Sunday, May 3, 2026
Home Blog Page 1256

अल्पसंख्यक किसान जातिका अनौठा खानेकुरा

0

किसान जाति सुदूर पूर्वी भेग झापाको मेची नगरपालिका क्षेत्रमा बसोबास गर्ने एक जाति हो । उक्त नगरपालिकाको पशुपति गाउँ, सतीघट्टा, खुटीडागी जस्ता क्षेत्रमा मात्रै बसोबास गर्ने यो जातिलाई सतार, राजवंशी, धिमाल र मेचे जातिकै समूहमा राखेर आदिवासीको रुपमा मानिन्छ । तर डोरबहादुर विष्टले लेखेको पिपुल अफ नेपालमा भने किसान जातिको बारेमा उल्लेख गरिएको छैन ।

किसान जातिको नेपालमा बसोबास कहिलेदेखि भयो भन्ने बारेमा यकिन जानकारी प्राप्त भएको छैन । एम.एको भिलेज प्रोफाइल तयार पार्ने क्रममा कुल बहादुर बिष्टले यो जातिलाई भारतको पश्चिम बंगालमा अँग्रेजहरुले चिया खेतीको विकास गरेपछि चिया बगानका काममा लगाउन राँचीबाट ल्याएको जाति हो भन्ने उल्लेख प्राचीन नेपालमा केशवप्रसाद अधिकारीले प्रकाशित गरेका छन् । राँचीबाट बेलाबलामा उनीहरुलाई भेट्न त्यहाँका एमएलए समेत आउने गरेको प्राचीन नेपालमा प्रकाशित उक्त अनुसन्धानमूलक आलेखमा उल्लेख छ ।

किसान जातिको बारेमा अनुसन्धानरत भीम किसानले दिएको जानकारीको आधारमा उनीहरूको भेषभुषा र रहनसहनको बारेमा तल उल्लेख गरिएको छ ।

किसान जातिको भेषभुषा
किसान जातिमा केही मौलिक र केही अन्यबाट प्रभावित पोसाक संस्कार रहेको पाइन्छ । किसान पुरुषहरु कमिज र धोती लगाउने गर्छन् । किसान महिलाहरु धोती र ब्लाउज लगाउँछन् । पुरुषको आफ्नै मौलिक खालको गहना छैन । सामान्यतया किसान पृुरुषहरु गहना नै लगाउँदैनन् । महिलाहरु भने चाँदुवा –चाँदीको मोहर पैसाको माला) लगाउने गर्छन् भने सिक्री, तर्की (झुम्का) लोला (टप), बेरा –मोटा मोटा चाँदीका चुरा) चुरी आदि रहेका छन् ।

यसका अतिरिक्त किसान महिलाहरु कम्मरमा धुन्सी(पेटी), खुट्टामा पैह्री –कल्ली जस्तै तर गोलो आकृतिको होइन) र खुट्टाको औलामा झटिया लगाउने गर्छन् । कपालमा खङ्सो, चौरी (धागो) लगाउँछन् । यिनीहरुले लगाउने यी सबै गहनाहरु चाँदीबाट बनाइएका हुन्छन् । जति धनी भएपनि यिनीहरु पहिले सुनका गहना लगाउँदैन थिए । तर अहिले यो संस्कृति परिवर्तन भइसकेको किसान बताउँछन् । किसान महिलाहरुले नाक छेड्दैनन् । त्यसैले यिनीहरु फुली लगाउँदैनन् । किसान महिलाहरुलाई चिन्ने यो सरल उपाय हो । किसान महिला तथा पुरुष दुवैले आफ्ना हातका पाखुरा र खुट्टाका पिडुलामा कुनै पनि देवीदेवता वा कसैको पनि आकृतिको टाटु खोपाउँदैनन् ।

किसान जातिको सांस्कृतिक विशेषता
किसानहरु समाजमा आपसमा मिलेर बस्न रुचाउँछन् । झै-झगडा परिहाल्यो भने त्यसको छिनोफानो गर्नको लागि आफ्नै महतोको व्यवस्था गरेका हुन्छन् । किसानहरूको आफ्नो छुट्टै परम्परागत संस्था हुन्छ जसको नाम कछेरी हो। त्यसको प्रमुखलाई महतो भनिन्छ । महतोको सहायक व्यक्तिलाई उकिल भन्ने गरिन्छ । महतोको अनुपस्थितिमा उकिलले उसको काम गर्ने गर्छ । त्यसबाहेक अर्को पद सिपाही भन्ने हुन्छ । उसको काम दोषीलाई पक्रिएर कचेरीमा उपस्थित गराउनु हो । कहिलेकाहीँ बालक भएमा उसकी आमा वा परिवारका अन्य सदस्यले उसको काममा सहयोग गर्छन् । चोरी डकैती र ज्यानमार्ने कार्यबाहेक प्रायः अरु सबै झै-झगडामा प्रायः अरु सबै किसिमका झै-झगडाको छिनोफानो राजाले गर्छन् ।

किसानहरु राँगा खाँदैनन् । राँगाको मासु खाने कंवर जातिलाई उनीहरु तल्लो जात मान्ने गर्छन् । उराव किसानको सबभन्दा तल्लो जात हो । उनीहरु गोरुको मासु खान्छन् । रागो र गोरुको मासु खानेसँग नखाने किसान जातिले विवाह गर्न मान्दैनन् । कंवर र उराव केटीको विवाह भइहाल्यो भने त्यसलाई स्वीकार गर्ने कि नगर्ने ? अधिकार तिनै महतोमा निहीत हुन्छ ।

