Friday, January 17, 2025
Homeराजनीतिसर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस-एमाले निकट मुख्य प्रतिस्पर्धामा

सर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस-एमाले निकट मुख्य प्रतिस्पर्धामा

काठमाडौं: सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। अध्यक्षसहित विभिन्न पदका लागि ३५ कानुन व्यवसायीले उम्मेदवारी दिएका छन्।

अध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएशनका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी संघका वरिष्ठ अधिवक्ता महेश थापाबीच हुने अपेक्षा गरिएको छ। त्यस्तै, अधिवक्ता प्रेमसिंह धामीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ।

अन्य पदमा पनि चर्को प्रतिस्पर्धा देखिएको छ। उपाध्यक्ष पदका लागि अम्बरबहादुर राउत, भीष्मराज कडरिया, र उत्तमबहादुर श्रेष्ठ चुनावी मैदानमा छन्। सचिव पदमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल, र प्रभाकर श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ।

सहसचिव पदमा पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्ष पदका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल, र रामहरि त्रिपाठी प्रतिस्पर्धी छन्। त्यस्तै, ९ सदस्य पदका लागि १९ जनाबीच प्रतिष्पर्धा हुँदैछ।

सर्वोच्च बारका ६२६ मतदाताबीच सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले निकटका कानुन व्यवसायीहरूको आ-आफ्नो समूहले अलग-अलग प्रतिस्पर्धा गर्नेछन्।

निर्वाचन परिणामले सर्वोच्च बारमा कसको प्रभाव रहने भन्ने स्पष्ट हुनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका