Sunday, May 3, 2026
Home Blog Page 1255

विराटनगरको कोशी कोभिड अस्पतालमा एकजना संक्रमितको मृत्यु

0

३० चैत, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । आइतबार राति झापाको दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चारजना सदस्यसहित वृद्ध गत चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए ।

सुगरका रोगी वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिए । उनका अनुसार वृद्धको शव आफन्तको जिम्मा लगाइएको छ ।

कोशी कोभिड–१९ अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् । करिब दुई महिना अस्पताल सुनसान बनेको थियो । तर कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा विरामी आउन थालेका छन् ।

अनलाईनखबर बाट साभार

गण्डकी प्रदेश : नयाँ सरकार बने मुख्यमन्त्री को ?

0

२९ चैत, पोखरा । समर्थन यथावतै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी २ मन्त्रीलाई २५ गते फिर्ता बोलायो ।

अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको छ ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सरकारविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गर्दा वैकल्पिक मुख्यमन्त्रीको नाम पनि दिनुपर्ने हुन्छ ।

माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिए मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १ महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए मुख्यमन्त्री पदमुक्त हुन्छन् र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ ।

त्यस्तै नयाँ सत्ता समीकरणको प्रयास गरिरहेका दलले अविश्वासको प्रस्ताव लैजाने हो भने कसलाई मुख्यमन्त्री बनाउने हो त्यो पनि तोक्नुपर्छ ।

अहिलेकै सरकार बचाउने वा नयाँ सरकार बनाउने भन्ने मुख्य निर्णायक यतिबेला राष्ट्रिय जनमोर्चा छ । एक स्वतन्त्र र २७ जना एमाले सांसदसहित ३ सदस्यीय जनमोर्चाको समर्थन कायमै रहने हो भने ३१ संख्यासहित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बच्छ ।

यी दुईमध्ये कुन विकल्प प्रयोग गरेर सरकार निर्माण गर्ने भन्नेमा दलहरु निश्कर्षमा पुगेका छैनन् । ‘दुई विकल्पका विषयमा केन्द्रका नेतासँग छलफल गर्नुपर्ने देखियो । हामी माओवादीले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीलाई विश्वासको मत लिने अवस्था ल्याउनुपर्छ भन्नेमा छौं तर केन्द्रीय नेताहरुले अविश्वासको प्रस्ताव लिएर जाऔं भनिरहनुभएको छ,’ वार्ता कमिटी संयोजकसमेत कांग्रेसका सांसद कुमार खड्काले भने, ‘कुन बाटोबाट जाने भन्ने कुरामा ४ दल बसेर छलफल गर्छौं ।’

मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकार हटाउने कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी राजनीतिक हिसाबले एकै ठाउँमा उभिए भने कसले नेतृत्व लिने भन्नेबारे दलहरु अझै अन्योलमा छन् ।

‘राजनीतिक हिसाबले हामी एकै ठाउँमा छौं तर सरकारको नेतृत्व, मन्त्री र दलहरुको सहभागिता संख्याबारे छलफलमा प्रवेश गरेकै छैनौं,’ माओवादी तर्फका वार्ता समिति सदस्य सांसद रामजी बरालले भने, ‘राजनीतिक हिसाबले मुद्धा एउटै भइसकेपछि सरकार निर्माणको विषयले हलो अड्काउँदैन ।’

अहिलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १५ सांसद छन् । ठूलो पार्टी भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषय स्वाभाविक हुने कांग्रेसका सांसद खड्का र माओवादीका बरालको भनाइ छ । माओवादी केन्द्रले पनि सरकारको नेतृत्व गर्न सक्ने तर अरु दलको नेतृत्व भए पनि समस्या नहुने बरालले बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवसर आएमा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नै मुख्यमन्त्री हुने सांसदहरु बताउँछन् । वार्ता समितिका सांसद कुमार खड्का र विन्दुकुमार थापाले कांग्रेसले अवसर पाए पाका, प्रदेशका शीर्ष नेता पनि भएकाले नेपाली स्वाभाविक हिसाबले मुख्यमन्त्री हुने बताउँछन् ।

अहिलेकै सरकार बचाउने वा नयाँ सरकार बनाउने भन्ने मुख्य निर्णायक यतिबेला राष्ट्रिय जनमोर्चा छ । एक स्वतन्त्र र २७ जना एमाले सांसदसहित ३ सदस्यीय जनमोर्चाको समर्थन कायमै रहने हो भने ३१ संख्यासहित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बच्छ ।