किसान जातिमा कसैले गल्ती गरिहाल्यो भने पहिलेपहिले ३ किसिमको दण्डको व्यवस्था थियो । पहिलो शारीरिक दण्ड दिइन्थ्यो । शारीरिक दण्ड अनुसार गल्ती अनुसारको कुटपिट गर्ने चलन थियो । दोस्रो त्यतिले पुगेन भने गाउँ निकालासम्म हुन्थ्यो । त्यसलाई भौतिक दण्डको रूपमा मान्ने चलन छ ।

किसान जातिको खानपान संस्कार 

किसान जातिको खानपान संस्कारमा उल्चालाई विशेष खानाको रूपमा मान्ने गरिन्छ । उल्चा रोटी फागुनको फगुवामा खाने गरिन्छ । यो चामलको पिठोबाट बनाउने गरिन्छ । त्यस्तै तहाडी भन्ने अर्को परिकार हुन्छ । यो बिरयानी जस्तै हुन्छ। यो लोकल कुखुराको मात्रै बन्छ । यो कुल पूजामा मात्रै खाने परिकार हो ।

लोसोरा चामलको पिठोको तातो तातो बनाएर चिनी हालेर खाने परिकार हो । कुडुङ लोसोरा जस्तै हो । तर सुख्खा कोहंरी यो चाहिँ मकैको पनि हुन सक्छ । यो उसिनेर बनाएको हुन्छ । यो परिकार सिमीको सुकेको दाना र गहुँ आदिको हुन्छ । किसानहरूले जंगली च्याउ अत्यधिक खाने गर्छन् । यसबाहेक पनि उनीहरू माछाको सौखिन हुन्छन् । यसबाहेक घुँगी पनि किसान जातिको मौलिक खाना हो ।

अनलाईनखबर बाट साभार

सिक्किममा जारी ए डिभिजन लिग क्रिकेटमा नेपाल पुलिसको शानदार जित

0

२७ चैत काठमाडौं । नेपाल पुलिस क्रिकेट टिमले भारतको सिक्किममा जारी खानचेन्डजोङ्गा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा शानदार जित हासिल गरेको छ ।

शुक्रबार भएको आफ्नो पहिलो खेलमा समूह ए मा रहेको पुलिसले ह्वाइट कन्च क्रिकेट क्लब (डब्लूसीसीसी)लाई १० विकेटले पराजित गरेको हो ।

पुलिसले ६३ रनको सामान्य लक्ष्य ७.४ ओभरमा बिना क्षति पूरा गर्‍यो । ओपनर सुनिल धमलाले ३० बलमा ३ चौका र १ छक्कासहित अविजित २९ रन बनाए । यस्तै अमित श्रेष्ठ १७ बलमा ४ चौकासहित २१ रनमा अविजित रहे ।

त्यसअघि सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा पहिला ब्याटिङ गरेको डब्लूसीसीसी पुलिसको धारिलो बलिङ सामु टिक्न सकेन र २४.५ ओभरमा ६२ रनमा अलआउट भयो ।

विनित कुमारले ३१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २३ रन बनाए भने यावर हुसेनले १४ रन जोडे । डब्ल्यूसीसीसीका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि राशिद खानले ५ ओभरमा ३ मेडन राख्दै ४ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले ७ ओभरमा २ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । अनिल खरेलले जम्मा ५ बल बलिङ गर्दै ६ रन खर्चेर २ विकेट हात पारे । योगेन्द्रसिंह कार्की र गुलसन झाले १–१ विकेट लिए ।

पुलिसले दोस्रो खेलमा शनिबार रोयल नर्थन ब्रदर्शसँग खेल्नेछ ।

अनलाईनखबर बाट साभार

कुँवरको घरजग्गा रोक्का गर्न सरकारसँग माग

0

२७ चैत, पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदूतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको छ । अहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ ।

बुधबार भएको सर्वपक्षीय भेलाले सामाजिक संस्थाको पदमा बसेका व्यक्तिले यति ठूलो बदमासी गर्नु निकै दुःखद भएको ठहर गरेको छ । साथै पोर्चुगल प्रहरीमा कुँवरविरुद्ध उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरको कार्यालयले जिम्मेवारी लिएर पहलकदमी गरिदिने अवैतनिक महावाणिज्यदूत हमालले बताए ।

सञ्चालक कुँवर भने अहिले फरार छन् । नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भएलगत्तै पोर्चुगलका नेपाली सामाजिक सङ्घसंस्थाले विरोध गरेका थिए । उनीहरूले आरोपित पीडकलाई कारवाही गर्न र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत तथा नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेका थिए ।

अनलाईनखबर बाट साभार

 

दुःखले मार्नमात्रै खोज्छ तर मार्नैचाहिँ सक्दैन

0

म पृथाको खोजीमा हिँडेको थिएँ । पाण्डु पनि खोज्ने मेरो लक्ष्य थियो । मैले माद्रीलाई पनि खोजें । भाषा, संस्कृति र इतिहास पढ्दापढ्दै म आफैं देवव्रत भएछु ।

पृथा खोज्न हिँडेको म धर्म पनि बन्न पुगें । मेरो घरायसी परिवेश र ऋषिमन भएका पिताको उत्प्रेरणाले कृपाचार्य र जङ्गलमा तपस्या गर्ने वानप्रस्थी ऋषि सन्न्यासी बनायो मलाई । यस्तैयस्तै परिवेशले उपन्यास ‘विवर्तन’लाई जन्माएको हो ।

