Thursday, June 11, 2026
Home Blog Page 1308

घाइतेको उपचारका लागि मन्त्री आलेद्वारा एक लाख सहयोग

0

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते धु्रवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख उपचार खर्च प्रदान गर्नुभएको छ ।

हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर उहाँले उक्त रकम प्रदान गर्नुभएको निजी सचिव रविन ज्ञालनले जानकारी दिनुभयो । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि रु एक लाख सहयोग गरेको छु, उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।” सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति निकै खुशी भएका छन् ।

खुलेन तालाबन्दी

0

दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन । चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन् ।

विद्यालयले लामो समयसम्म आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेका विद्यार्थीले बताएका छन् । विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ ।

पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि विजय खातीको संयोजकत्वमा तालाबन्दी गरिएको बताइएको छ । विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ । आइएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन्

आगलागीबाट महिलाको मृत्यु

0

मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो ।

साथै उक्त आगलागीमा परेर उहाँको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइ

अझै रोकिएन पाटे बाघको आक्रमण

0

बर्दिया राष्ट्रिय निकुञ्जको कर्मचारी पुलिसराम थारुको आइतबार निकुञ्जभित्र गैँडा मचानमा बाघको आक्रमणबाट मृत्यु भयो ।

गैँडा गणना खटिएका थारुको बाघको आक्रमणबाटै मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ ।

चैत १५ गते मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारूलाई बिहान पाटे बाघले आक्रमण गर्यो । बाघको आक्रमणबाट थारुको गर्दन, टाउको र ढाडमा गम्भीर चोट लागेको छ । यस्तै गरी असारयता खाता जैविकमा पर्ने एउटा वडाको ५, मध्यवर्ती क्षेत्रका ३, निकुञ्जभित्र राजमार्गमा १ को गरी ६ महिनामा नौ जनालाई पाटे बाघले मारेको छ ।

लगातार घटना घट्दा समेत निकुञ्ज प्रशासन र मातहतका संस्थाको लापरबाहीले बाघ र मानिस दुवै असुरक्षित भएको पुष्टि गरेको छ । तीन महिनाअघि देखि मान्छे खाने बाघ नियन्त्रण लिन दौड भाग गरिरहेको निकुञ्ज विभागको प्रगति शुन्य बराबरको पुष्टि भएको छ ।

एउटा बाघलाई मान्छे खाने बाघ भनेर नियन्त्रणमा लिए पनि मान्छेमाथि आक्रमण जारी छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

चोरीको आरोपमा कुटपिट गर्दा मृत्यु : पाँचजना प्रहरी नियन्त्रणमा

0

भक्तपुर : पानी तान्ने मेसिन चोरी गरेको भन्दै कुटपिट गर्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। घाइते गुरुङको मृत्यु भएपछि कुटपिटमा संलग्न पाँचजनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

गुरुङका आफन्त प्रहरीको सम्पर्कमा नआइसकेकाले मृतकको पूर्ण विवरण प्राप्त हुन नसकेको  गिरीले बताए। उनका अनुसार चोरी गर्ने व्यक्तिलाई कुटपिट गर्ने कार्यमा संलग्न भएको आशंकामा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले भक्तपुरको चाँगुनारायण नपा- २ बस्ने ५० वर्षीय टेकबहादुर केसी, ३२ वर्षीय नवीन कोजू, भक्तपुर नपा ७ बस्ने ३७ वर्षीय विनोद लाखा, दोलखाको भीमेश्वर नपा ९ घर भई हाल चाँगुनारायण नपा २ बस्ने ३८ वर्षीय कमल खत्री फुँयाल र सुनसरीको बर्जु गापा ३ घर भई हाल चाँगुनारायण नपा ३ बस्ने ३४ वर्षीय सनिसकुमार रायलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गुरुङले चैत २१ गते मध्यराती करिब साढे ११ बजेतिर चाँगुनारायण नपा २ बर्खेपाटीस्थित च्याउखेतीको लागि प्रयोगमा ल्याउने पोखरीको पानी तान्ने पम्प चोरी गर्ने प्रयास गर्दै थिए। पानी तान्ने पम्प चोरी गर्न लागेकै बखत विनोद लाखालगायतले देखेर उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको प्रहरीलाई जानकारी आएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
‘प्रहरीलाई जानकारी आएपश्चात कुटपिट नगर्नु होला भनी सूचना दिने व्यक्तिलाई अनुराध गरी प्रहरी टोली पुग्दा निर्घात कुटपिट गरिसकेको पाइयो’, उनले थपे, ‘नाकबाट रगत बगेको घाइते अवस्थामा रहेकालाई तत्काल उपचारको लागि शुक्रबार राति नै भक्तपुर अस्पताल पुर्‍याइएको थियो।’
उनका अनुसार घाइतेको साथबाट मादक पदार्थको गन्ध पनि आइरहेको थियो। उपचारकै क्रममा आइतबार घाइते गुरुङको मृत्यु भएको उनले बताए।

