Sunday, May 3, 2026
Home Blog Page 1259

बलात्कारीलाई सात वर्ष कैद फैसला

0

उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ ।

बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । कैदसँगै वनले पीडित युवतीलाई रु ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो । वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

कञ्चनपुरमा फरार नौ प्रतिवादी पक्राउ

0

विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ भने केहीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छाडिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार चेक अनादर मुद्दामा दोषी ठहर भएका भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय अनिल रिजाल, लागुऔषध मुद्दाका भीमदत्त नगरपालिका–३ का २३ वर्षीय दिवश कुँवर, चोरी मुद्दाका पुनर्वास नगरपालिका–६ का मनिष विकलाई पक्राउ गरी अदालतमार्फत कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

यसैगरी अंश मुद्दाका फरार प्रतिवादी कृष्णपुर नगरपालिका–६ का उदयराज जोशी, जयराज जोशी र धनिराज जोशीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छाडिएको छ । भ्रष्टाचार मुद्दाका भीमदत्त–४ का महिमान सिंह विष्टलाई समेत जरिवान तिराई छाडिएको छ । मानव बेचविखन तथा ओसारपसार कसुर मुद्दामा वारदातपश्चात् भागी फरार रहेका प्रतिवादी पुनर्वास–६ का २४ वर्षीय चन्द्र विक सुनार, वर्ष २२ का आशा सुनार र सोही ठाउँ बस्ने वर्ष २४ का गुड्डु सुनारको हकमा अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास भइरहेको छ ।

फरार प्रतिवादीमध्ये चन्द्र विकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सवारी ज्यान मुद्दामा तीन वर्षदेखि फरार पुनर्वास–९ बिचफाँटाका ४५ वर्षीय लिला सुनार र वर्ष २४ का सागर विकको हकमा अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा सागर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

जन्मियो तीन लिङ्गी बच्चा

0

संसारमा कहिलेकाहीं अनाैठा घटना हुन्छन् । मध्यपूर्वी मुलुक इराकमा हालै मानव इतिहासकै पहिलो र अनौठो घटना भएको छ । त्यहाँ तीनवटा यौनाङ्ग भएको बच्चा जन्मिएको छ ।

इराकको मोसुल शहरमा अनौठो शारीरिक विकृतिसहितको बच्चा जन्मिएको हो। उक्त बच्चाको शरीरमा तीनवटा लिङ्ग भएको पाइएको छ ।

संसारमा कहिलेकाहीं अनाैठा घटना हुन्छन् । मध्यपूर्वी मुलुक इराकमा हालै मानव इतिहासकै पहिलो र अनौठो घटना भएको छ । त्यहाँ तीनवटा यौनाङ्ग भएको बच्चा जन्मिएको छ ।

इराकको मोसुल शहरमा अनौठो शारीरिक विकृतिसहितको बच्चा जन्मिएको हो। उक्त बच्चाको शरीरमा तीनवटा लिङ्ग भएको पाइएको छ ।

अनलाईनखबर बाट साभार

एउटा यस्तो गाउँ ! जहाँ बस्नको लागि एउटा अंग काट्नुपर्छ !

0

हुन त संसारका जुनसुकै ठाउँमा बसोबास गर्नेहरुले पनि विभिन्न नियम कानून तथा शर्तहरु पालना गर्नुपर्दछ। तर यो दुनियाँमा एउटा यस्तो ठाउँ छ, जहाँ बस्नका लागि आफ्नो शरीरको एउटा अंग नै काटेर फ्याक्नुपर्दछ।

हो, अन्टार्कटिका महादेशमा पर्ने भिल्ला लस एस्ट्रेलस नामक गाउँमा जान र बस्नका लागि शरीरको एउटा अंग काट्नै पर्दछ । उक्त गाउँमा गएर बस्न योग्य हुनका लागि काटेर फ्याँक्नुपर्ने अंग चाहिं एपेन्डिक्स हो, जुन ठूलो आन्द्राको एक भाग हो । जसलाई शरीरको अनावश्यक अंग मानिन्छ ।

उक्त गाउँ निकै विकट भएको हुँदा यथेष्ट सुविधाहरुको अभाव छ । तर किराना पसलदेखि बैंक, स्कूल, हुलाक र सानो अस्पताल चाहिं त्यहाँ छन् । स्कूलमा आधारभूत शिक्षा प्रदान गरिए पनि अस्पतालमा भने निकै सामान्य औषधि उपचार मात्र हुन्छ ।