कांग्रेसका १५, माओवादीका १२ र जसपाको २ सांसद रहेको जनता समाजवादी पार्टीलाई जनमोर्चाले साथ दिने हो नयाँ सरकार बन्छ । माओवादीका तर्फबाट एक सांसद सभामुख रहेकाले जनमोर्चाको साथले नयाँ सरकार बनाउन पनि ३१ जना नै पुग्छ ।

२५ गते शुरु भएको सांसद बैठक २७ गतेदेखि वैशाख ६ गतेसम्मका लागि स्थगित छ । ६ गतेको बैठकभन्दा अगाडि नै सत्ता समीकरण र राजनीति नयाँ धारबाट अगाडि बढ्ने विपक्षी दलले बताएका छन् ।

‘६ गतेको बैठकअघि नै जनमोर्चासहित सबै दलको टुंगो लागिसक्छ,’ कांग्रेस सांसद खड्काले भने । माओवादीका सांसद रामजी बराल, जसपाका हरिशरण आचार्य र जनमोर्चाकी सांसद पियारी थापाले पनि अबको प्रदेशसभा बैठक अगाडि नै प्रदेशको राजनीति नयाँ शिराबाट अगाडि बढ्ने दाबी गरे ।

शीर्ष नेताको निर्णय लिन चुमान काठमाडौं

आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएका हरिबहादुर चुमान नयाँ सरकार गठन गर्न वार्ता टोलीका संयोजकसमेत छन् । माओवादी संसदीय दलका नेतासमेत रहेका चुमान अब कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिन काठमाडौं पुगेका छन् ।

‘पार्टीका शीर्ष नेताहरुसँग छलफल र भेटघाट गर्न काठमाडौं आइपुगेको छु । कसको नेतृत्वमा सरकार बनाउने, सरकारमा कुन हिसाबले सहभागी हुने भन्ने विषयमा अध्यक्ष प्रचण्ड लगायत शीर्ष नेतासँग छलफल हुन्छ,’ चुमानले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘केन्द्रसहित अब प्रदेशमा पनि कसरी जाने भन्ने एक खालको बाटो तय हुनुपर्छ भन्ने हो ।’

प्रदेशको अवस्था के हो, कस्तो खालको घटनाक्रम र समीकरणको विकास भइरहेको भन्ने नेताहरुलाई जानकारी गराएर राय लिएर फर्किने चुमानले बताए । माओवादीको नेतृत्वमा सरकार निर्माण भए चुमानलाई नै मुख्यमन्त्री बन्न सक्ने सम्भावनाका रुपमा हेरिएको छ । तर, माओवादीका केही सांसदले भने दलको नेता भएका कारण चुमानको नाम आउनु स्वाभाविक भए पनि अरु पनि आकांक्षी रहेको बताए ।

चुमान पहिले गृहमन्त्री रामबहादुर थापा बादलसँगै माओवादी केन्द्रमा फर्किएका नेता हुन् । बादलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिए पनि चुमान माओवादी केन्द्रमै छन् ।

केन्द्रको निर्णय पर्खिँदै जनमोर्चा

विश्वासको मत पुर्‍याउन सक्ने आशामा बसेका मुख्यमन्त्री गुरुङलाई जनमोर्चाका अध्यक्ष चित्रबहादुरको अभिव्यक्तिले भने तरंगित बनाएको छ । राजमो प्रदेश संसदीय दलका नेता कृष्ण थापा मुख्यमन्त्री गुरुङकै पक्षमा लचिलो भइरहेका बेला केसीले समर्थन फिता गर्ने अभिव्यक्ति दिएपछि मुख्यमन्त्रीलाई संकट परेको हो ।

मुख्य निर्णयक मानिएको जनमोर्चाका प्रदेश सांसद भने अझै केन्द्रकै निर्णय पर्खेर बसिरहेको छ । जनमोर्चा संसदीय दललाई आधिकारिक निर्णय आइसकेको छैन । आइतबार जनमोर्चाको संसदीय दलको बैठक बसेको थियो ।

‘अहिलेको सरकारलाई समर्थन गर्न नसकिने विषयमा छलफल भए पनि दलका नेतालाई आधिकारि केन्द्रको निर्णय नआएको रहेछ,’ सांसद पियारी थापाले भनिन्, ‘केन्द्रको नीति र निर्देशन अनुसार अगाडि बढ्छौं ।’

जसपाको पनि मुख्यमन्त्रीमा दाबी

अहिलेको सरकारको विकल्पमा जाने ३ दलको सहमति भए पनि नेतृत्वबारे छलफल चलिरहेकै बेला जनता समाजवादी पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गर्ने बताएको छ । दुई सदस्य मात्र रहेको जसपाले नेतृत्वमै दाबी गर्ने सांसद हरिशरण आचार्यले बताए ।

‘प्रतिगमनको विरुद्धमा सबैभन्दा बढी सडक संघर्ष र विरोध जसपाले गरेको छ । यो अवस्थामा हाम्रो पनि मुख्यमन्त्रीमा दाबी रहन्छ,’ आचार्यले भने, ‘अहिलेको सरकारको विकल्प खोज्ने मुख्य एजेण्डा भएकाले जसपाले नै नेतृत्व गरे पनि अरु दललाई ठूलो अप्ठेरो नहोला ।’

संघीय सरकारकै विषयमा जसपाले अझै निर्णय गर्न सकिरहेको छैन । प्रदेशमा मुख्यमन्त्री दाबी गरिरहँदा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्न समय लाग्ने देखिन्छ ।

अनलाईनखबर बाट साभार

प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

0

३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ६ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताए ।

यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उनले बताए । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ

समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बनको कारबाही गरेका छन् । ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् ।

गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ ।

गएको ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयमा साथ दिने नेताहरुलाई सांगठनिक जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको एक नेताले बताए

अनलाईनखबर बाट साभार

निर्वाचन आयोगले फैसला नदिनु विडम्बना : नेता नेपाल

0

२९ चैत, वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला ?’

एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध नेपाल समूह आयोग गएको थियो ।

आयोगले निर्णय नदिएपछि बेठीक भयो भनेर कार्यकर्तामाझ आएको भन्दै उनले समानान्तर कमिटी गठनको बचाउ गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीलाई एकताबद्ध गर्न २ जेठ २०७५ मा फर्कनुको विकल्प नभएको बताए । ‘जेठ २ गतेसम्म राजनीतिक प्रतिवेदन, विधान, नेतृत्व जुन थियो त्यसलाई यथावत मान्नुपर्छ भनेका हौं,’ उनले भने, ‘तर अध्यक्ष ओलीले मतलबै नदिइ सानो गुटको भेला बोलाउनुभएछ । त्यसैलाई केन्द्रीय कमिटीको विषेश बैठक नाम दिएर आफ्नो पक्षमा नभएकाहरुको पत्ता साफ गरिदिनुभयो । पद पनि खोसिदिनुभयो, जिम्मेवारी खोसिदिनुभयो । मान्छे थपिदिनुभयो । विधान संसोधन गरिदिनुभयो ।’

अहिले पनि विधि सम्वत ढंगले छलफल गरेर निकास खोज्नुपर्ने उनले बताए ।

अनलाईनखबर बाट साभार

भारतमा एकैदिन एक लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

0

२९ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ । त्यस्तै एक लाख ६९ हजार २७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ११ लाख नाघेको छ ।

छिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै छत्तीसगढमा १४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । उत्तर प्रदेशमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरला, कर्नाटक, तामिलनाडु, दिल्ली, गुजरातमा पनि नयाँ संक्रमितको संख्या पाँच हजारभन्दा धेरै छ ।

भारतमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । गत फेब्रुअरीयता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ । पछिल्लो समय मानिसहरुले संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेको, चाडपर्व तथा राजनीतिक भेलाजस्ता ठूलो संख्यामा मानिसहरुको भेला हुने कार्यक्रमहरु भएको र कोरोनाको नयाँ प्रकार (भेरियन्ट)को संक्रमणको कारण पनि दोस्रो लहर फैलिएको विशेषज्ञहरुले बताएका छन् ।

अनलाईनखबर बाट साभार

मोटरसाइकलको ठक्करबाट पर्सामा एकजनाको मृत्यु

0

२९ चैत, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ठोरी गाउँपालिका-४ गोपीवस्तीका १९ वर्षीय अभिषेक गोलेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउको, खुट्टा र हातमा चोट लागेका उनलाई नारायणी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एल.एस. न्युरो अस्पताल पानीट्याङीमा रिफर गरिएको थियो । न्युरो अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

शनिबार राति ९ बजेतिर भएको घटनामा ठोरी-४ का २२ वर्षीय मधु गोले, १७ वर्षीय सञ्जय लामा र १३ वर्षीय आनन्द परियार र जीराभवानी गाउँपालिका-३ नौका टोलाका ४५ वर्षीय राम सिंह चौधरी घाइते भएका छन् ।

मोटरसाइकल चालक चौधरी सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा छन् भने अन्य घाइतेको न्युरो अस्पतालमै उपचार चलिरहेको छ ।

मधुको टाउको, हात र खुट्टामा, आनन्दको हातमा र सञ्जयको टाउको र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