विवर्तन उपन्यास कसरी लेखियो भन्नेबारे रोचक अनुभव छ । यो अनुभव कथात्मक रुपमा पाठकसमक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु । उपन्यासको विषयवस्तु महाभारतमा आधारित छ । जैविक रूपले पाण्डव पाण्डुका छोरा नभए पनि महाभारतप्रति आस्था भएका तमाम पाठक पाण्डवलाई पाण्डुकै नामबाट चिन्छन् । विवर्तनमा महाभारतमा व्यासले वर्णन गर्न नभ्याएका कतिपय स–साना सन्दर्भ परिकल्पना गरिएको छ । उपन्यासमा ग्रामीण भेगमा प्रचलित लोकविश्वासले स्थान पाएको छ ।

२०६४ सालको हिउँद लागेपछि म हरिद्वारतिर लागेँ । त्यतिखेर महाभारतकी पृथालाई खोज्न भनेर निस्किएको थिएँ । गङ्गाको किनारकिनारै मैले ती सन्यासीहरूको खोजी गरेँ जसले मलाई महाभारतकै तर महाभारतभन्दा पृथक कथा भनोस् । तर फेला परेनन् ।

खानपान, नाचगान, वस्त्राभूषण, चाडपर्व सबै गृहस्थबाटै परिचालित हुन्छन् । सांसारिकताबाट विरक्तिएका तपस्वी सन्न्यासीहरूको संस्कृति भन्नु नै तप हो । तैपनि जति देखाउँदा सहज लाग्छ त्यति मात्रै देखाएँ । अन्त्यमा आफ्नै कथा लेखेँ ।

अन्तिममा खड्खडी माथिको पहाडमा मैले केही सन्न्यासी भेला भएर अन्तर्क्रिया गरिरहेको फेला पारेँ । त्यो वास्तवमा मनको आस्था र अनुपलब्धीमूलक खोजी मात्रै थियो । कथानकको मोटामोटी खाका त्यही वार्ताबाट तयार पारेर म एक हप्तापछि नेपाल फर्किएँ । तर त्यसले मलाई सन्तुष्ट बनाउन सकेन । कारण पात्रहरू मैले चाहेजसरी खुलिरहेका थिएनन् । पछि पढ्दा आफैंलाई अनौठो लागिरहेको थियो ।

सबै पात्र तयार भएपछि र उपन्यासका मोटामोटी खाका तयार भएपछि महाभारत पढें । यी सबै पात्रलाई त्यहाँकै पात्रसँग जोडें । महाभारतकै भूगोलको परिकल्पना गरें । आजको भूगोल महाभारतकै भूगोल हो । बेला–बेलामा आउने भूकम्पका कारण भूस्खलन भएर चोइटिएका पहाड र नदीले परिवर्तन गरेका धारभन्दा बढी आज नाम मात्रै परिवर्तन भएका हुन् । फेरि पनि अग्निपुराण, भागवत र महाभारतमै भएको भूगोलको वर्णनमा एकरूपता छैन । मैले आफ्नै प्रकारको भूगोलको परिकल्पना गरेँ । मेरो परिवेशका पात्रलाई विशिष्टीकरण गर्न व्यास, मनु, कौटिल्य, पतञ्जली, पाणिनि आदिका पाना पल्टाएँ । पात्रको मनोदशा तयार पार्न फ्रायडको खोजी गरेँ ।

मेरो बानी थियो पढ्दा राम्रो लागेको लाइनहरूलाई टिपोट गरेर राख्ने । तिनीहरूलाई उपन्यासमा अन्तिमतिर काम गर्दा उपयोग गरेँ । त्यसले उपन्यासलाई आधारभूत अनुसन्धानको स्तरमा पुर्‍याएको छ भन्ने मेरो बुझाइ छ तर त्यसमा सन्दर्भ उल्लेख गरिएको छैन । २०६२ सालदेखि कक्षामा व्याख्यान गर्न तयार पारिएका सामग्री त पेसासँग जोडियो नै । स्नातकोत्तर गर्दा पढिएका सिद्धान्तका व्याख्यान उपन्यास लेख्दा मस्तिष्कमा आएनन् भन्न सक्ने अवस्था नै रहेन । मलाई भिक्षु शैलीले भन्दा मैनालीशैलीले बढी आकर्षित गर्‍यो । गोठाले शैली पनि कम घतलाग्दो छैन । विवर्तन यसरी मेरा जीवनका धेरै पक्षसँग जोडिएर आएको छ । स–साना कथाका परिवेशहरू लम्बिएर उपन्यास बनेँ । वास्तवमा मेरो लेखनको गति पनि त्यस्तै रह्यो ।

मैले पृथाको अनुभूति लेख्नु थियो । त्यसैले उपन्यासभित्र अर्को सानो उपन्यास बन्न पुग्यो । खण्ड तीनदेखि नौको करिब अन्त्यसम्म पृथालाई नै उपन्यासको समाख्याता बनाएँ । उसको सम्पूर्ण जीवन उसकै मुखबाट भन्न लगाएँ । दरबारभित्रको गोप्य बैठकको सूचनाका लागि तमोजा तयार पारेँ । तमोजा खोज्न मत्स्य पुराण पुगेँ । तमोजाको हुबहु कुरा धर्मलाई सुनाउने पृथाको वर्णनशैलीमा अलिकति टालटुल पारिएको देखिएला । हो पनि त्यस्तै । तमोजा उपन्यासभरिको कान्छो पात्र हो ।

