Sunday, May 3, 2026
Home Blog Page 1260

चोरलाई मनपरेन सामसङ फोनः खोसेको एकछिन पछि फिर्ता गर्दै भने, ‘वान प्लस भन्ठानेको थिएँ’

0

सार्वजनिक स्थलमा फोन चोरी भएको वा खोसेर भागेको कुरा धेरैजसो सुन्न पाइन्छ । कति त यस्तो स्थितिमा पर्नुभएको पनि होला ।

हालै एक ट्वीटर प्रयोगकर्ताले यस्तो घटनाबारे बताएका छन् जुन सुनेर मानिसहरु अचम्मित भए । वास्तवमा फोन खोसेको केही बेरपछि चोरले फोन फिर्ता दिए किनभने फोनको मोडल वान प्लस नाइन प्रो थिएन ।

यो अचम्मको स्थितिको शिकार भएको ट्वीटर प्रयोगकर्ता देबायान रोयले यो विषयमा पोस्ट पनि सेयर गरेका छन् । पोस्टमा उनले दिएको जानकारी अनुसार उनी भारतको नोएडा सेक्टर ५२ मेट्रो स्टेशन नजिकै आफ्नो फोनमा च्याट गरिरहेका थिए । त्यतिबेला कालो मास्क लगाएका एक व्यक्ति उनको फोन खोसेर भागे ।

यसै कारण उनी केही बेरका लागि के गर्ने के नगर्ने भए । केही बेरपछि जब उनलाई सेन्स आयो तब उनी चोरको पछाडि भागे । तर त्यसपछि जे भयो, त्यो उनले पत्याउनै सकेनन् ।

जब उनी चोरको पछाडि दौडिरहेका थिए तब चोर भाग्नुको साटो पछाडि फर्किएर उनी भएठाउँ नै दौडिएर आए । देबायनको अगाडि आएर उनले भने, ‘मलाई लाग्यो वान प्लस ९ प्रो मोडल हो ।’ यति भनेर उनले फोन भुइँमा राखे र त्यसपछि पुनः भागे ।

देबायनले आफ्नो फोन सामसङ ग्यालेक्सी एसटेन प्लस भएको बताए । यसमाथि थुप्रै ट्वीटर प्रयोगकर्ताले कमेन्ट गर्न थाले । कोही यो घटनाले चकित भए भने कतिले सामसङको खिल्ली उडाउन थाले । कतिले चोरलाई पनि राम्रो फोन के हो भनेर थाहा भएको भनेर रमाइलो गर्न थाले

रातोपाटीबाट साभार

रेशम चौधरी प्रकरणको अर्को पाटो : प्रहरी पत्नी भन्छिन्– अन्तिम श्वास रहेसम्म लड्छु

0

काठमाडौँ । इन्सपेक्टर केशव बोहरा सेती अञ्चल गुल्ममा कार्यरत थिए । थरुहट आन्दोलन चर्किंदै थियो । बिदा सकेर दुई दिनअघि काठमाडौँबाट धनगढी गएका उनलाई ०७२ भदौ ७ को बिहान एसएसपी लक्ष्मण न्यौपानेले भने– ‘बोहरा ! टीकापुर जानुपर्ने भयो, हिँड ।’

चुस्ता र बुट उन्दै उनले पत्नी शारदा कडायतलाई फोन गरे– ‘म टीकापुर गएँ है ।’

शारदा काठमाडौँमा थिइन् । फोनमा उनले भनिन्– ‘खुला सिमाना छ, पहिले भजनीतिरबाट डाका आउँथे, चौधरीहरु हतियार बोकेर आउलान्, भीडमा सीधै अगाडि नजानु है ।’

सीमाङ्कनको विरोधमा दुई दिनअघि सुर्खेतमा आन्दोलनकारीको आक्रमणबाट डीएसपी घाइते भएका थिए । केशवले त्यही उदाहरण दिँदै भने–‘मलाई थाहा छ, सुर्खेतको आन्दोलनबाट हामीले पाठ सिकेका छौँ ।’

केशवसँग फोनमा त्यति कुरापछि शारदा अफिस हिँडिन् । उनी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा काम गर्छिन् ।

अफिसबाट केशवको नम्बरमा बेला–बेला फोन गरिरहिन् । तर ११ बजेपछि फोन लाग्न छाड्यो । मध्यान्ह २ बजेतिर खबर आयो– ‘एसएसपी लक्ष्मण न्यौपानेको मृत्यु भयो ।’

उनी भन्छिन्, ‘कसैले फोन नउठाएपछि मैले नेपाल टेलिकमको १९७ मा फोन गरेर इलाका प्रहरी कार्यालय टीकापुरको नम्बर मागेँ, इप्रकामा सोधेँ । त्यहाँ के भएको छ भन्नु न, मेरो श्रीमान् पनि त्यहीँ ड्युटी जानुभएको छ ।’

उताबाट जवाफ आयो, ‘यहाँ मान्छे के–के भइसक्यो, तपाईं त्यहाँबाट खालि कराउनुहुन्छ, राख्नुस् ।’

इलाका प्रहरी कार्यालयका ड्युटी अफिसरले झ्याप्प फोन राखिदिए । शारदा भन्छिन्, ‘अनि मलाई एकदमै डर लाग्यो ।’

थरूहट आन्दोलनकारी र प्रहरीको बीचमा झडप भयो । निषेधाज्ञा तोड्ने क्रममा भाला, बन्चरो र खुकुरीसहित आएका आन्दोलनकारीले प्रहरीलाई घेरा हाले । झडपमा एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टर केशव बोहरासहित सात सुरक्षाकर्मीको मृत्यु भयो ।

०७२ भदौ ७ मा कैलालीको टीकापुर झडपमा सुरक्षाकर्मीको मृत्यु भएको घटनामा ११ जनालाई दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । अदालतको फैसलापछि सांसद रेशम चौधरीसहितका अभियुक्तहरु अहिले जेलमा छन् । केही फरार छन् ।

अदालतको आदेशले जेल परेका रेशम चौधरीलाई छुटाउन आन्दोलन गरिरहेका थारु कल्याणकारी सभा, थरुहट–थारुवान सङ्घर्ष समितिसँग सरकारले वार्ता सुरु गरेको छ । गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी टोलीले सांसद चौधरीलाई छुटाउनेबारे चैत १७ मा पहिलो चरणको वार्ता गरेको छ ।

सरकार र केही राजनीतिक दल टीकापुर घटनामा संलग्नहरुलाई छुटाउन लागेकोमा केशव पत्नी शारदा कडायतलाई पटक्कै चित्त बुझेको छैन । उनी भन्छिन्, ‘त्यो युद्धकाल थिएन । टीकापुरलाई राजनीतिसँग जोड्न मिल्दैन, त्यो क्रुर आपराधिक घटना हो ।’

पीडा हुन्छ

टीकापुर झडपमा केशवको निधन भएको ५ वर्ष पूरा भएको छ । अहिले टीकापुरको समस्या ब्युँतिँदा निकै पीडा हुने गरेको बताउँछिन् शारदा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ माइतीघरमा गएर आन्दोलनको समर्थन गरेको दिन आफूलाई थप पीडा भएको उनले बताइन् ।

‘कस्तो विडम्बना ! गृहमन्त्रीले मैदानमा गएर थरुहट आन्दोलनको समर्थन गर्नुहुन्छ,’ कडायत भन्छिन्, ‘टीकापुरको समस्या ब्युतिँदा झन् पीडा हुन्छ, केही गर्न सकिन्न कि, न्याय पाउँदैनौँ कि भन्ने लाग्छ ।’

जब सरकार रेशमलाई छुटाउन पलह सुरु गर्छ । त्यसबेला शारदा नेताका दैलो चाहर्छिन् । ‘कहाँ पुगिनँ ? कसको दैलोमा पुगिनँ,’ उनले भनिन्, ‘सबैले राजनीतिक इस्यु बनाउन खोजेका छन् ।’