हुन त अन्टार्कटिकामा एउटा ठूलो र सुविधा सम्पन्न अस्पताल पनि छ । तर उक्त अस्पताल भिलस लस एन्ट्रेलस गाउँभन्दा १ हजार किलोमिटर टाढा छ । त्यसैले यदि त्यहाँ कसैलाई एपेन्डिक्स दुख्ने समस्या उत्पन्‍न भएमा उपचार नपाएर ज्यान नै जाने जोखिम हुन्छ ।

उक्त गाउँ निकै विकट भएको हुँदा यथेष्ट सुविधाहरुको अभाव छ । तर किराना पसलदेखि बैंक, स्कूल, हुलाक र सानो अस्पताल चाहिं त्यहाँ छन् । स्कूलमा आधारभूत शिक्षा प्रदान गरिए पनि अस्पतालमा भने निकै सामान्य औषधि उपचार मात्र हुन्छ ।

हुन त अन्टार्कटिकामा एउटा ठूलो र सुविधा सम्पन्न अस्पताल पनि छ । तर उक्त अस्पताल भिलस लस एन्ट्रेलस गाउँभन्दा १ हजार किलोमिटर टाढा छ । त्यसैले यदि त्यहाँ कसैलाई एपेन्डिक्स दुख्ने समस्या उत्पन्‍न भएमा उपचार नपाएर ज्यान नै जाने जोखिम हुन्छ ।

यो गाउँ बाह्रै महिना हिउँले ढाकिएको हुन्छ । गाउँमा सार्वजनिक यातायातको राम्रो सुविधा छैन। त्यहाँ पुग्नका लागि ट्रक तथा र्‍याफ्टिङ बोटको प्रयोग गर्नुपर्दछ । त्यहाँको तापक्रम सधैं माइनसमा रहन्छ । तर पनि अन्टार्कटिकाभित्रको त्यो तुलनात्मक रुपमा गर्मी ठाउँ मानिन्छ ।

अनलाईनखबर बाट साभार

निकालियो सबैभन्दा लामो दूधे दाँत

0

क्यानडामा एकजना १० वर्षे बालकले संसारकै सबैभन्दा लामो दूधे दाँतको विश्व कीर्तिमान कायम गरेका छन् । ल्यूक बोल्टन नामका ती बालकको २.६ सेन्टिमिटर लामो दुधे दाँत निकालिएको हो ।

क्रिस म्याक आर्थर नामका डाक्टरले सन् २०१९ मा उक्त दाँत निकालिदिएका थिए । त्यतिबेला बोल्टन ८ वर्षका थिए । गिनिज बुकमा नाम दर्ज गराउने प्रयोजनका लागि उनको उक्त दाँत सुरक्षित राखिएको थियो ।

अन्ततः गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले उनलाई विश्वकै लामो दुधे दाँतको कीर्तिमानी प्रमाणपत्र प्रदान गरेको हो ।

बोल्टनभन्दा अगाडि यो कीर्तिमान अमेरिकाको ओहियोका कुर्टिस ब्याड्डी नामका १० वर्षीय बालकको नाउँमा थियो । उनको निकालिएको दाँत २.४ सेन्टिमिटर रहेको थियो ।

अनलाईनखबर बाट साभार

बजेट छलफल : पुराना कार्यक्रम अलपत्र, नयाँ थप्न होड

0

२५ चैत, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको प्रक्रिया जारी रहँदा अर्थमन्त्री, अर्थसचिव र मन्त्रालयबाट बजेट निर्माणमा खटिएको कोर टीम विभिन्न मन्त्रालयहरुसँग द्विपक्षीय छलफलमा केन्द्रित छन् । यस्तो छलफल समेत अब अन्तिम चरणमा पुगेको छ । यसक्रममा अर्थका अधिकारीहरुको चासो मन्त्रालयहरुबाट आउने नयाँ कार्यक्रमतर्फ बढी छ । कम स्रोतका बीच लोकप्रिय बजेट निर्माण गर्नुपर्ने चूनौतीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् ।

मन्त्रालयहरुसँगको प्रि बजेटमा नियमित बसिरहेका अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालका अनुसार अहिले मन्त्रालयहरुलाई नीतिगत रुपमा मार्गदर्शन गर्ने काम भइरहेको छ । तर, पुराना कार्यक्रम थाती रहेपनि नयाँ कार्यक्रम प्रस्ताव गर्ने परिपाटी भने विगतमा जस्तै अहिले पनि उस्तै देखिन्छ । ‘सुन्दा राम्रो लाग्ने कार्यक्रम पनि कार्यान्वयन गर्न सकिन्न भने बजेटमा नराखौं भन्ने हाम्रो राय छ,’ उनले अनलाइनखबरसँग भने, ‘सोही मार्गदर्शन प्रि बजेट छलफलका क्रममा दिइरहेका छौं ।

सोहीकारण अर्थले मन्त्रालयहरुलाई नयाँ कार्यक्रम प्रस्ताव गर्दा समेत मोडालिटीमा स्पष्ट भएर मात्र बजेट प्रस्ताव गर्न आग्रह गरेको छ । तयारी सम्पन्न नभएका आयोजनामा बजेट नराख्न आग्रह गर्दै राख्नै परे नयाँ आयोजनाको अध्ययनका लागि मात्र बजेट प्रस्ताव गर्न समेत अर्थले विभागीय मन्त्रालयहरुलाई आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले अहिलेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाइ, खानेपानीसहितका विकासे मन्त्रालयसँग छलफल गरिसकेको छ । बजेटमा नयाँ कार्यक्रम राखी मतदाता रिझाउन सडक, विमानस्थल र शहरी विकासका धेरै योजनाको माग हुने गरेको छ ।

यसबाहेक कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग समेत अर्थ मन्त्रालयले प्रिबजेट छलफल सम्पन्न गरिसकेको छ । यसबीचमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समेत अर्थले छलफल गरिसकेको छ । सबै मन्त्रालयसँग नयाँ कार्यक्रममा लोभ नगर्न अर्थका अधिकारीहरुले सुझाव दिएका छन् । ‘अहिलेको छलफल नीतिगत मार्गदर्शनमै बढी केन्द्रित छ,’ सहसचिव दाहाल भन्छन्, ‘तर, बजेट कस्तो आउने भन्ने बाटो यी छलफलाबाटै तय हुनेछ ।’

राष्ट्रिय योजना आयोगले पठाएको सिलिङ अनुसार धेरैजसो मन्त्रालयले बजेट प्रस्ताव गरिसकेका छन् । आयोगले पठाएको बजेट सिलिङको सीमा कम भएको भन्दै मन्त्रालयहरुले गुनासो समेत गरिरहेका छन् । मन्त्रालय स्रोतका अनुसार चालु आवको तुलनामा धेरैजसो मन्त्रालयलाई बजेट सिलिङमा कटौती गरिएको छ । त्यसमा पनि राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र सरकारले घोषणा गरेका केही महत्वकांक्षी आयोजनामा एयरमार्क गरेरै बजेट राख्न भनिएको छ । जसले गर्दा मन्त्रालयहरुले मन फुकाएर नयाँ कार्यक्रम ल्याउन पाएका छैनन् ।

बजेटलाई आर्थिक पुनरुत्थानमा केन्द्रित गर्ने प्रयास

अर्थ मन्त्रालयले विभागीय मन्त्रालयहरुलाई दिएको मार्गदर्शनको पहिलो प्राथमिकता कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव र यसको न्यूनिकरणमा हुनुपर्ने उल्लेख छ । सोहीकारण मन्त्रालयहरुलाई पनि त्यसतर्फ लक्षित भई बजेट प्रस्ताव गर्न भनिएको थियो ।

सहसचिव दाहालका अनुसार सबै मन्त्रालयले आर्थिक पुनरोत्थान र रोजगारी सिर्जनामा कसरी योगदान गर्न सक्छन् भनी बजेट प्रस्ताव मागिएको छ । ठूला पूर्वाधार आयोजना कार्यान्वयनको निरन्तरताको माग गरिएको छ । कृषि क्षेत्रको विकास, सामाजिक विकासमा लगानी निरन्तरता, क्षेत्रगत र प्रादेशिक सन्तुलन तथा दीगो विकास लक्ष्यलाई समेत बजेट निर्माणको आधार बनाउन भनिएको छ । आयोजना वर्गिकरण सम्बन्धी मापदण्डको पालना गर्न अर्थ मन्त्रालयले मन्त्रालयहरुसँग आग्रह गरेको छ ।

लोकप्रिय बन्नेछ बजेट !