नारी र पुरुषको समागम र प्रेमको अन्तर्सत्य के हो भन्नेमा म लामो समयसम्म अन्यौलमा परिरहेँ । पुरुषलाई उत्तेजित गराउँछ बीजले । बीजाधान गरेपछि उसको उत्तेजना समन हुन्छ । यो त आफैँ अनुभव भयो । तर नारी किन समागम गर्छे ? शारीरिक सन्तुष्टिका लागि वा मातृत्वका लागि ।

मातृत्वका लागि मात्रै हो भने दैनिक रूपमा शरीर बेचेर खाने समूहलाई कसरी परिभाषित गर्ने ! पुरुषसँग समागम चाहने तर बच्चा जन्माउन नचाहने अर्को समूहलाई कसरी परिभाषित गर्ने ! यदि शारीरिक सन्तुष्टि मात्रै हो भने पीडामय गर्भावस्थालाई र प्रसववेदनाको अत्यन्त दुःखद स्थितिको सामना किन गर्ने ! यी र यसखाले प्रश्नले उपन्यास लेख्ने बेला बेचैन बनाइरह्यो ।

अन्त्यमा मातृत्व नै सबै क्रियाकलापको केन्द्रमा रहन सक्छ भन्ने निष्कर्ष निकालेँ । यसलाई दार्शनिक स्तरमा समेत व्याख्या गरिएको र अझै गर्न सकिने देखेँ साथै मानिसभन्दा अन्य प्राणीमा पनि यही घटित हुँदो रहेछ भन्ने देखियो । यसरी एउटा समस्याको समाधान गरेर पृथालाई तयार पारेको हुँ । मलाई सजिलो के भयो भने उपन्यासको अन्तिमतिर धर्म, वायु र इन्द्रलाई फर्काएँ र पृथालाई सहयोग गर्न लगाएँ । तर पृथामा उनीहरूप्रतिको पूर्ववत अनुराग भने देखाइन । त्यसपछि मैले केही भन्नु नै परेन, सबै घटनाले नै मैले देखाउन खोजेको कुरा भनिदियो ।

उपन्यासमा पूर्वीय संस्कृतिको विविध पक्ष पनि देखियोस् भन्ने शुभेच्छुकहरूको चाहना थियो । तर विषयवस्तु उच्च हिमालीक्षेत्र हंसकूटबाट प्रारम्भ भएर हस्तिनापुर प्रवेशसम्म मात्रै सीमित छ । वनमा तपस्या गर्न गएका वानप्रस्थीहरूको के संस्कृति हुन्छ ? संस्कृति त गृहस्थहरूको हुन्छ । खानपान, नाचगान, वस्त्राभूषण, चाडपर्व सबै गृहस्थबाटै परिचालित हुन्छन् । सांसारिकताबाट विरक्तिएका तपस्वी सन्न्यासीहरूको संस्कृति भन्नु नै तप हो । तैपनि जति देखाउँदा सहज लाग्छ त्यति मात्रै देखाएँ । अन्त्यमा आफ्नै कथा लेखेँ ।

म संस्कृत दर्शनको विद्यार्थी । विगतमा आश्रम बसाइको अनुभव पनि छ । त्यसैले कहिलेकाहीँ लाग्छ, ‘संसार त साँच्चिकै मायामात्रै हो । अन्तश्चेतनाले कुनै भोग माग्दैन । भोग मनले माग्छ । अन्तश्चेतनाको बोध हुनुपर्छ । म त्यतातिर पो लागौं कि ।’

मैले यसलाई घाटे वैराग्य भन्ने गरेको छु । फर्किएपछि पुनः अन्त्यहीन दौडमा दौडनु नै पर्छ । जीवनको यो विरोधाभासभित्र धेरै पात्र भौंतारिएका छन् । म पनि भौँतारिएको छु, धर्म पनि भौंतारिएको छ । जीवनको बँचाइ सपेती छैन । गन्धमादनमा फर्किएकी पृथाको दुःख लेख्दा म आफैं घनघोर दुःखबाट भर्खरै मुक्त हुँदै थिएँ । दुःख पनि सिर्जित थियो । त्यो लेखिसकेपछि बारम्बार पढेँ । हृदय रसाएर आँखासम्म आइपुग्यो ।

सबै पात्र आ–आफ्ना कर्म गर्छन् तर सकारात्मक छन् । धर्म, वायु, इन्द्र, अश्विनी एक हदसम्म जिम्मेवार छन् । शकुनि हाम्रै देशमा अस्थिरता पैदा गरिरहने बाह्य प्रवृत्ति हो । त्यसप्रति सहानुभूति राख्न आवश्यक ठानिन । त्यसैले अलिकति आलोचित छ । राज्यभित्रका सबै शक्ति मिलेर जानु नै देवव्रतको मुख्य सन्देश हो । अन्ततः देवव्रत सफल छन् । सबै स्वतन्त्र छन् पात्रहरू, कसैलाई कसैको दबाब छैन । प्रजातान्त्रिक जीवन पद्धति छ ।

उसको स्वाभावअनुसार जे गर्न मन लाग्छ गरेको छ । कुनै पात्रको जीवनमा हस्तक्षेप छैन । आवश्यकताअनुसार सबैले सबैलाई सहयोग गरेका छन् । मेरो घरको परिवेश पनि त्यस्तै थियो र अझै छँदैछ । पात्रहरूलाई यति सहजीकरण सोचेरै गरिएको छ ।