सबैभन्दा धेरै उनी काँग्रेस सभापति शेरबहादुर देउवाकोमा पुगिन् । केशव ७ वर्ष देउवाको पीएसओ बसेका थिए । ०७० मा इन्सपेक्टर भएपछि देउवाले नै उनलाई डडेलधुरा पठाएका हुन् । डडेलधुराबाट उनी धनगढीस्थित सेती अञ्चल गुल्ममा सरुवा भए ।

‘एउटा परिवारको हिसाबले बोल्दिनोस् भनेर शेरबहादुर देउवालाई आग्रह गरेँ’, शारदा भन्छिन्, ‘पूर्वगृहमन्त्री शक्ति बस्नेत र भीम रावललाई भेटेँ, हामीसँग भेट्दा कसैले राजनीतिक घटना भन्दैनन् तर सरकारमा गएपछि रेशम चौधरीको समर्थनमा बोल्छन् ।’

धेरै नेताले पीडित परिवारलाई ‘मुद्दा नछाड्नुस्, आवाज उठाउनुस्’ भन्ने गरेका छन् । तर सरकारमा जानका लागि र सरकार टिकाउनका लागि रेशम चौधरीलाई जेलबाट छुटाउन आन्दोलनकारीको समर्थनमा बोल्ने गरेको शारदाको आरोप छ ।

‘मैले स्वार्थ बुझेकी छु,’ उनी भन्छिन्, ‘अहिलेसम्म अदालतले हाम्रो पक्षमा फैसला गरेको छ, हामी कानुनमा विश्वास गर्छौं ।’

रेशम चौधरीको रिहाइबारे ओली सरकार र आन्दोलनकारीले वार्ता सुरु गरेपछि शारदाले आफ्ना वकिललाई सोधिन्– ‘म सर्वोच्च जान पाउँछु ?’

द्वन्द्वकाल हैन, आपराधिक घटना

द्वन्द्वकाल सकिएको हुनाले टीकापुर घटनालाई आपराध शास्त्रअनुसार व्याख्या गर्नुपर्ने शारदाको तर्क छ । ‘शान्तिपूर्ण आन्दोलनको सहमति भएको अवस्था थियो’, शारदा भन्छिन्, ‘मैदानमा प्रहरीले कसैलाई पनि मारेको छैन, तर प्रहरीलाई योजनाबद्ध आक्रमण गरिएको छ । ड्युटीमा गएका प्रहरीको के दोष थियो ?’

पूर्वगृहमन्त्री शक्ति बस्नेतसँग पनि शारदाले भनेकी थिइन्, ‘यो घटनालाई नितान्त अपराध भन्नुपर्छ ।’

माओवादी द्वन्द्वकालका बेलामा पनि इन्सपेक्टर केशव बोहरा रुकुम र दाङमा खटिएका थिए । ‘त्यसबेला हामी श्रीमानलाई रोएर बिदाइ गथ्र्यौं, फर्के ठीक छ, नफर्के सिउँदो पुछिन्छ भन्ने लाग्थ्यो’, शारदा भन्छिन्, ‘तर टीकापुरमा त्यो अवस्था थिएन । यसलाई राजनीतिमा जोड्न मिल्दैन । यो क्रुर आपराधिक घटना हो ।’

आपराधिक घटनामा राजनीतिक निर्णय गरेर जेलमुक्त गर्न नहुने उनको तर्क छ । यसमा प्रहरी सङ्गठनले पनि आवाज उठाउनुपर्ने शारदा बताउँछिन् । ‘प्रहरी मर्न जाने हैन, सुरक्षा दिन जाने हो । भोलि अरू प्रहरीले कुन मनोबलले काम गर्छन् ?’ उनले भनिन्, ‘एउटा समुदायको इन्ट्रेस्टले मैदानमा खुकुरी, बन्चरो खान कोही प्रहरी जाँदैन ।’

सांसद रेशम चौधरीसहितका दोषीलाई जेलमुक्त गरे अपराधीहरुको मनोबल बढ्ने र गलत नजिर बस्ने उनको तर्क छ । ‘हत्या नै गरेपछि राजनीतिक आडमा छुट्छौँ भन्ने गलत नजिर बस्छ’, उनी भन्छिन्, ‘प्रत्येक आन्दोनलमा त्यस्तो नजिर बस्ने हुनाले अबका आन्दोलनलाई शान्तिपूर्ण बनाउन पनि टीकापुरमा आरोपीलाई कुनै पनि हालतमा छाड्नु हुँदैन ।’

