Sunday, May 3, 2026
Home Blog Page 1290

मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ

0

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा निज पक्राउ परेका हुन् ।

 

काम गर्ने क्रममा लड्दा कोरियामा एक नेपालीको मृत्यु

0

दक्षिण कोरियामा भएको दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ।

बागलुङको गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा मृत्यु भएको हो। घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन्।

्हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ। मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले जानकारी दिए।

नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

0

नेपाली राजनीतिमा अनौठो दृश्य देखिएको छ । प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला सर्वोच्च अदालतले गरेसँगै नयाँ सरकार गठनको रस्साकस्सीका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रुपमा कहिले विभाजित होला भन्ने प्रतिक्षामा केही दलहरु देखिएका छन् ।  नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष भएर राजनीतिक रुपमा विभाजित भएपनि कानुनी रुपमा एकै हुँदा नयाँ सरकार गठनको कोर्स अघि बढ्न नसकेपछि राजनीतिमा यस्तो दृश्य देखिएको हो ।

सरकारको नेतृत्व हाल नेकपाको केपी ओली पक्षले गरिरहेको छ । तर सर्वोच्चको फैसलापछि ओली सरकारलाई विस्थापित गर्न अर्थात नयाँ सरकार गठनका लागि नेकपाकै प्रचण्ड–नेपाल पक्षले सुरुमा काँग्रेस र त्यसपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गरिसकेको छ । तर दुबै दलले प्रचण्ड–नेपाल पक्षको दलको आधिकारिकताको प्रश्न उठाएका छन्  ।

खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

0

२०७६ मंसिर : १३ औं साग क्रिकेट
२०७६ माघ : नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज
२०७७ पुस : प्रधानमन्त्री कप महिला क्रिकेट
२०७७ माघ : प्रधानमन्त्री कप पुरुष क्रिकेट

२०७६ असोजमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सशर्त निलम्बन फुकुवा भएपछि नेपालमा आयोजना भएको क्रिकेटका अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता यत्ति हुन् ।

२०७६ मंसिरमा भएको १३ औं सागको क्रिकेट र माघमा भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल, ओमान र अमेरिकाको सिरिजमा नेपाल क्रिकेट संघ (क्यान)को भूमिका व्यवस्थापन मात्र हो । २०७७ माघमा भएको प्रधानमन्त्री कप क्रिकेट पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा भएको हो । यसमा पनि क्यानको भूमिका व्यवस्थापनमै सीमित भयो ।

अर्थात् १८ महिनामा क्यान आफैंले केही गरेन । यद्यपि क्यानका पदाधिकारीहरु निलम्बन पूर्ण रुपमा फुकुवा नभएको अवस्थामा पनि काम भइरहेको दाबी गर्छन् । कोरोना महामारीले पनि असहज बनाएको उनीहरुको भनाइ छ ।

सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

0

१५ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन फेल हुने भएकाले प्रचण्ड-माधव समूह डराएको बताएका छन् । त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको उनको दाबी छ ।

ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेरि एकवर्षसम्म अर्को राख्न नपाइने संवैधानिक व्यवस्था रहेको बताए । संसद विघटन भएको दिनमा अविश्वासको प्रस्ताव लगेको सुनेको भन्दै उनले भने, ‘मरेको प्रतिनिधिसभा व्यूँतिएपछि त्यो अविश्वासको प्रस्ताव पनि बाँच्यो होला नि भन्दा साथीहरु चुइँ बोल्नुहुन्न ।’

‘किन नबोलेको भन्दा एउटा त अविश्वासको प्रस्तावको सदस्य संख्या ठीक होइन । अरु बेलाका लागि भनेर गरिएको हस्ताक्षर प्रयोग भयो भनेर प्रश्न उठकै हो’ उनले भने, ‘अर्कोतिर उहाँ कुद्दै कहाँ जानुभयो रे ! त्यो ठाउँबाट तिमीहरुको आन्तरिक मामिलामा हामी किन पर्ने भन्दा अविश्वासको प्रस्तावको विजोग मात्र होइन, हरिबिजोग ।’

अविश्वासको प्रस्ताव हो भन्नासाथ अगाडि बढ्ने र फेल हुने उनको दाबी छ । नेता नेम्वाङले भने, ‘झन चाँडो निकालौैं भनेको केपी ओली त एक वर्षसम्म छुनै नसकिने भयो । त्यसकारण आज साथीभाइहरुलाई साह्रै अप्ठ्यारो पर्‍यो ।’

उनले संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओली झन बलियो भएको दाबी समेत गरे । संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि सरकार कामचलाउ भयो, महत्वपूर्ण निर्णयहरु गर्न पाइँदैन भनेको भन्दै नेम्वाङले भने, ‘अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद पुनस्थापित भयो, उहाँ झन दह्रो हुनुभयो ।’

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

0

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् ।

जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोपलाई अमेरिकामा अनुमति, एक डोजमात्रै लगाए पुग्ने

0

१६ फागुन, काठमाडौं । एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले प्रयोगमा अनुमति दिएको छ ।

जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्छ ।

यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो । यसअघि अमेरिकाले फाइजर र मोडर्ना खोपलाई पनि अनुमति दिइसकेको छ । फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्न डिप पि|mज आवश्यक पर्छ भने दुई डोज लगाउनुपर्छ ।

त्यसैले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप सस्तो हुने अनुमान गरिएको छ । यद्यपि यसको मूल्य सार्वजनिक भएको छैन । कम्पनीले जुन महिनाको अन्तिमतिर अमेरिकामा १० करोड डोज खोप उपलब्ध गराउने जनाएको छ ।