आगामी आवका लागि सरकारले लोकप्रिय बजेट ल्याउने संकेत स्वयमः प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । उनले जसले जति आलोचना गरे पनि वृद्धभत्ता बढेर मासिक ५ हजार पुग्ने घोषणा अघिल्लो साता एक सार्वजनिक कार्यक्रमबाटै गरेका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमका नाममा सांसदलाई जाने रकम कटौतीको सम्भावना यो वर्ष पनि छैन । कोरोनाबाट प्रभावित बनेको अर्थतन्त्र उकास्न आर्थिक प्याकेज ल्याउनु पर्ने दबाव समेत सरकार समक्ष रहेको छ ।

अनलाईनखबर बाट साभार

प्युठानमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

0

प्युठानमा भएको आगलागीको घटनामा दुई बालबालिकाको मृत्यु भएको छ ।  जिल्लाको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको  ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बुधबार विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको प्रहरीको भनाइ छ । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

रातोपाटीबाट साभार

गण्डकीमा माओवादीका मन्त्रीले राजीनामा दिने निर्णय

0

पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिने भएको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी पार्टीलाई ब्युँताउने फैसला गरेपछिको अवस्थामा माओवादी सरकारबाट बाहिरिन लागेको हो । गण्डकी प्रदेश सरकारमा रहेका माओवादीका तर्फका दुई मन्त्रीले राजीनामा दिने निर्णय भएको छ ।

माओवादी संसदीय दलको बुधबार विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको प्रदेश अर्थ विकास समितिका सभापति एवं माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जानकारी दिए । उनले तत्काल गण्डकी प्रदेश सरकारबाट बाहिरिएर नयाँ सरकार बनाउन समीकरणका लागि प्रयास गर्ने निर्णय बैठकमा भएको बताए । माओवादी केन्द्रबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा रहेका छन् ।

गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । नयाँ सरकार बनाउनका लागि ३१ साँसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश सभामा हाल एमालेका २७, माओवादीका सभामुखसहित १३ सांसद, नेपाली काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।

मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई छ । एमालेका २७ र दीपक गुरुङ सहित सरकारका पक्षमा २८ सांसद छन् । सरकार बचाउनका लागि एमालेलाई थप ३ सांसदको आवश्यकता पर्छ ।

प्रदेश सभामा ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले साथ दिएको अवस्थामा एमालेको सरकार कायम रहने अवस्था छ ।

यदि जनमोर्चाले पनि समर्थन फिर्ता लिएको अवस्थामा काँग्रेसको समर्थन आवश्यक पर्दछ । प्रदेशमा एमाले बाहेकको नयाँ सरकार गठन गर्नका लागि सवै राजनैतिक दल एक ठाउँमा उभिनु पर्ने अवस्था छ ।

रातोपाटीबाट साभार

बिना काम घरमा बसिरहेका कपिल शर्मासँग जब प्रशंसकले मागे काम, दिए यस्तो जवाफ

0

भारतीय हास्यकलाकार कपिल शर्मा इन्डष्ट्रिको एक चर्चित नाम हो । कपिल शर्माको चर्चित ‘द कपिल शर्मा शो’ यसै वर्ष फेब्रुअरीदेखि बन्द भएको छ । यो कुराले कपिलका प्रशंसकलाई एक किसिमको खालीपन दिएको छ । कपिललले ट्वीटरमा हालै शो पुनः सुरु हुन लागेको बारे घोषणा गरेका थिए । उनको शो सन् २०२१ मेदेखि पुनः प्रशारणमा आउनेछ । यसैबीच कपिलका एक प्रशंसकले सोसल मिडियामा उनीसँग काम गर्ने इच्छा व्यक्त गरे । प्रशंसकको यो प्रश्नमा कपिलको जवाफ हाल चर्चाको विषय बनेको छ ।

मंगलबार बेलुका कपिलले आफ्ना थुप्रै प्रशंसकको प्रश्नको जवाफ दिए । यसै क्रममा कपिल शर्मालाई एक प्रशंसकले सोधे, ‘म तपाईंसँग काम गर्न चाहन्छु । के मैले मौका पाउन सक्छु ?’ कपिलले यसको आफ्नै शैलीमा जवाफ दिँदै लेखे, ‘म त अहिले आफैं घरमा बसिरहेको छु भाइ ।’

स्मरण रहोस्, यसअघि सोसल मिडियामा एउटा पोस्टमार्फत् कपिलले आफ्नो शोमा नयाँ कलाकार र लेखकलाई काम दिने कुरा गरेका थिए । कपिल शर्माले हालै ट्वीटरमा एउटा पोस्ट गरेका थिए । कपिलले आफ्नो छनोट भएको र अब तपाईंको पालो भन्दै  पोस्ट गरेका थिए । कपिलले एउटा पोस्ट रिट्वीट गर्दै लेखेका थिए, ‘कपिल शर्माको टीमले राइटर र एक्टर खोजिरहेको छ, पूरा हिन्दुस्तानलाई हसाउने तपाईंको लागि यो मौका हो । ’

रातोपाटीबाट साभार

शरीर र दिमागलाई फिट राख्नुछ भने दैनिक गर्नुहोस् यी पाँच काम

0

हरेक वर्ष ७ अप्रिलमा विश्व स्वास्थ्य दिवस मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य स्वास्थ्यप्रति मानिसहरुलाई जागरुक बनाउनु हो । एक स्वस्थ शरीरका लागि शारीरिक नभई मानसिक रुपमा पनि फिट हुन आवश्यक छ । आफ्नो जीवनशैलीमा यी पाँच कुरा अपनाएर तपाईं आफूलाई पूर्ण रुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

स्वस्थ रहनका लागि सबैभन्दा आवश्यक भनेको स्वस्थ खानपिन आवश्यक पर्छ । एकदिनमा कम्तीमा तीन स्वस्थ र पौष्टिक खाना खानुहोस् । बेलुकाको खाना सधैं हल्का खानुहोस् । आफ्नो खानामा धेरै फलफूल समावेश गर्नुहोस् । साग सब्जी, हेल्दी फ्याट र प्रोटिनले भरपुर खानेकुरा आफ्नो खानामा समावेश गर्नुहोस् ।

मिठो निद्राः

स्वस्थ शरीरका लागि मिठो निद्रा निकै आवश्यक छ । जो मानिसहरु राती राम्रोसँग सुत्न सक्दैनन् उनीहरु धेरैजसो कुनै न कुनै रोगबाट ग्रसित हुन्छन् । मिठो निद्राको असर शरीर र दिमाग दुबैमा पर्छ र यसले बिरामी हुने सम्भावना निकै नै हुन्छ । यदि तपाईंलाई राम्रोसँग निद्रा लाग्दैन भने राती कफी पिउनबाट बच्नुहोस् र अबेरसम्म उठ्ने पनि नगर्नुहोस् ।

तनावबाट टाढै रहनुहोस्ः

तनाव लिँदा तौल बढ्नुका सातै विभिन्न प्रकारको मानसिक रोगको खतरा बढ्ने गर्छ । तनाव हटाउनका लागि तपाईं व्यायाम गर्न सक्नुहुन्छ वा बाहिर हिँड्न सक्नुहुन्छ । ब्रिदिङ एक्सरसाइज वा ध्यानले पनि तनाव कम गर्न मद्दत गर्छ ।

व्यायामः

स्वस्थ र फिट रहनका लागि सबैभन्दा आवश्यक चिज भनेको व्यायाम हो । शोधमा पनि यो कुरा पुष्टि भइसकेको छ कि जो मानिसहरु हप्तामा तीन पटक वा सोभन्दा बढी व्यायाम गर्छन् उनीहरु राम्रो र स्वस्थ जीवनयापन गर्छन् । यसका लागि तपाईं नृत्य, योगा, एरोबिक्स र रनिङ पनि गर्न सक्नुहुन्छ ।

मानसिक स्वास्थ्यमा ध्यान दिनुहोस्ः

शरीरका साथै तपाईंले आफ्नो मानसिक स्वास्थ्यमा पनि त्यति नै ध्यान दिनुपर्छ । तपाईं मानसिक रुपमा जति स्वस्थ हुनुहुनेछ, शारीरिक रुपमा त्यति नै फिट हुनुहुनेछ । आफ्नो भावनामाथि तपाईंको निकै राम्रो नियन्त्रण हुन आवश्यक छ ।

रातोपाटीबाट साभार