्तर्गत एमडी एडभेन्चर ट्राभल एन्ड टुरले हेली प्याकेज सार्वजनिक गरेको रहेछ । यसै प्याकेजअन्तर्गत पर्यटन व्यवसायी रामसुन्दर बिकेलयागत तीन जनाको हाम्रो टोली गोसाईंकुण्डतर्फ हान्नियौं ।

बिहान सात बजे त्रिभुवन विमानस्थलमा हाजिर भएका थियौं । त्यहाँबाट हामीलाई बोकेर उडेको हेलिकप्टरले करिब १७ मिनेटको अवधिमा गोसाईंकुण्डमा पुर्‍यायो ।
हेलिकप्टरको उडान सकेसम्म बिहानको समयमा जुराउनु पर्ने रहेछ । हामी गोइसाईकुण्डको आकासमाथि पुग्दा त्यहाँका चुचुराहरु हिउँले सेताम्मे थियो । जलकुण्ड आसपासमा मान्छे हिँडिरहेका, कोही नाचगान गरिरहेका देखियो ।

गोसाईंकुण्ड धार्मिक आस्थाको धरोहर पनि हो । गोसाइकुण्डको चिसो र पवित्र पानीले स्नान गरी पूजाआजा गर्दा मनले चिताएको पुग्छ भन्ने धार्मिक विश्वास छ । त्यसैले यहाँ धार्मिक पर्यटकहरुको घुँइचो लाग्ने गर्छ ।

समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित गोसाईंकुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो ।

हरेक वर्ष जनैपूर्णिमा र दशहराका दिन गोसाईंकुण्डमा विशेष मेला लाग्ने गर्छ । त्यसबेला हजारौं तीर्थयात्री गोसाईंकुण्ड पुगी कुण्डको ‘पवित्रजल’ ले ‘स्नान’ गरेर धार्मिक आस्था प्रकट गर्दछन् । गोसाईंकुण्डको बीचमा रहेको ढुङ्गालाई महादेव भगवानको मन्दिरकै अवशेष भएको विश्वास गरिन्छ ।

धार्मिक कथन अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विष भगवान शिवले पिउँदा घाँटीसम्म पुग्यो । उनलाई जलन र छटपटी भयो । त्यही छटपटी शान्त पार्नका लागि निलाद्री पर्वतमा पुगेर त्रिसुल बजारे । त्यहाँबाट पवित्र जल निस्कियो । उनले जल पिए र त्यही बिराजमान भए ।

यसरी चराचर जगतलाई बचाउनका लागि भगवान शिवले कालकुट विष पिएको सम्झनामा यहाँ गङ्गा दशरामा दश दिन र भाद्र सुक्ल पूणिर्मामा पाँच दिन यहाँको जलकुण्डमा स्नान गर्नेको भिड लाग्छ ।

त्यसो त धार्मिक आस्थाको धरोहर मात्र पनि होइन, गोसाईंकुण्ड । सन् २००७ मा यसलाई रामसार सूचीमा समेत सूचीकृत गरिएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने गोसाईंकुण्डमा गोसाईंकुण्ड, सरस्वतीकुण्ड, क्युमाछोकुण्ड, दुधकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, सूर्यकुण्ड, आमाकुण्ड, गणेशकुण्ड, बतासकुण्ड लगायत १७ वटा कुण्ड रहेका छन् ।

गोसाईंकुण्ड पुगेपछि लाग्यो, प्रकृतिले कति उदार मनले सजाएको छ गोसाइकुण्डलाई । जति हेरे पनि मन अघाउँदैन । हेरिरहुँ लाग्छ ।

अनलाईनखबर बाट साभार

गोसाईंकुण्ड : हिउँमुनि महादेव

0

माघ २३ को शुक्रबार । काठमाडौं बस्ने दुईजना भाइलाई समयले नुवाकोटको मेरो डेरासम्म लिएर आयो । चल्तीको विधिअनुसार शुक्रबारको साँझ ढल्दै थियो,‘गोसाईंकुण्ड जाउँ’ उनीहरुमध्ये कसैले प्रस्ताव राख्यो । रातको ११ बजे दुई मोटरसाइकलमा तीनजना मान्छे धुन्चेको यात्राको लागि निस्किए ।  पछिपछि  उस्तैगरी दौडियो मोटरसाइकलको अग्लो छाँया।