शनिबार साँझ वीरगञ्ज-ठोरी हुलाकी सडकखण्डअन्र्तगत गोपीवस्तीमा पैदल हिँडिरहेका ४ जनालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

साँझ विजयवस्तीबाट जीराभवानी गापा-३, नौकाटोला जाँदै गरेका चौधरी सवार ग९प ९५८७ नम्बरको मोटरसाइलले उनीहरुलाई ठक्कर दिएको थियो ।

वीरगञ्ज-ठोरी हुलाकी सडक खण्ड कालोपत्रे भएपछि ठोरीमा मोटरसाइकल दुर्घटनाको दर बढेको स्थानीयले बताएका छन् ।

अधिकांश दुर्घटना मादक पदार्थ सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा हुने गरेको प्रहरीले जनाएको छ ।

अनलाईनखबर बाट साभार

फोर्ब्सको सूचीमा थपिए ९ जना नयाँ क्रिप्टोकरेन्सी अर्बपतिहरु

0

एक वर्षयता विश्वव्यापीरुपमा बढ्दै गएको क्रिप्टोकरेन्सीको बजारले सन् २०२० मा ९ जना नयाँ डलर अर्बपतिहरु थप गरेको छ ।

सन् २०२० को मार्च महिनाको दुई दिनसम्म उच्चतम गिरावट आएर ४ हजारभन्दा तल झरेकोमा डिसेम्बर ३१ मा आइपुग्दा सबैभन्दा महँगो क्रिप्टो करेन्सीको मूल्य २९ हजार डलर पुगेको थियो । यसले उच्च जोखिम मोल्न चाहने लगानीकर्ताहरुका लागि मनग्गे आम्दानी भएको थियो ।

विश्वका लगानीकर्ताहरु तथा व्यवसायहरुको तर्फबाट लगातार आलोचनाको सिकार भैरहँदा पनि क्रिप्टोकरेन्सीको लोकप्रियता र मूल्य उकालो लागिरहेको छ, र सन् २०२० मा यसले ९ जना क्रिप्टो बिलेनियर उत्पादन गर्‍यो । अर्थात् फोर्ब्सले हालै सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको वार्षिक सूचीमा १२ जना क्रिप्प्टो अर्बपति छन् र त्यसमध्ये ९ जना सन् २०२० मै क्रिप्टोकरेन्सीको भाउ बढेका कारण अर्बपति बनेका हुन् ।

विश्वका ती एक दर्जन क्रिप्टोकरेन्सी अर्बपतिहरुमध्ये सर्वाधिक धनीचाहिँ ट्रेडिङ कम्पनी अलामेडा रिसर्च तथा डेरिभेटिभ एक्सचेन्ज कम्पनी एफटिएक्सका साम ब्यांकम्यान फ्राएड हुन् । उनको कूल सम्पत्ति ८ अर्ब ७० करोड डलर छ ।

दोश्रो स्थानमा क्वाइनबेसका सीईओ तथा संस्थापक ब्रायन आर्मस्ट्रंग रहेका छन् । उनकेा कूल सम्पत्ति साढे ६ अर्ब छ । तेश्रो स्थानमा रिप्पलका सहसस्थापक क्रिस लार्सेन ३ अर्ब ४० करोड डलरसहित रहेका छन् ।

विश्वको क्रिप्टो करेन्सीको बजार पहिलो पटक २ ट्रिलियन डलर नाघेकै दिन फोर्ब्सको उक्त सूचि सार्वजनिक भएको हो । गत जनवरीमा क्रिप्टोकरेन्सीको कूल मूल्य १ ट्रिलियन डलर थियो ।

मार्केट क्यापको आधारमा बिटक्वाइन १.०६ ट्रिलियन डलरसहित पहिलो स्थानमा छ भने त्यसपछि इथेरियम, बाइनान्सस क्वाइन, एक्सआरपी तथा टेथरलगायतका रहेका छन् ।

अनलाईनखबर बाट साभार

बलात्कार मुद्दामा सफाइ पाए पनि सिद्धबाबाले गरे उच्च अदालतमा पुनरावेदन

0

२७ चैत, विराटनगर । बलात्कार मुद्दामा सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका छन् ।