सन्तानको दायित्व र लडाइँ

टीकापुरमा पति मारिएपछि शारदाको पारिवारिक अवस्था जटिल बनेको छ । छोराहरु सार्थक र शुभमको शिक्षादीक्षा र पालन पोषणको दायित्व शारदाको काँधमा छ । सँगसँगै उनी न्यायको लडाइँ लडिरहेकी छन् ।

०५५ मा केशव र शारदाको विवाह भयो । ०५९ देखि खानेपानी संस्थानमा जागिर खान थालेकी उनी अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा सहायक लेखा अधिकृतका रूपमा कार्यरत छिन् ।

उनको परिवार मध्यम वर्गको थियो । बैतडीबाट केशवको परिवार कञ्चनपुर बसाइँ सरेर आएको थियो ।

रातोपाटीबाट साभार

रातोपुलमा भारतीय नागरिक मृत फेला

0

काठमाडौं । काठमाडौं महानगरपालिका–३० रातोपुलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् ।

रातोपुलमा डेरा गरेर बस्ने कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डल मृत फेला परेका हुन् । दरबारमार्ग स्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्ने मण्डलको शव डेरामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुसन्धान गरिरहेको छ ।

शुक्रबारदेखि नयाँ नियमका साथ आइपिएलको १४ औं संस्करण

0

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । क्रिकेटको सबैभन्दा रोमाञ्चक फर्म्याट मानिने ‘टी–२०’ अन्तर्गत भारतका विभिन्न फ्रेन्चाइजी टिमबीच हुने यो प्रतियोगिता यस पटक भने विगतको भन्दा केही पृथक देखिनेछ ।

आइपिएलका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले केही नयाँ नियम बनाएको छ भने केही नियमलाई परिमार्जन गरेको छ । जसले गर्दा आइपिएलको यो सिजनमा दर्शकले भरपूर मनोरञ्जन प्राप्त गर्ने अपेक्षा लिइएको आयोजक कमिटीको भनाइ छ ।

आइपिएलको पहिलो म्याच शुक्रबार साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर बेंग्लोरबीच हुनेछ ।

घरेलु मैदानमा खेल्न नपाइने
आइपिएलमा यस पटक कुनै पनि टिमले घरेलु मैदानमा खेल्न पाउने छैनन् । यसले गर्दा कुनै पनि टिमले मैदानमा घरेलु दर्शकको साथ पाउने छैनन् ।

नयाँ नियम अन्तर्गत आइपिएलको १४ औं संस्करणमा प्रत्येक टिमले ‘तटस्थ स्थान’ मा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

‘सफ्ट सिग्नल’ हटाइयो
आइपिएलको १४ औं संस्करणमा अम्पायरले तेस्रो अम्पायरलाई मैदानबाट ‘सफ्ट सिग्नल’ दिने छैनन् ।

मैदानमा रहेको अम्पायर कुनै निर्णयमा पुग्नका लागि विश्वस्त नभएको अवस्थामा तेस्रो अम्पायरलाई ‘रेफर’ गर्ने क्रममा मैदानबाट ‘सफ्ट सिग्नल’ का रुपमा आफ्नो निर्णय दिनुपर्ने नियम छ । तर ‘सफ्ट सिग्नल’ लाई उल्टाउनका लागि पर्याप्त प्रमाण आवश्यक पर्ने भएकाले कतिपय अवस्थामा तेस्रो अम्पायरले समेत सही निर्णय दिन नसकेको अवस्था थियो । हालै भारत र इंग्ल्याण्डबीचको खेलमा ‘सफ्ट सिग्नल’ का बारेमा विवादसमेत भएको थियो । तर, आइपिएलको १४ औं संस्करणमा अम्पायरले मैदानबाट ‘सफ्ट सिग्नल’ दिन पाउने छैनन् ।