गोसाईंकुण्ड जान यहाँबाट तीन रुट समात्न सकिन्छ । पहिलो रुटमा जाने हो भने रसुवा सदरमुकाम धुन्चे पुगेपछि बसले तपाईँलाई ‘मेरो सेवा सकियो’ भन्छ । त्यसपछि जुत्ताको तुना र हातको लट्ठी जाँच गरेपछि तपाईंको पैदल यात्रा सुरु हुन्छ ।  यो रुटमा ८ ठाउँमा होटेल–बस्ती भेटिन्छन ।

यो रुटमा एक घन्टा हिँडेपछि घट्टेखोला पुगिन्छ । त्यहाँबाट २३ सय मिटर अगाडि करिब डेढ घन्टा हिँडेपछि खेंदी, खेंदीबाट २६ सय मिटर पार गरेपछि एक घन्टामा देउराली टेकिन्छ ।  त्यहाँबाट ३१ सय सात मिटर हिँडेपछि चन्दनबारी पुगिन्छ । चोलाङपाटी पुग्न फेरि डेढ घन्टाको यात्रा तय गर्नुपर्छ । त्यसपछि सुरु हुने उकालो नाघेर लौरीविना पुग्न करिब ३ घन्टा पैदल हिँड्नुपर्छ । उकालो सकिने वित्तिकै डाँडामा बुद्ध मन्दिर देखिन्छ । त्यहाँदेखि डेढ घन्टा पार गर्ने हो भने पुगिन्छ गोसाईंकुण्ड ।

अर्को रुट छ स्याफ्रुबेशी-ठूलोस्याफ्रु- चोलाङ्गपाटी–लौरीबिना–गोसाईंकुण्ड । प्रायजसो लाङटाङ्ग–गोसाईकुण्ड पैदलयात्रीले यो रुट प्रयोग गर्छन ।

तेस्रो रुटलाई गोसाईकुण्ड सर्किट रुट पनि भनिन्छ । यो सुन्दरीजल–मेलम्ची पुल–कुटुमस्यांग–सूर्यकुण्ड हुँदै गोसाईंकुण्डको यात्रा तय गर्न सकिन्छ ।

हामीले रुट नम्बर एक प्रयोग गर्‍यौं । छोटो समयमै  गोसाईंकुण्डमात्र पुग्नका लागि यो रुट उपयुक्त मानिन्छ ।

अघिल्लोपटक गोसाईंकुण्ड जाँदा धुन्चेमा बसेको होटलवाला दाइ (साहु)लाई न मैले बिर्सेको थिए न मेरो मोबाइल फोनले । एक रिङमै आधारातमा उनी हामीलाई धुन्चेमा स्वागत गर्न राजी भए ।  बाटो बिराएर हामी अनुमानभन्दा एक घण्टा ढिलो गरी रातिको  २ बजे त्यहाँ पुग्दा पुरै धुन्चे निन्द्रामा मस्त भएको  साँची बसिरहेको थियो ‘होटेल तिबेट लासा’ ।

बिजुलीवाला दिदी

धुन्चेबाट एक घन्टाको हिँडाइपछि घट्टेखोलाको चिया सपल आइपुग्छ्र । धुन्चेबाट अघि लाग्नेबित्तिकै जमेको पानीका थोपाहरु खस्न थाले (जसलाई फुस्रो भनिदो रहेछ )। हामीसँग पानी छेक्ने सारजाम केही थिएन ।  कम्तीमा झोला बचाउँदा त्यसभित्रका कपडा बच्थे भन्ने लोभ पलायो !

अघिल्लोपटकको यात्राले हामीलाई यो चिया पसलसँग परिचित बनाइसकेको थियो । दाइ विद्युतमा काम गर्ने जानकारी पाएपछि हामीले दिदीको नाम पनी जुराइदिएका थियौँ– बिजुलीवाली दिदी । ओढ्ने पोलिथिन पनि नापाएपछि श्रीले दिदीसँग चामलको बोरा मागे । भित्र झोला राखे र दुईटा हात छिराउन मिल्ने बनाए । अनि तयार भयो ‘सेल्फमेड’ ब्याग कभर ।