सम्बन्धित चिकित्सकले दिमागमा रक्तश्राव भई घाइतेको मृत्यु भएको जानकारी दिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए। कुटपिटबाटै गुरुङको मृत्यु भएको देखिएकाले अनुसन्धानका लागि पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला पारी कुटपिट गरी गम्भीर घाइते बनाउने पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनका आफन्त, परिवारजनलाई प्रहरीको सम्पर्कमा आउन प्रहरी नायव उपरीक्षक गिरीले अनुरोध गरेका छन्।

अन्नपूर्णबाट साभार

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

0

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ।

समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको जानकारी दिए। ‘गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छ’, उनले भने, ‘राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो।’ गुराँसको फूल नपाक्दै टिपिदिदाँ त्यसको बिउ भुइमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उनले बताए।

घोडेपानीको जङ्गलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ। विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा ३२ प्रताजिका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन्। एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ। वसन्त ऋतुसँगै घोडेपानी क्षेत्रको गुराँसको जङ्गल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ।

वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ। गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताए।

बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौँलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आउने गरेका छन्। दैनिक १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउन थालेका बताइएको छ। पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ।

अन्नपूर्णबाट साभार

दुर्गाप्रसादको उपचार सुरु

0

विराटनगर : भारतीय जेलमा ४० वर्ष बिताएर फर्किएका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ। इलामको माई नगरपालिका–१० का ६० वर्षीय उनलाई प्रदेश १ सरकारको पहलमा उपचार गर्न थालिएको हो।

आइतबार तिम्सिनालाई मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ। यसअघि नै प्रदेश सरकारले उनको उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको थियो। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको समन्वयमा उनलाई उपचारका लागि दिउँसो २ बजे अस्पतालको मेडिसिन वार्डमा भर्ना गरिएको मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिए।

तिम्सिनाको स्वास्थ्य अवस्था बुझ्न खनाल आफैं अस्पताल पुगेका थिए। बिहान ६ बजेतिर घरबाट निस्किएका उनलाई गाडीमार्फत अस्पताल ल्याउने व्यवस्था जिल्ला प्रशासन कार्यालय इलामले मिलाएको थियो। खनालका अनुसार मन्त्री कार्कीको आग्रहमा अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले तिम्सिनाको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन्।

उनको उपचारमा वरिष्ठ फिजिसियन डा. पुरु कोइराला, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. शिखा उपाध्याय, दन्त रोग विशेषज्ञ डा. मोना पोखरेललगायतका चिकित्सकको टोली अस्पतालले खटाएको छ।  डा. कोेइरालाका अनुसार तिम्सिनालाई मानसिकसहित ढाड, पेट र दाँतको पनि समस्या देखिएको छ। ‘धेरै वर्ष अर्काको भूमिमा जेलमा बस्दा यातना दिइएको हुन सक्छ। प्रारम्भिक उपचार र परीक्षणबाट लामो समयदेखि मानसिक र शारीरिक तनाव बेहोर्नु परेजस्तो देखिन्छ,’ कोइरालाले भने, ‘विशेष गरेर मानसिक समस्या निक्कै जटिल बनेर गएको अनुमान छ।’

पूरै शरीरको परीक्षण थालिएकाले सबै रिपोर्ट आइसकेपछि मात्रै थप समस्याका बारेमा जानकारी हुने उनले बताए। यातनाका कारण बिरामीमा ‘डिप्रेसन’को समस्या भएको हुन सक्ने कोइरालाको भनाइ छ। त्यही भएकाले मनोचिकित्सकसँग पनि परामर्श गर्दै थप उपचार थालिएको जानकारी उनले जानकारी दिए। तिम्सिनाको रक्तचाप र मुटुको चाल भने सामान्य रहेको बताइएको छ।

कोइरालाका अनुसार सानो स्वरमा मात्रै बोल्ने तिम्सिना बालबालिकाको जस्तो स्वभाव र व्यवहार देखाउँछन्। उपचारपछि भोलिका दिनमा सजिलो होस् भनेर विभिन्न उपाय लगाउँदै उनलाई सहज बनाउने प्रयास भइरहेको कोइरालाले जानकारी दिए। ४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद चैत ८ गते नेपाल आइपुगेका हुन्।