९० मिनेटभित्र २० ओभर
बीसीसीआईले आइपिएलको १४ औं संस्करणमा एउटा नयाँ नियम ल्याएको छ, जसअनुसार २० ओभरको खेललाई ९० मिनेटभित्र टुंग्याइसक्नुपर्ने छ ।

यसअघि २० औं ओभर ९० मिनेटमा सुरु गर्नुपर्ने बाध्यता रहे पनि अब भने ९० मिनेटभित्रै २० ओभर समाप्त गरिसक्नुपर्ने जनाइएको छ ।

बलिङ गर्ने टिमले निर्धारित समयभित्र म्याच समाप्त नगरेमा त्यस्तो टिमको कप्तानलाई १२ लाख रुपैयाँदेखि लिएर ३० लाख रुपैयाँसम्म जरिवाना हुनेछ । अम्पायरले कप्तानलाई एक म्याचका लागि प्रतिवन्धसमेत लगाउन सक्ने नियम बनाइएको छ ।

‘शर्ट रन’ बारे तेस्रो अम्पायरले फैसला गर्ने
‘शर्ट रन’ का बारेमा अब मैदानमा रहेको अम्पायरले नभई तेस्रो अम्पायरले अन्तिम फैसला गर्नेछ । मैदानमा रहेको अम्पायरले गरेको फैसलामा त्रुटि रहेमा तेस्रो अम्पायरले उक्त फैसलालाई उल्ट्याउन सक्नेछ ।

चौथो अम्पायरलाई चेतावनीको अधिकार
ब्याटिङ गर्ने टिमले जानाजान समय बर्बाद गरिरहेको छ भने चौथो अम्पायरले चेतावनी दिन सक्ने छ । बलिङ गरिरहेको टिमलाई निर्धारित समयभित्र खेल सक्नबाट रोक्ने उद्देश्यले ब्याटिङ टिमबाट समय खेल फाल्ने काम भइरहेको महसुस भएमा चौथो अम्पायरले चेतावनी दिन सक्ने र त्यस्तो चेतावनीबारे टिमको कप्तान र मेनेजर दुवैलाई जानकारी दिने व्यवस्था गरिएको छ ।

म्याच अवरुद्ध भएमा अतिरिक्त समय
कुनै कारणबस बीचमा केही समय म्याच अवरुद्ध भएमा अवरुद्ध भएको समय पूर्ति गर्नका लागि प्रतिओभर ४ मिनेट १५ सेकेन्ड समय थपिने व्यवस्था गरिएको छ ।

रातोपाटीबाट साभार

अनुमतिबिना बिमा कम्पनीले हकप्रद सेयर निकाल्न नपाउने

0

काठमाडौँ — बिमा समितिको पूर्वस्वीकृतिबिना बिमा कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्न नपाउने भएका छन् । मंगलबार बिमा समितिले बिमा कम्पनी र पुनर्बिमा कम्पनीलाई यससम्बन्धी निर्देशन दिएको हो ।

बिमा कम्पनीहरूमा मनपरी रूपमा हकप्रद सेयर निष्कासन गर्ने प्रवृत्ति बढेपछि उक्त निर्देशन दिइएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । ‘हकप्रद सेयरले कम्पनीको पुँजीगत संरचना नै परिवर्तन हुन्छ,’ उनले भने, ‘त्यसको जानकारी नियामक निकायलाई हुनुपर्छ । सोही कारण कम्पनीलाई निर्देशन जारी गरिएको हो ।’

यसअघि यस्तो व्यवस्था थिएन । बिमा कम्पनीको सञ्चालक समितिले गरेको निर्णय र साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निष्कासन गर्न पाउने व्यवस्था थियो । नयाँ व्यवस्थाअनुसार अब बिमा कम्पनीले हकप्रद सेयर निष्कासनसम्बन्धी विषय सञ्चालक समितिबाट निर्णय भएर साधारणसभामा लैजानुअघि बिमा समितिबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ । समितिबाट अनुमति पाएपछि मात्र कम्पनीले उक्त प्रस्ताव साधारणसभामा पेस गर्नुपर्नेछ ।