हर्सिद्दु फ्रम हरियाणा

देउरालीको होटेलमा प्रेसर कुकरले सिठी बजाएको मधुरो आवाज बाहिरसम्म सुनियो । कुकरले परिरहेको  बाक्लो हिउँ र हावाको आवाजलाई जित्यो । हामी अगेनाको डील छेउमै बसेर खाना खाँदै गर्दा कोही त्यहीँ आइपुग्यो- चिसो पानी माग्दै ।

हर्सिद्दु (उचाइ ६ फिट, उमेर २२ वर्ष) भारतको हरियाणाबाट नेपाल आएको २१ दिन भएछ ।

पोखरा, लुम्बिनी, मुस्ताङ, केन्जीन, लामटाङपछि उनको यो अन्तिम गन्तव्य रहेछ । उनी एक्लै हिड्छन्, भ्लग बनाउँछन् । भन्छ, ‘भाइसाप एकपटक  म विश्वविद्यालयबाट बाहिर निस्केँ भने संसारलाई पैतालामुनि राख्नेछु ।’ हाम्रो बाँकी तीन दिनको यात्रामा हाम्रो टोली चार जनाको भयो ।

सोनाम लामा

होटेल रेड पाण्डाका साहुकी भान्जी हुन सोनाम लामा । चन्दनबारीको एकमात्र खुल्ला होटेल ! सोनामले मामाको होटेल चलाउने जिम्मा पाएकी छन् । अफसिजन भएकोले रुटमा धेरै होटेल ताल्चा भरोसामा मालिक पर्खिएर बसेका छन् ।  झन्डै एक फिट बाक्लो हिउँमा हर्सिद्दुको जुत्ताले बनाएको बाटो पच्छ्याउँदै टर्चले हामीलाई चन्दनबारीसम्म पुर्‍यायो । सरकारी चिज उद्योगका कान्छा तामाङ त्यहीँ भेटिए । हाम्रो स्पोर्ट्स सुजमा जमेको हिउँ देखेर कान्छा तामाङको मन पग्लिएछ । हामीले नि:शुल्क गमबुट पायौं, गोसाईंकुण्ड पुगेर फर्किने बेलासम्मका लागि ।

यात्री

लौरीविनाको उकालो लौरी टेकेर उक्लिने तन्नेरीहरुको संख्या करिब २० जति हुँदो हो । नाङ्गो उकालो पूरै हिउँले ढाकिएको थियो । अनुमान नै सही, अघि हिड्नेले बाटो बनाउँथ्यो । हामी त्यही पदचाप पच्छ्याउँथ्यौँ । अगाडि उभिएका र चारैतिर सेतै हिमाल हेर्थ्यो।  बुद्ध मन्दिर, लौरीबिनाको उकालो सकिएको जानकारी दिन डाँडामा विराजमान छ ।

भर्खरै बुद्ध मन्दिरबाट गोसाईंकुण्डसम्म भीरको बाटोको साहारा रेलिङ पोस्ट राखिएको छ । त्यही रेलिङ समाएर चिप्लँदै चार हजार ६१० मिटर अग्लो लौरीविना ‘ला पास’ पुगेपछि देखिन्छ हिउँ ओढेका कुण्ड वरिपरिका छाना र भैरवकुण्ड ।

निकुन्जको नियम रहेछ पालो गरेर पनि अनिवार्य एउटा होटेल खोल्नुपर्ने । नमस्ते होटेल त्यसरी खोलिएकोमध्ये एक थियो । जमेको कुण्ड माथि हिउँको थुप्रो, त्यसमाथि हेली र तीर्थयात्री– पैदलयात्री । नजमेको बेला पानीमुनि उत्तानो परेका देखिने भगवान शिव (महादेव)को जस्तो आकृतिले  ऐया भन्यो कि भनेन ? यो प्रश्न भने  अनुत्तरित  नै रह्यो ।

अनलाईनखबर बाट साभार

‘इलामे सहर, चियाबारी राम्रो’

0

१४ चैत, काठमाडौं । पूर्वी पहाडी जिल्ला इलाम चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूध बोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् ।

इलामको आकाश क्षणभरमै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन भइरहने मौसमले आगन्तुकसँग लुकामारी खेलेझैँ आभास गराइदिन्छ ।

इलाममा पनि कन्याम चिया बगानका कारण चर्चित छ, श्रीअन्तु र सन्दकपुरमा पर्यटकहरु झुल्के घाम हेर्न आउँछन् ।