उनलाई चैत १२ गते जिल्ला प्रशासन कार्यालय इलामले २०१७ साल साउन २० गतेको जन्म मिति राखेर वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ। नागरिकतामा सनाखत गरेका कान्छो भाइका छोरा गोपाल तिम्सिनाले नै उनलाई उपचारका लागि अस्पताल लिएर आएका हुन्। दुर्गाप्रसादका बुवा चम्पाखरको मृत्यु भइसकेको छ। बुढ्यौलीले कमजोर आमा धनमाया हिँड्डुल गर्न सक्दिनन्।

अन्नपूर्णबाट साभार

बीपीमा बिरामीको बिचल्ली

0

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लथालिंग बनेको छ। प्रतिष्ठानमा भर्ना भएका बिरामीलाई चिकित्सकले समयमा परीक्षण गर्दैनन्। सिकिस्त बिरामीलाई आईसीयू बेड उपलब्ध हुँदैन। सिटी स्क्यान, एमआरआई र भिडियो एक्सरे तत्काल नगर्ने सेवाग्राहीको गुनासो छ।

आकस्मिक कक्षमा भर्ना भएका बिरामीलाई बेड उपलब्ध नगराउँदा भुइँमा राखेर उपचार गर्ने गरिएको छ। आईसीयू आवश्यक परे चिकित्सकले विराटनगर रेफर गर्ने गरेका छन्। केही दिनअघि धरान–१७ का कर्णबहादुर राईलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भयोे। मेडिसिन वार्डमा रहेका राईलाई चिकित्सकले आईसीयू नभएको भन्दै विराटनगर लैजान रेफर गरे।
तर, स्थानीयले आईसीयूको १० नम्बर बेड खाली रहेको भन्दै त्यही भर्ना गर्न प्रतिष्ठानका चिकित्सकलाई दबाब दिए। त्यसपछि आईसीयूमा भर्ना गरिएका राईको निधन भयो।

उनका भाइ कविकुमार राईले चिकित्सकको चरम लापरबाहीकै कारण दाजुको ज्यान गएको बताए। प्रतिष्ठानमा आईसीयू बेड हुँदा पनि चिकित्सकले कमिसनको लोभमा विराटनगरका महँगो अस्पतालमा रेफर गर्ने गरेका कारण कतिपय बिरामीको अकालमै ज्यान जाने गरेको कविले बताए।

प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका बिरामीलाई चिकित्सकले तत्काल उपचार नगरेको गुनासो दैनिक व्यवस्थापन पक्षकहाँ पुग्ने गरेको छ। तर, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह र उपकुलपति डा. ज्ञानेन्द्र गिरीले व्यवस्थित गर्न नसक्दा बिरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन्।

संखुवासभाको मादीमा शुक्रवार बस दुर्घटना हुँदा ४० भन्दा बढी यात्रु घाइते भए। गम्भीर अवस्थाका घाइतेलार्ई शुक्रबार नै प्रतिष्ठानमा भर्ना गरियो। सभापोखरी गाउँपालिकाकी डम्बरकुमारी राईको कम्मरमुनिको भाग नचल्ने भएको छ। उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भए पनि आकस्मिक कक्षका चिकित्सकले उनको शल्यक्रिया नगरी हाडजोर्नी वार्डमा रेफर गरेका छन्। तत्काल शल्यक्रिया नगरेका कारण उनको स्वास्थ्य अवस्था जटिल बनेको उनकी नन्द सानु लिम्बूले बताइन्।

पाँचथरको फालेलुङ गाउँपालिका–१ की बुधमाया इङनामलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरियो। तर, यहाँका चिकित्सकले उपचार गर्नुको साटो विराटनगरको न्युरो अस्पतालमा रेफर गरिदिए। प्रतिष्ठानजस्तो ठूलो अस्पतालमा चिकित्सकले उपचार गर्न छाडेर विराटनगर रेफर गरेपछि इङनामका आफन्तले असन्तुष्टि जनाएका छन्।

उनका भाइ दिलकुमार फोम्बोले प्रतिष्ठानका चिकित्सकको चरम लापरवाहीका कारण बिरामीले अकालमा ज्यान गुमाउने गरेको बताए। प्रतिष्ठानमा बिरामी बोक्ने ह्विलचियर पनि नभएको बेड नहुँदा खाली भुइँमा राखेर उपचार गर्नु प्रतिष्ठानको चरम लापरवाही गरेको उनको आरोप छ।