शीर्षक पनि व्यक्तिपरक राख्ने सोच थियो तर अन्त्यमा प्रवृत्तिपरक बन्न पुग्यो । पाण्डुलिपिले काठमाडौँका सडक र गल्ली नाप्नै झन्डै दुई वर्ष लगायो । र अहिले बल्ल सार्वजनिक भएको छ । मन हल्का भएको छ ।

लाग्दै छ विवर्तनले अर्को मिथकीय पात्रको खोजी गर्दैछ । हृदयभित्र त्यो उकुसमुकुस सुरु भएको छ । थुप्रै पात्र र प्रवृत्ति छुटेका छन् । आउँदा दिनमा ती पनि कुनै दुःखको कुम्ला बोकेर आइपुग्लान् ।

अन्त्यमा पृथाको अनुभूति सापट लिन चाहान्छु, ‘दुःखले मार्न मात्रै खोज्छ मार्नै चाहिँ सक्दैन ।’

अनलाईनखबर बाट साभार

दोस्रो चरणको कोरोना : तंग्रिन लागेको अर्थतन्त्रलाई अर्को खड्गो

0
???????????????????

२७ चैत, काठमाडौं । सरकारले बिहीबार रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न अनुरोध गर्दै विज्ञप्ति जारी गर्‍यो । कोभिड–१९ को प्रकोप पुनः बढ्दो क्रममा रहेकाले सरकारले यस्तो अनुरोध गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक सार्वजनिक मञ्चबाटै कोरोना भयावह हुनसक्ने बताए ।

उनले छिमेकी मुलुकमा कोरोनाको त्रास बढेको भन्दै सजग रहन आग्रह मात्रै गरेनन् पुनः लकडाउन हुनसक्ने चेतावनीसमेत दिए । शुक्रबार त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जस्ता बढी भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस नै गरेको छ । २५ जनाभन्दा बढी भीडभाड हुनै दिन नहुने स्वास्थ्य मन्त्रालयले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई गरेको सिफारिसमा उल्लेख छ ।

पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत हुन उनले आग्रह गरे । बेलैमा सतर्क नभए जनजीवन ठप्प पार्ने स्थिति आउने उनले चेतावनी दिए । ‘हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने,’ उनले भने ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि निजी क्षेत्रमा भने पुनः एक किसिमको त्रास दोहोरिएको छ । गत वर्षको ११ चैतपछि लामो समय लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा निकै मार्का खेपेका साना तथा ठूला उद्योगी व्यवसायीहरू सरकारीस्तरबाटै लकडाउन हुनसक्ने चेतावनीपछि थप त्रसित बनेका छन् ।

‘हामीले लामो समय कोरोना महामारी झेल्यौं, जसको कारण अझै पनि हामी तंग्रिन सकेका छैनौं’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष भन्छन्, ‘पुनः लकडाउन त हामी थेग्नै सक्दैनौं, लकडाउन गर्ने हो भने हाम्रो अर्थतन्त्र तहसनहस हुनसक्छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिपछि निजी क्षेत्रमा भने पुनः एक किसिमको त्रास दोहोरिएको छ । गत वर्षको ११ चैतपछि लामो समय लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा निकै मार्का खेपेका साना तथा ठूला उद्योगी व्यवसायीहरू सरकारीस्तरबाटै लकडाउन हुनसक्ने चेतावनीपछि थप त्रसित बनेका छन् ।

कोरोनाबाट बच्न सतर्कता भने अपनाउनुपर्ने उनले बताए । तर सतर्कताका नाममा मुलुकको अर्थतन्त्र नै तहसनहस पार्ने गरी जनजीवन नै ठप्प पार्ने विषय भने कल्पनासम्म गर्न नसकिने उनले बताए ।

गत वर्ष पहिलो चरणमा चैतमा र त्यसपछि पटक–पटक सरकारले लकडाउन गरेको थियो । पछिल्लो पटक सरकारले सबै जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । लामो समय व्यापार व्यवसाय ठप्प हुँदा दैनिक गुजारा चलाउन नै समस्या भएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघकै अगुवाईमा विरोध प्रदर्शन भएको थियो । सरकारले लकडाउन नखुलाएको भन्दै महासंघले त्यसबेला पसल खोलेर सरकारी निषेधको उल्लंघन नै गरेको थियो ।

‘उद्योग व्यवसाय पूर्ण रूपमा बन्द हुँदा हामीलाई घरभाडा, बैंकको किस्ता र ब्याज तिर्न तथा कर्मचारीको तलब खुवाउन मात्रै होइन दैनिक गुजारा चलाउन नै समस्या परेको थियो,’ महासंघ अध्यक्ष कटुवाल भन्छन्, ‘अति नै हुन्छ भन्ने भएपछि हामी सडकमै उत्रिएर लकडाउनको विरोध गर्न बाध्य भयौं, हामी चाहन्छौं अब त्यस्तो अवस्था सिर्जना नहोस् ।’ कोरोना संक्रमणबाट बच्न सर्वसाधारण आफैं सचेत हुनुपर्ने उनी बताउँछन् ।