इलामको विषयमा विभिन्न सर्जकहरुले गीत लेखेका छन् । गीतकार गंगाराज मुकारुङले लेखेका छन्, ‘इलामे सहर, चियाबारी राम्रो, त्यहीँ पर्‍यो घर हाम्रो ।’ भूपि शेरचनले लेखेका छन्, ‘देशभर नै अलिअलि इलाम छरिदिन मन लाग्यो ।’

इलाम बजारबाट मास्तिर सम्भवतः नेपालकै जेठो उद्योग इलाम चिया फ्याक्ट्री छ । यो जंगबहादुर राणाको पालामा स्थापना भएको हो । इलाम पूर्वमा दार्जिलिङ, पश्चिममा मोरङ र पाँचथर र उत्तरमा पाँचथर र दक्षिणमा झापासँग जोडिएको छ ।

अनलाईनखबर बाट साभार

शुक्लाफाँटामा आँखै अगाडि मयूर नाचेपछि…!

0

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्ने बित्तिकै बाह्रसिंगेको बथानको दृश्य मानसपटलमा आएर बस्छ । मलाई दश वर्षअघि पहिलोपटक शुक्लाफाँटा पुग्ने मौका मिलेको थियो ।

त्यसपटक जेठको अन्तिमतिर पुगेको थिएँ । यसपटक शक्लाफाँटा पुग्दा चैत महिना थियो । शुक्लाफाँटा यो मेरो छैटौंपटकको यात्रा थियो । यसपटक शुक्लाफाँटा जाँदा वाइल्डवेष्ट नेपालका परिकल्पनाकार अमरबहादुर शाहीसँग जाने मौका मिलेको थियो । शाहीसँगको खप्तड यात्रापछि शुक्लाफाँट जाने अवसर जुरेको हो ।

खप्तड यात्रा सकाएर हामी धनगढी हँुदै शिवपुरी धामको दर्शन गरेर बास बस्नका लागि शुक्लाफाँटा राष्ट्रियन निकुञ्जसँगै रहेको शुक्लाफाँटा जंगल कटेज पुग्यौं । साँझ हुनु केही अगावै कटेज पुगेकाले आराम गर्नुभन्दा हामी एसियाकै लामो झोलुङ्गे पुलमा सूर्यास्तको दृश्य हेर्न गयौँ ।

पुलमा साँझपख घर फर्कने मानिसहरूको आवतजावत बाक्लो थियो । साँझ चाँदनी–दोधारा पुलबाट सूर्य अस्ताएको दृश्यपान गरेपछि हामी बासस्थान शुक्लाफाँटा कटेजमा फर्कियौं । साँझपख खप्तड यात्राको समीक्षा गर्दै खाना खाएर हामी भोलि बिहानै जंगल सफारी गर्ने तय गरेर निदायौं ।

बिहानको करिब ६ बजिसकेको थियो । सबै बिहानको खाजा खाएर जंगल सफारी जानका लागि तयार भइसकेका थियौं । जंगल सफारी जानुअघि गाइड कुम थाकुरले जंगलभित्र के गर्ने, के नगर्नेबारेको जानकारी हामीलाई दिए ।

जंगलभित्र अचानक जंगली जनावर नजिक आएमा के गर्ने भन्नेबारेको उपाय पनि उनले सुझाए । गाइड थाकुर भाइको कुरा सुनेपछि हामी दुईवटा जीपमा त्यहाँबाट शुक्लाफाँट राष्ट्रिय निकुञ्जका लागि रमाना भयौं ।

मैले जीवनमा पहिलोपटक जाँदा बाह्रसिंगेको बथान देखेको स्थान हो शुक्लाफाँटा । मैले शुक्लाफाँटामा बाघ, बँदेल, मृगदेखि मयुरसलाई आँखाले प्रत्यक्ष केही मिटरकै दूरीमा नियाल्ने मौका पाएको छु । त्यसैले लाग्छ शुक्लाफाँटा जीवजन्तुको एक खुला संग्रहालय हो ।

पहिलोपटक पुग्दा शुक्लाफाँट वन्यजन्तु आरक्षण भनिन्थ्यो, अहिले यसको परिचय राष्ट्रिय निकुन्जमा परिणत भएको छ ।