आफ्नो कार्यक्षेत्रअन्तर्गतका कम्पनीलाई सेयर निष्कासन अनुमति प्रदान गर्नुअघि बिमा समितिबाट अनुमति लिए, नलिएकोबारे सोधखोज गर्न पनि धितोपत्र बोर्डलाई भनिएको छ । समितिले सोमबार पत्र लेखेर बोर्डलाई उक्त आग्रह गरेको हो । गत साता अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासनको सूचना सार्वजनिक भएको अघिल्लो दिन बजारमा ठूलो कारोबार भएको थियो । भित्री सूचना चुहाएर कारोबार भएको भन्दै व्यापक जनगुनासो आएको छ । सोही कारण अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समिति सबैले सो कारोबार सम्बन्धमा चासो दिएका छन् ।

अर्थ मन्त्रालयले उक्त कारोबारबारे अध्ययन गरी अविलम्ब जानकारी दिन धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । सोही निर्देशनबमोजिम धितोपत्र बोर्डले सोमबार नै एक अध्ययन समिति गठन गरेको छ । यही कारण अजोड इन्स्योरेन्सले घोषणा गरेको ५० प्रतिशत हकप्रद सेयर निष्कासनमा समस्या पर्ने देखिएको छ । कम्पनीले नियामक निकायलाई जानकारी नै नदिएर हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय सार्वजनिक गरेको भन्दै बिमा समितिले सोमबार नै कम्पनीलाई पत्र काटेको हो ।

नियामक निकायबाट स्वीकृति लिएर मात्र सेयर निष्कासनसम्बन्धी सूचना सार्वजनिक गर्नुपर्नेमा त्यसो नगरेकाले सचेत गराइएको समितिका अध्यक्ष सिलवालले बताए । ‘हामीबाट अनुमति लिएर सञ्चालन भएका संस्थाले पुँजी वृद्धिसम्बन्धी जुनसुकै निर्णय सार्वजनिक गर्नुअघि बिमा समितिलाई जानकारी हुनुपर्छ,’ उनले भने, ‘अजोड इन्स्योरेन्सको सेयर निष्कासन सम्बन्धमा हालसम्म समितिलाई जानकारी छैन ।’ यसकारण कम्पनीले घोषणा गरेअनुसार हकप्रद सेयर जारी सम्बन्धमा अहिल्यै केही भन्न नसकिने उनले जानकारी दिए । ‘पहिले औपचारिक रूपमा समितिमा आउनुपर्‍यो । त्यसपछि समितिले अध्ययन गर्छ । सबै पक्षबाट उपयुक्त देखिए अनुमति पाउँछ, नत्र पाउँदैन ।’

हाल १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र १ वटा पुनर्बिमा कम्पनी छन् । समितिले ती सबै कम्पनीलाई निर्देशन जारी गरेको हो । गत मंगलबार कम्पनीले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने सूचना सार्वजनिक गर्‍यो । सोमबार मात्र उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो । सोमबार यो कम्पनीको धेरै सेयर कुमारी बैंक र कुमारी क्यापिटलले खरिद गरेको खुल्न आएको छ । यस्तो कारोबारलाई भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ । कानुनले यस्तो कारोबारलाई वञ्चित गरेको छ । यही कारण गत साता भएको अजोड इन्स्योरेन्सको कारोबारबारे सबैको चासो बढेको हो ।

अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने सूचना चैत १७ मा प्रकाशन भएको थियो । तर त्यसको एक दिनअघि नै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको थियो । यसको विवरण नेपाल स्टक एक्सचेन्जले चैत १९ मा बोर्डमा पेस गरेको बताइएको छ ।

कान्तिपुरबाट साभार

गण्डकी संसद बैठक : हाइसञ्चै मुख्यमन्त्री, निरीह माओवादी

0

६ महिनाभित्र संसद बैठक डाक्नैपर्ने बाध्यकारी नियमले बुधबारदेखि सुरु हुने गण्डकी प्रदेश सभा बैठकमा अरु प्रदेशमा जस्तो दृश्य देखिने छैन । नेकपा विवादयता र फागुन २३ गते सार्वोच्चले एमाले र माओवादी ब्युँताइदिएपछि सत्ता समीकरण, सरकार गिराउने तथा बनाउने खेल भइरहेका छन् ।