सबै जना सचेत भएर सुरक्षा सावधानी अपनाउने हो भने जनजीवनमै असर पुग्ने कुनै पनि निर्णय गर्नु नपर्ने उनको भनाइ छ । सरकारले के भन्छ भन्दा पनि आफू कति सुरक्षित छु भनेर हरेक नागरिकले सोच्नुपर्ने उनले बताए । ‘मुख्य कुरा हामी स्वास्थ्यबारे गम्भीर बन्नुपर्छ, हेल्थ प्रोटोकल गम्भीरताका साथ पालना गर्ने हो भने धेरै तनाव लिनु पर्दैन,’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ कोरोनाका कारण अर्थतन्त्रलाई निकै ठूलो असर परेको बताउँछन् । मुलुकको अर्थतन्त्र यतिबेला सन्तोषजनक अवस्थामा नरहेको उनले बताए ।

‘कोभिड संकट शुरू भएको एक वर्षभन्दा बढी समय भइसके तापनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ’ बिहीबार आयोजित चेम्बरको वार्षिकोत्सव कार्यक्रममा उनले भने, ‘पर्यटनलगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ भने अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद छैन ।’

विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद छैनन् भन्ने देखिने उनी बताउँछन् । यति मात्र हैन, हाम्रै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार आर्थिक वृद्धि करीब २ प्रतिशतले ऋणात्मक भएको देखाएको छ ।

३९ खर्ब ४३ अर्बको आकार आफैंमा त्यति ठूलो नभएकाले हाम्रो अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरूरी देखिने चेम्बर अध्यक्ष श्रेष्ठले बताए । विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहत सम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति बेहोर्नु नपरे पनि पुनरुत्थानको बाटोमा अझै हिंड्न सकेको छैन ।

‘प्रधानमन्त्रीज्यूसमक्ष म आग्रह गर्न चाहन्छु कि कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रूपमा नेपालको नाउँ सारा विश्वले चिन्न सक्ने अवस्था सिर्जना गर्न सकौं, यसका लागि हामी निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिन तयार छौं,’ उनले भने । सरकारले ठूलो लगानी गर्नुभन्दा पनि केही नीतिगत सहजीकरणमार्फत यसो गर्न सक्छ भन्ने निजी क्षेत्रको विश्वास रहेको उनको भनाइ छ ।

देशलाई पारालाइसिस हुन दिनुभएन’

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर पुनः लकडाउन हुनु अर्थतन्त्रका लागि घातक हुने बताउँछन् । लामो समय लकडाउन हुँदा त्यसले अर्थतन्त्रलाई निकै गहिरो असर परेको भन्दै उनले पुनः लकडाउन देशले थेग्न नसक्ने बताए । लकडाउन गरेर देशलाई अस्वस्थ बनाउने भन्दा पनि सचेतना फैलाउनेतिर सरकारले ध्यान दिनुपर्ने अध्यक्ष मोरको भनाइ छ ।

‘पहिले लकडाउन हुँदा १० प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भए अब पुनः भयो भने यसको दोब्बर बन्द हुन्छन्’ उनले भने, ‘आर्थिक क्रियाकलापलाई अति बाधा हुन दिनुहुँदैन, यस विषयमा सबैले ध्यान दिनुपर्‍यो ।’

‘अब लकडाउन कुनै पनि किसिमले धान्न सकिंदैन, पहिलेकै लकडाउनको असर अहिलेसम्म समाधान हुनसकेको छैन’ उनले भने, ‘पुनः लकडाउन हुने हो भने त अर्थतन्त्र निकै ठूलो समस्यामा पर्छ, देशलाई पारालाइसिस बनाएर अर्थतन्त्र समस्यामा पार्नुहुँदैन ।’ कोरोना संक्रमणबाट जोगिन सरकारले चेतनामूलक कार्यक्रमहरूमा जोड दिनुपर्ने उनको सुझाव छ ।

यसअघि लामो समय लकडाउन गर्नुको एउटा बाध्यता भनेको त्यसबेला कोरोनाको उपचार थिएन । अहिले भने कोरोनाविरुद्धको भ्याक्सिनसमेत बनिसकेको छ । कतिपय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूले समेत कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेका छन् । केही दिनअघि मात्रै चीनबाट समेत भ्याक्सिन नेपाल भित्रिएको छ । अब सरकारले आफ्ना नागरिकलाई भ्याक्सिन लगाउनेतर्फ सोच्नुपर्ने अध्यक्ष मोरले बताए ।

जतिसक्दो धेरै भ्याक्सिन चाँडो ल्याएर लगाउने हो भने कोरोनाको धेरै चिन्ता गर्नु नपर्ने उनी बताउँछन् । ‘अहिले भ्याक्सिन बनिसकेको छ, सबैले लगाउने र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने हो भने अर्थतन्त्रलाई असर पुग्ने कुनै निर्णय गर्नुपर्दैन’ उनले भने, ‘बरु अलिकति महँगो नै किन नपरोस् सरकारले भ्याक्सिन ल्याउनेतर्फ अलि धेरै सोच्नुपर्ने हुन्छ ।’

अर्थविद् डा. चन्द्रमणि अधिकारी कोरोनाबाट बच्नका लागि लकडाउन अब उपर्युक्त नहुने बताउँछन् । नयाँ भेरियन्टको भाइरस देखिएकाले त्रास अलि बढी रहेको भए पनि लकडाउन नै गर्नुपर्छ भन्ने सोच्न नहुने बताउँछन् । पुनः लकडाउन भए अर्थतन्त्र थला पर्ने उनी बताउँछन् ।

‘पहिलेको जस्तो लकडाउन गर्नै हुँदैन, आर्थिक क्रियाकलाप भइराख्नुपर्छ’ उनले भने, ‘बढी भीड हुने ठाउँमा अलि ध्यान दिनुपर्छ, कसरी बच्ने भन्ने विषयमा चेतना जगाउनुपर्छ, लकडाउन गरेर तंग्रिन लागेको अर्थतन्त्रलाई पुनः थला पार्नुहुँदैन ।’

गत पुसमा केन्द्रीय बैंकले गरेको अध्ययन अनुसार कोरोना महामारीका कारण बन्द भएका उद्योग–व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् ।

अध्ययनअनुसार उद्योग–व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको पाइएको छ । चैत अन्तिम सातासम्म आइपुग्दा अधिकांश उद्योग–व्यवसाय सञ्चालनमा आइसकेको राष्ट्र बैंक बताउँछ ।

यस्तो अवस्थामा पुनः लकडाउन गरिए अर्थतन्त्र उकासिनै नसक्ने गरी थला पर्न सक्ने अर्थविद् अधिकारी बताउँछन् । कोरोनाबाट बच्नका लागि जबर्जस्त भन्दा पनि चेतनामूलक काम गर्नुपर्ने उनको सुझाव छ ।

‘मुख्य कुरा त हामी आफैंमा लापरबाही भइरहेको छ, यसको क्षति हामीलाई बढी हुन्छ’ उनले भने, ‘यो विषयमा हामी सचेत हुनुपर्‍यो, सरकारले पनि यो विषयमा बुझाउनुपर्‍यो ।’

छिमेकी मुलुकमा पनि संक्रमणको दर निकै बढ्दो मात्रामा छ । अन्य देशमा पनि त्रास छ । नयाँ भेरियन्ट आएकोले अलि डर पनि धेरै रहेको उनले बताए । नेपाल भित्रिने नाकाहरूमा कडाइ गर्नुपर्ने उनको सुझाव छ । तर कडाइका नाममा मान्छे तर्साउन भने नहुने उनले बताए ।

‘बाहिरबाट आउने मानिसको स्क्रिनिङ राम्रो हुनुपर्छ, तर्साएर वा नाकामा रोकेर होइन परीक्षण गराएर सहजता गर्नुपर्छ ।’ दूरी कायम गरेर आर्थिक क्रियाकलापका कामकारबाही गर्नुपर्ने उनले बताए ।

‘पहिले लकडाउन हुँदा १० प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भए अब पुनः भयो भने यसको दोब्बर बन्द हुन्छन्’ उनले भने, ‘आर्थिक क्रियाकलापलाई अति बाधा हुन दिनुहुँदैन, यस विषयमा सबैले ध्यान दिनुपर्‍यो ।’

अनलाईनखबर बाट साभार

देउवा–पौडेलको जुहारी : अर्को चान्स मिस नहोस्, संख्या नपुग्ने खेलमा छैन

0

२७ चैत, काठमाडौं । नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक मञ्चमै जुहारी खेलेका छन् ।

शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रियभेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोखना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताए ।

तर सभापति देउवाले त्यसको खण्डन मात्र गरेनन्, संख्या नपुगेसम्म अघि नबढ्ने बताए । यदि अरु अगाडि बढ्न तयार भए स्वीकार गर्ने उनले बताएका छन् ।

एउटा चान्स मिस भयो : पौडेल

वरिष्ठ नेता पौडेलले एमाले र माओवादी केन्द्र बन्नु अगाडि नै नेतृत्वले सरकार गठनको अवसर गुमाएको बताए । उनले अघि भने, ‘जोखाना हेर्दाहर्दै एउटा चान्स मिस गर्‍यो । अर्को चान्स मिस गर्ने हो भने रुन पाउनु न हाँस्न पाउनु भन्ने हुनेछ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रको भर्‍याङ चढेर सर्वसत्तावादको धुरीमा पुग्न चाहेको भन्दै उनले यसबाट मुक्ति दिनसक्नुपर्ने बताए । ‘चुनाव चुनाव मात्र भनेर सुख पाइँदैन । निरंकुशतातिर गएको सत्ताका लागि विकल्प खोज्न उदार बन्नुपर्छ’ उनले भने, ‘विकल्प खोज्नका लागि उदार भएर सहमति सम्झौता गर्नुपर्छ ।’

देउवाको जवाफ : संख्या नपुग्ने खेलमा लाग्दिनँ

त्यसपछि बोलेका सभापति देउवाले पौडेलको भनाइको खण्डन गरे । कांग्रेससँग संसदको एक चौथाई संख्या पनि नभएको भन्दै उनले भने, ‘कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर मैले भनेकै हो । तर जनताले हामीलाई भोट दिएनन्, तपाई (रामचन्द्र पौडेल) पनि हार्नु भएको हो ।’

आफूले प्रधानमन्त्री दिँदा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर गएको उनले बताए ।

देउवाले अघि भने, ‘बल्ल थाहा पाए प्रचण्डले । उसबेला मैले प्रधानमन्त्री हुनुस् भन्दा नमानेको । खुट्टै नटेक्ने मान्छे, अहिले ओलीको लात खाएपछि ठीक भएको छ ।’

अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुस् भने पनि (सरकार गठनका लागि चाहिने) संख्या नपुगेको उनले बताए । आफूले म नै प्रधानमन्त्री हुनुपर्छ नभनेको भन्दै देउवाले भने, ‘म संख्या नपुग्ने खेलमा छैन । कसैलाई बनाएर हुन्छ भने म तयार छु ।’

तर गलत सम्झौता नगर्ने उनले बताए । सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो उचित नहुने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए ।

अनलाईनखबर बाट साभार

विज्ञ भन्छन्: कोरोनाको नयाँ भेरिएन्ट पहिलेभन्दा खतरनाक

0

काठमाडौँ: कोरोनाभाइरसको नयाँ भेरिएन्टबाट संक्रमित भइ कोही सिकिस्त भएमा अघिल्लो पटक भन्दा उपचार गर्न झन् कठिन हुने र मृत्युदर पनि बढ्नसक्ने खतरा विज्ञले औँल्याएका छन् ।

जनस्वास्थ्य विज्ञ डा अनुप सुवेदीका अनुसार अघिल्लो पटक अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले स्वास्थ्य केन्द्रहरुमा खतरनाक ब्याक्टेरिया व्यापक रुपमा फैलिएका छन् । जसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको डा सुवेदी बताउँछन् ।

डा सुवेदीले भनेका छन् ‘पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका अन्य दीर्घरोगी र अरूको पनि स्वास्थ्यमा धेरै सुधार भएको थियो। त्यसैले अघिल्लो उभारमा धेरैलाई कोभिड लाग्दा अरुबेलाभन्दा फोक्सो स्वस्थ अवस्थामा रहेको बेला लागेको थियो, र त्यसले रोग थेग्न अपेक्षाकृत सजिलो भएको थियो होला। अहिले स्थिति उल्टो छ। ऐतिहासिक वायु प्रदूषणले सबैको श्वासप्रश्वास प्रणालीको स्वास्थ्य बिग्रेको छ । अस्पतालमा श्वासप्रश्वासका समस्या लिएर आउनेको चाप निकै बढेको छ। श्वासप्रश्वासप्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागे दोहोरो समस्याको मार पर्ने देखिन्छ ।’

उनले कोभिड र प्रदूषणबाट पनि बच्न सर्जिकल मास्क नभएर एन-९५ मास्क नै लगाउनुपर्ने सुझाव दिएका छन् ।

अन्नपूर्णबाट साभार

गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले सांसदबाट हटायो

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो।  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले थापालाई २८ फागुनमा केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।

यसअघि माओवादी केन्द्रले दल त्याग गरेर एमालेमा प्रवेश गरेका  कैलाली-४ का लेखराज भट्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद  खारेज गरेको थियो । तर, प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा पुननियुक्तिको सिफारिस गरेपछि उनीहरु मन्त्री बन्दै छन्।

राष्ट्रपति विद्याभण्डारीले पुनर्नियुक्त मन्त्रीहरुलाई आजै साँझ शपथग्रहण गराउने कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

अन्नपूर्णबाट साभार

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सिफारिस

0

काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थाहरुमा कडाइका साथ मापदण्ड लागु गर्न र नमानेमा बन्द नै गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विद्यालयमा पनि हरेक कक्षामा २५ जना भन्दा बढी नराख्न र भौतिक दुरी कायम राखेर मात्रै कक्षा सञ्चालन गर्न र गराउन सीसीएमसीलाई सिफारिस गरेको हो ।

यदि यी मापदण्ड पालना हुन सकेनन् भने शैक्षिक संस्था नै बन्द गराउन सिफारिस गरिएको प्रवक्ता डा। गौतमले बताए । पछिल्लो समय कोरोना भाइरसको संक्रमण शैक्षिक संस्थाहरुमा पनि बढ्दै गएको देखिएको छ ।

धेरैजसो संक्रमित हुनेमा विद्यार्थी, शिक्षक र शैक्षिक संस्थामा आबद्ध कर्मचारीहरु रहेका छन् । यस कारण शैक्षिक संस्थाहरुमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुन नसके बन्द गर्नका लागि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका हो ।

मन्त्रालयले अघि सारेको सिफारिस सीसीएमसीको बैठकले छलफल गर्ने छ र सोही अनुसार निर्णय गर्नेछ । शैक्षिक संस्था बन्द गर्न सीसीएमसीले निर्णय गरेर मन्त्रीपरिषद्मा पठाउने छ र त्यहाँबाट पास भएमा अनि कार्यान्वयन हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले शैक्षिक संस्थाहरु बन्द गर्नेबारे मन्त्रालयमा भने बहस नभएको बताए । प्रत्येक शैक्षिक संस्थामा कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गर्न भनिएको तर, बन्द नै गर्नका लागि भने अहिलेसम्म छलफल नभएको उनले बताए ।

गृहमन्त्री बादल थापाको सांसद पद खाेसियाे

0
sf7df8f}F, @$ r}tM /f;;nfO{ cGt/jftf{ lbFb} u[xdGqL yfkf /fli6«o ;dfrf/ ;ldlt -/f;;_nfO{ cGtjftf{ lbFb} u[xdGqL /fdaxfb'/ yfkf . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टी छोडेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पार्टीबाट निलम्बित गर्दै सांसद् पद खोसेको छ । केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ दफा ३४ (१) अनुसार दल त्यागको सूचना संसद् सचिवालयमा दर्ता गरेसँगै दलबाट निलम्बित गरेको हो।

मन्त्री बादलले दल त्याग गरेको सूचना संसद् सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले दर्ता गराएका छन् । गृहमन्त्री बादलसँगै राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि स्पष्टीकरण सोधिएको छ।

राष्ट्रियसभामा माओवादी केन्द्रबाट सांसद बनेका बादल छ वर्ष र खड्का चार वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका हुन् ।