जीपमा हामी सवारी गर्दैगर्दा सुरुवातमै हामीलाई मयूरले नाचेर स्वागत गरे । जब मयूरहरू नाच्न थाले तब जीपमा सवार साथीहरु त्यो दृश्य हेर्न मयूरको नजिकै जान तम्सिए । केही समय मयूर नाचेको हेरेपछि हामी लाग्यौ बाह्रसिंगे अवलोकन गर्न फाँटतर्फ ।

केही समय जीपको सफारीपछि हामीले बाह्रसिंगेका छरिएर रहेका विभिन्न झुण्डहरु देख्यौं । मैले यसअघि आउँदा बाह्रसिंगेको झुण्ड, बाघ, स्याल, बँदेल लगायतका जनावरहरूको अवलोकन गर्ने अवसर पाइसकेको थिएँ । योपटक भने मयूर नाच हेर्ने मौका जुर्‍यो ।

जब मयूरहरु लहरै नाचेको दृश्य प्रत्यक्ष आँखा अगाडि देखियो । जीपमा सवार सुमन पोखरेलले भने– ‘यो दृश्य त विदेशी टेलिभिजन च्यालनमा देखिने वन्यजन्तुको संसारभन्दा कम छैन ।’

टिभीमा हेर्नु र आँखै अगाडि प्रत्यक्ष मयूर नाचेको हेर्नुमा निकै फरक अनुभूति भएको उनी सुनाउँदै थिए । सँगै रहेका गाइड कुम थाकुरले भने– ‘यो निकुन्जमा रहेका फाँटहरू एसियाकै ठूलो फाँटभित्र पर्दछन् ।’

जंगल सफारी सकाएर हामी कर्मथलो फर्कने दिन । हामी जंगल सफारी सकाएर दिउँसो १ बजे कटेजतर्फ फर्कियौं । केही समय कटेजमा बिताएर क्याप्टेन बेद उप्रेतीको एभिएसन संग्रहालयतर्फ लाग्यौं ।

जब मयूरहरु लहरै नाचेको दृश्य प्रत्यक्ष आँखा अगाडि देखियो । जीपमा सवार सुमन पोखरेलले भने– ‘यो दृश्य त विदेशी टेलिभिजन च्यालनमा देखिने वन्यजन्तुको संसारभन्दा कम छैन ।’

टिभीमा हेर्नु र आँखै अगाडि प्रत्यक्ष मयूर नाचेको हेर्नुमा निकै फरक अनुभूति भएको उनी सुनाउँदै थिए । सँगै रहेका गाइड कुम थाकुरले भने– ‘यो निकुन्जमा रहेका फाँटहरू एसियाकै ठूलो फाँटभित्र पर्दछन् ।’

जंगल सफारी सकाएर हामी कर्मथलो फर्कने दिन । हामी जंगल सफारी सकाएर दिउँसो १ बजे कटेजतर्फ फर्कियौं । केही समय कटेजमा बिताएर क्याप्टेन बेद उप्रेतीको एभिएसन संग्रहालयतर्फ लाग्यौं ।

कञ्चनपुरमा रहेको म्युजियम परिसरबाहिर स्ट्याचु अफ सिद्धनाथाबाबा, स्वीमिङ पुल, नौ धारा, हेलिकप्टर, सुदूरपश्चिमका पर्यटकीय स्थलहरूका हवाई चित्रहरु हे¥यौं । म्युजियमभित्र अप्स एण्ड डाउन, थ्रिडी र इलुजन सेक्सनहरू नियाल्यौं ।

खासगरी युवायुवतीलाई लक्षित गरेर बनाइएको यो म्युजियम धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताइन्छ । केही समय संग्रहालयमा बिताएर हामी धनगढी एयरपोर्टतर्फ लाग्यौं ।

यस्तो छ सुविधा

आगन्तुकहरूलाई लक्षित गरेर शुक्लाफाँटा क्षेत्रमा परमानन्द भण्डारीले शुक्लाफाँटा जंगल कटेज, चराविद् हेमसागर बरालको शुक्लाजंगल टेन्टेड क्याम्प र राना थारु समुदायको सामुदायिक होमस्टे सञ्चालनमा छन् । शुक्लाफाँटाबाट ७ किलोमिटर दूरीमा रहेको महेन्द्रनगर बजारमा डेढ दर्जन हाराहारीमा पर्यटकीय सुविधायुक्त होटल छन् ।