कर्णबहादुर, डम्बरकुमारी र बुधमाया त प्रतिनिधि पात्र हुन्। यहाँ दैनिक दैनिक हजारौ बिरामीले सास्ती बेहोर्नुपरिरहेको छ। प्रतिष्ठानको आकस्मिक कक्ष प्रमुख डा. ज्ञानेन्द्र मल्लले आकस्मिक कक्षमा बिरामीको चाप बढेका कारण व्यवस्थापन पक्षसँग आवश्यक जनशक्ति, बेड, ट्रली, ह्विलचियरलगायत सामग्री पटकपटक माग गरिएको बताए। तर, उपलब्ध नभएका कारण बिरामीको उपचारमा गम्भीर समस्या भएको डा. मल्लले बताए। बिरामीको संख्या बढी र चिकित्सक नर्सको संख्या कम भएकाले सबै बिरामीलाई एकैचोटी हेर्न समस्या भएको उनको भनाइ छ।

प्रतिष्ठान सुधार संघर्ष समितिका उपाध्यक्ष डा. राजेन्द्र शर्माले प्रतिष्ठानको सेवा सुधार गर्न उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहलाई अनुरोध गर्दा अटेर गरेको बताए। राजनीतिक हस्तक्षेपका कारण पदाधिकारी भएर आउनेहरूले नै प्रतिष्ठान बिगारेको डा. शर्माको आरोप छ। बिरामीले भिडियो एक्सरे र सिटीस्क्यान गर्न महिना दिन पर्खंदा पनि पालो नआउनु चरम लापरवाही भएको उनले बताए।

प्रतिष्ठानका सहायक प्रवक्ता डा. चूडामणि पोखरेलले प्रतिष्ठानमा बिरामीको चाप बढेका कारण भुइँमा राखेर उपचार गर्नु परिरहेको बताए। आकस्मिकसहितका वार्डहरूमा आवश्यक बेड, ट्रली र ह्विलचियरलगायत सामग्री खरिद गर्न टेन्डर आह्वान भसकेकाले केही दिनमै उपचार सेवा प्रभावकारी बनाइने सहायक प्रवक्ता डा. पोखरेलले बताए।

अन्नपूर्णबाट साभार

भारतको महाराष्ट्रमा एक साताका लागि लकडाउन र रात्रिकालिन कर्फ्यू

0

मुम्बई : भारतको महाराष्ट्र प्रान्तमा एक साताका लागि ‘कडा प्रतिबन्ध’सहितको ‘लकडाउन’ हुने भएको छ । साथै रात्रिकालिन ककर्फ्यूसमेत जारी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लकडाउन सोमबारबाट लागू हुनेछ भने शुक्रबारबाट सोमबारसम्मका लागि पूर्ण प्रतिबन्धसहित ककर्फ्यू लागू हुनेछ । ककर्फ्यू शुक्रबार राति ८ बजेदेखि सोमबार बिहान ७ बजेसम्म जारी गरिने बताइएको छ ।

आइतबार महाराष्ट्रमा पछिल्लो केही समय यताकै सर्वाधिक कोरोना संक्रमित भेटिएसँगै नयाँ प्रतिबन्ध घोषणा भएको हो ।

प्रतिबन्धपछि पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा दिनमा भेला हुन पाइने छैन । त्यस्तै सपिङ मल, रेस्टुराँ, बार, मन्दिर तथा मस्जिदहरू बन्द हुनेछन् । तर अति आवश्यक तथा उपभोग्य सामानको भने ‘होम डेलिभरी’ गर्न दिइने बताइएको छ ।

यसैगरी औद्योगिक क्षेत्र तथा निर्माण कार्यलाई नियमित गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

व्यक्तिगत सवारी साधनमा प्रतिबन्ध नलगाइए पनि सार्वजनिक सवारी भने ५० प्रतिशत मात्र चल्ने बताइएको छ । साथै आधा क्षमतामा मात्र ती सवारी साधनले सञ्चालन अनुमति पाउने छन् ।

आइतबार भारतमा १ लाख ३ हजार बढी मानिसलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । जसमध्ये आधाभन्दा धेरै महाराष्ट्रमै संक्रमित रहेको बताइएको छ ।

अन्नपूर्णबाट साभार

प्रस्तावित न्यायाधीश चुँडाल र सुवेदीको वैशाख ३ गते संसदीय सुनुवाइ

0

काठमाडौं : सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ ।सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिको आइतबारको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गरेको हो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए।

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धका पाँचमध्ये चारजना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुराबारे बैठकलाई ध्यानाकर्षण गराए । बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए। रासस

अन्नपूर्णबाट साभार