गण्डकी प्रदेशमा भने त्यो कुनै खेल नहुने भएपछि माओवादी र जनमोर्चाको समर्थनमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ ढुक्कै छन् ।

सरकारको समर्थन गरिरहेको माओवादी गण्डकी प्रदेश सभामा सकसपूर्ण अवस्थामा छ । न सरकारबाट समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव पेस गर्न सक्छ, न सरकारबाटै हट्न चाहान्छ । ‘मन नमिलेरै पनि एउटै लहरमा बस्नुपर्ने अवस्था छ । संघमै के हुन्छ भन्ने यकिन नहुँदा गण्डकी प्रदेशमा झन् माओवादीलाई गाह्रो छ,’ माओवादीका एक सांसदले भने, ‘मन अमिलो पारेर सँगै बस्नुपर्ने छ । सरकारको समर्थन जारी राख्नुपर्ने छ ।’

संसद बैठकमा बुधबार दलका नेताले संवोधन गर्ने कार्यसूची छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । राष्ट्रिय राजनीतिको कारण सत्तारुढ दलको विरोध गर्नुपर्ने दबाब छ भने अर्कोतिर सरकारमै बसेर उसैको विरोध गर्न नैतिकरुपमा पनि दलका नेता तथा कानुनमन्त्री चुमानलाई संकट छ ।

‘देशको राजनीतिक घटनाक्रम जसरी अगाडि बढ्छ, त्यही कुरा राख्ने हो । हाम्रो विमति खास संघीय सरकारसँग हो, प्रदेशसँग होइन,’ कानुनमन्त्री चुमानले भने, ‘तत्काल सरकारको विरोध गर्ने, समर्थन फिर्ता लिने गण्डकीमा छैन ।’

दल फरक भए पनि सरकारबाट समर्थन फिर्ता नलिएकाले माओवादीर एमाले एउटै लहरमा बस्नैपर्ने बाध्यता छ । ‘मन मिले पनि, नमिले पनि एउटै लहरमा बस्नुपर्ने छ,’ माओवादी सांसद दीपक कोइरालाले भने, ‘पार्टीको केन्द्रीय कमिटीले निर्णय नगर्दासम्म यस्तै अवस्था रहन्छ ।’

१२ सदस्य रहेको माओवादीबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा कानुमन्त्री चुमान र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा गरी दुई जना छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेको मात्र २७ सीट छ । एमालेभित्रै विभाजन भएको माधवकुमार नेपाल समूहमा बागलुङका सांसद इन्द्रलाल सापकोटा एक्ला छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन पनि मुख्यमन्त्री गुरुङलाई नै छ । ३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले समर्थन गर्दा मुख्यमन्त्री गुरुङ ३१ सदस्य लिएर बहुमतका साथ सरकारमा ढुक्क छन् ।

गण्डकी प्रदेश सरकार गिराउन एमालेबाहेकका सबै दलको समीकरण चाहिन्छ । गण्डकीमा तत्काल त्यो अवस्था देखिँदैन । गण्डकीमा माओवादीका १२, कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । माओवादीबाट निर्वाचत सांसद नेत्रनाथ अधिकारी सभामुख छन् । सत्ता समीकरण र अविश्वासको प्रस्ताव ल्याउने कुनै चलखेल नहुने भएकाले मुख्यमन्त्री गुरुङलाई यतिबेला हाइसञ्चै छ ।

प्रदेश प्रमुखले अभिवेशन आह्वान गर्न पठाएको पत्र पढेर सुरु हुने संसद बैठकमा दलका नेताले बोल्ने क्रमसँगै बुधबारको बैठक सकिने संसद सचिवालयले जनाएको छ । अर्को बैठकमा पेस गर्न संसद सचिवालयमा अहिले ४ वटा विधेयक दर्ता भएका छन् । वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्राइभेट र्फम दर्ता नवीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आम सञ्चार विधेयक र महिला तथा बालबालिका सम्बन्धी विधेयक दर्ता भएका छन् ।