जब मयूरहरु लहरै नाचेको दृश्य प्रत्यक्ष आँखा अगाडि देखियो । जिपमा सवार सुमन पोखरेलले भने– ‘यो दृश्य त विदेशी टेलिभिजन च्यालनमा देखिने वन्यजन्तुको संसारभन्दा कम छैन ।’

शुक्लाफाँटाको विशेषता

शुक्लाफाँटा राजा–महाराजाको मनोरञ्जनका लागि २०२६ सालमा शिकार आरक्षका रुपमा स्थापना भएको थियो । २०३३ सालमा वन्यजन्तु आरक्ष हुँदै २०७३ सालमा यसलाई निकुञ्जको रूपमा परिणत गरियो ।

३०५ वर्गकिलोमिटर क्षेत्रफल भएको निकुञ्ज कञ्चनपुर जिल्लाका साथै दक्षिण–पश्चिम भारतीय सीमानामा अवस्थित छ । यो निकुन्ज बाह्रसिंगेको लागि प्रसिद्ध मानिन्छ । निकुन्जमा २ हजार ३०१ वटा बाह्रसिंगे रहेको निकुञ्जले जनाएको छ ।

त्यसैगरी २५ वटा जंगली हात्ती, १६ वटा एकसिङ्गे गैंडा, बाघ रहेका छन् । निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । सिसौ र खयरको जंगल र घाँसे मैदान यसको विशेषता हो । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंङ्गे, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् ।

कसरी पुग्ने

काठमाडौंदेखि धनगढीसम्म हवाई यात्रा । त्यसपछि जीपमा दुई घण्टामा आरामले पुग्न सकिन्छ शुक्लाफाँटामा । सार्वजनिक बसमा काठमाडौंबाट २४ घण्टाको यात्रा गरेर पुग्न सकिन्छ ।

अनलाईनखबर बाट साभार

तीन व्यापारिक फर्ममाथि अदालतमा मुद्दा दायर

0

गु्णस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारीक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ ।

कार्यालयले राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका व्यापारिक फर्ममा पर्साका जगदम्बा डिस्टिब्युटर प्रालि, बाराका हरिओम आयल स्टोर र हुलास स्टिल इन्डष्ट्रिज रहेका छन् ।

मुद्दा दायर गरिएका फर्ममध्ये जगदम्बा डिस्टिब्युटर प्रालिले राजश्व चुहावट गरेको, हरिओम आयाल स्टोरले उपभोक्तालाई घटी तेल बिक्री गरेको र हुलास स्टिलले अनुमतिपत्र भन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले उनीहरुलाई बारा र पर्सा जिल्ला अदालतमा हदैसम्मको सजायको माग गर्दै मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशीभुषण यादवले राससलाई जानकारी दिनुभयो ।

उपभोक्ता ठग्ने ती व्यापारीक फर्मलाई स्टेण्डर नापतौल ऐन–२०५५ को दफा ३० २ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ । जसअन्तर्गत एक वर्ष कैद र रु १० हजार जरिवानागरी कारवाही गर्नुपर्ने माग दाबीसहित मुद्दा दायर गरेको सो कार्यालयले जनाएको छ ।

कार्यालयले चालू आर्थिक वर्षको हालसम्ममा १२६ व्यापारिक फर्ममा अनुगमन गरेको छ । सो कार्यालयले वीरगञ्जको मीना बजार र घण्टाघरको उत्तर तर्फ रहेको तरकारी बजारका व्यापारी उपभोक्ता ठग्ने व्यापक गुनासो आएकाले अन्य निकायसँग समन्वय गरी अनुगमन गर्ने बताइएको छ । व्यापारीले प्रयोग गर्ने ढक, तराजु, लिटर, कपडा नाप्ने मिटर, काँटा, धर्मकाँटा, पेट्रोलियम पदार्थ, सुनचाँदी तौलने तराजुको नवीकरणसमेत नगरेकाले लाखौं रुपैयाँ राजश्व छलि हँुदै आएको छ ।

सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

0

मकवानपुर । मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्ँिकदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ ।

हेटाँैडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्ँिकदा सो दुर्घटना भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।0