बिहीबार आफ्ना अनुयायीसहित पुगेका गिरीले जिल्लाको आदेश त्रुटिपूर्ण भन्दै उच्च अदालतमा निवेदन दिएका हुन् । एक महिला अनुयायीमाथि बलात्कार गरेको अभियोगमा उनलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । गत मंसिर २२ गते न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले महिला अनुयायीसँग सहमतिमा करणी भएको भन्दै सिद्धबाबालाई सफाइ दिएको थियो ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार जिल्लाको फैसलामा भनिएजस्तो सहमति करणी नभएको दाबीसहित सिद्धबाबाले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । फैसलामा लेखिएको सहमति करणी भन्ने व्यहोरा त्रुटिपूर्ण भएको उल्लेख गर्दै करणी नभएकाले जिल्लाको फैसला उल्टाइ आफूलाई सफाइ दिनुपर्ने गिरीको माग छ ।

गत मंसिर २२ गतेको जिल्ला अदालतको फैसलामा भनिएको छ ‘जाहेरवाली र प्रतिवादीबीच आदान प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारिरीक सम्पर्क भएको भन्‍ने देखिएकोले अभियोग दावीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’

जिल्लाको फैसलाविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले २८ फागुनमा उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो । सो मुद्दामा चैत १३ गते उच्च अदालतका न्यायाधीश प्रेमराज ढकाल र रेणुका शाहको इजलासले प्रतिवादी गिरीलाई १५ दिनभित्र झिकाउने आदेश दिएको थियो ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार दीपेन्द्रबाबु थपलियाले अब दुईवटै मुद्दामा सँगै सुनुवाइ हुने बताए । ‘अब दुई वटै मुद्दा लगाउमा राखेर प्रक्रिया अनुसार अगाडि बढ्छन् ।’ सामान्यतया सफाइ पाउने पक्षले पुनरावेदन गर्दैनन् । तर गिरी पुगेपछि अदालतको उनको निवेदन दर्ता गराएको थियो ।

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।

गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । तर ९ माघ २०७६ मा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न अदेश दिएको थियो ।

आदेशअघि भारत पुगेका सिद्धबाबा ४० दिनपछि नेपाल फर्किएर सुनसरी कारागारमा बसेका थिए । जिल्लाको फैसलापछि भने उनी चतरास्थित आश्रममा बस्दै आएका छन् ।

अनलाईनखबर बाट साभार

कुर्था–जयनगर रेल सञ्चालन गर्न कानूनको अभाव

0

२७ चैत, काठमाडौँ । कुर्था–जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा शुरू हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्‍न भएको थियो । सो खण्डमा सञ्चालनका लागि सरकारले खरिद गरेको रेल छ महिना पहिले आइपुगेको थियो ।

रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र अरु प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताए । उनले भने, ‘कानून बनेपछि तुरुन्त नै रेल चलाउन सकिनेछ ।’

आवश्यक जनशक्ति र इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ । कानून नआउँदासम्म इञ्जिन ल्याउन नमिल्ने भएकाले ल्याउन नसकिएको उनले जानकारी दिए । रेलमार्गमा आवश्यक कतिपय जनशक्ति भारतबाट ल्याउनुपर्नेमा भारतीयसँग सम्झौता भइसकेको छ । उनले भने, ‘उनीहरु आउन तयार छन्, हामीले चाहिने भएपछि तत्काल ल्याउन सकिन्छ ।’

सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरिसकेको छ । भारतीय कम्पनी कोनकोन कम्पनीबाट रेल सेट खरिद गरिएको थियो । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ ।

त्यसमा पाइलट, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायतका रहने कम्पनीले जनाएको छ । नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए । रेल र कम्पनीका सामग्री सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीको हुने बताइएको छ ।

रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । भाडादर र टिकटको विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए। भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।

बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए। सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर तोकिएको छ । उनले भने, “डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ।’

कम्पनीले रेलमार्गमा काम गर्नै जनशक्तिलाई दुई साताको तालीम दिइने महाप्रबन्धक भट्टराईले बताए । उनका अनुसार रेलको महत्व बुझाएर कुन-कुन सामग्रीको सुरक्षा आवश्यक छ भनी बुझाउनुपर्छ । अहिले कामदार छनोटमा पहिले काम गरेकालाई प्राथमिकता दिइएको छ । तत्काल काम शुरु गर्न ती व्यक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारी साधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।

यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो ।

लामो समय अवरुद्ध उक्त रेलमार्ग पुनः शुरु गर्न लागिएको हो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।

अनलाईनखबर बाट साभार

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

0

२७ चैत, काठमाडौँ । प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी)ले काठमाडौको तिलगंगामा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी ३८ वर्षीय जगत बहादुर राई (राजन)लाई पक्राउ गरेको जनाएको छ ।

मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दामा उच्च अदालत पाटनको फैसलाले १० वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेकोमा सजाय बेरुजू रही उनी फरार थिए ।

अनलाईनखबर बाट साभार