गत असोज २६ गतेदेखि प्रदेशसभाको बजेट अधिवेशन सकिएको थियो । जेठ १५ तिरबाट बजेट अधिवेशन पनि सुरु गर्नुपर्ने भएकाले विधेयक अधिवेशन धेरै दिन चल्ने छैन ।

कोभिड लगायतका विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टीले माग गरेपछि पुस २१ गते माघ ६ गतेसम्म विशेष अधिवेशन चलेको थियो ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

0

२५ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो ।

केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ ।

यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ ।

देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।

अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरुबीच कडा टक्कर हुने अनुमान छ ।

अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।

शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार छन् । यो प्यानलमा बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन् । यसैगरी सचिव पदमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एशोसिएट) उम्मेदवार बनेका छन् । कृष्ण गिरी कोषाध्यक्ष पदमा र द्वारिकाप्रसाद काफ्ले लेखा समितिको संयोजक पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस वर्ष प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ-आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् ।

प्रदेशमा सदस्यता भएकाले सम्बन्धित प्रदेशका लागि तथा उपत्यका, एशोसिएट र प्रतिष्ठान सदस्यहरुले आ-आफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । उनीहरुले आ-आफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारहरुलाई पनि भोट हाल्न पाउँछन् ।

काठमाडौं उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । काठमाडौंको हकमा प्रज्ञा भवन कमलादीको केन्द्रबाट मतदान भैरहेको छ ।

एशोसिएट सदस्यहरुको मतदानस्थल दशरथ रंगशालामा र प्रतिष्ठान सदस्यहरुका लागि १९ वटा केन्द्रमा मतदान भइरहेको छ ।

अनलाईनखबर बाट साभार

राईस कुकरमा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद

0

खाना पकाउने राईस कुकरमा लुकाएर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ ।

दुबईबाट आएका धनुषाका प्रगास महराले ल्याएको सुन भन्सार जाँच गर्दा फेला परेको थियो । ८ सय ८४ ग्राम सुनसहित उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

फ्लाई दुबईबाट आएका महराले कुकरको भित्रपट्टि पिँधमा सुन फिट गरेर ल्याएका थिए । कुकर खोलेर हेर्दा पनि लुकाएको पत्ता नलाग्ने गरी फिट गरेको सुन एक्सरे मेशिनमा देखिएपछि विमानस्थलमा खटिएका प्रहरी र भन्सार कर्मचारीले फोडेर हेरेका थिए ।

महरा धनुषाको मिथिला नगरपालिकाका स्थानीय हुन् । कुकर कम्पनीमा नै सो सुन फिट गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

कोरोना सङ्क्रमितको मृत्यु

0

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो ।

“भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर पाएको छु”, उहाँले भन्नुभयो, “अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।”

मृत्यु भएका कोरोना सङ्क्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो सङ्क्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेशनमा रहेका छन् । मङ्गलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति : कांग्रेस नेताहरू

0

नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले नेता जोशीको १२ औँ पुण्य तिथिका अवसरमा मङ्गलबार यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमान्दारी भएको बताएका हुन् ।

कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई दुई पाटोबाट हेर्नुपर्ने बताउनुभयो । “नेता जोशीलाई विसं २०४६ सालको जनआन्दोलन पहिले र जनआन्दोलन पछाडि गरी दुई पाटोबाट अध्ययन गर्नुपर्छ”, उहाँले भन्नुभयो । पार्टीभित्रको विवाद समाधानमा सदैव लाग्ने नेता जोशी सबैको प्यारो नेता भएको उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले स्वर्गीय जोशी विद्यार्थी आन्दोलनको अगुवा नेता भएको बताउनुभयो । “जोशीको निधनले देश र कांग्रेसले एक असल नेता गुमायो”, उहाँले भन्नुभयो । राजनीति गर्ने व्यक्तिले नवीन्द्रराजबाट पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले जोशीको निधनले नेविसङ्घ र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । आँखामा राख्दा नबिझाउने नेता स्व जोशी भएको उहाँको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले स्व जोशी अत्यन्त चतुर र शालीन नेता भएको बताउनुभयो । कांग्रेसको सङ्गठन विस्तारमा जोशीको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो ।