Saturday, January 18, 2025
Homeराजनीतिसरकार व्यवसायीका विरुद्धमा छ : प्रचण्ड

सरकार व्यवसायीका विरुद्धमा छ : प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार व्यवसायीमाथि दबाब दिने नीति लिएको आरोप लगाएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७औं वार्षिक साधारणसभामा आज बोल्दै उनले सरकारले व्यवसायीलाई सहुलियत नदिएर कठिन अर्थतन्त्रलाई झनै अप्ठ्यारो बनाएको बताए।

‘सरकारले व्यवसायीलाई सहजीकरण गर्नुभन्दा उल्टो निचोर्ने र दुहुने नीति लिएको स्पष्ट देखिन्छ,’ उनले भने।

देश आर्थिक सङ्कटमा रहेको बेला व्यवसायीलाई सहुलियत दिएर अर्थतन्त्रलाई सहज बनाउने जिम्मेवारी राज्यको भएको उनको धारणा छ। तर, उनले सरकारले व्यवसायीमाथि करको भार थपेर आर्थिक समस्या समाधान गर्न खोजेको आरोप लगाए।

‘रेमिट्यान्स घटेको, लगानी रोकिएको र बैंकमा पैसा थुप्रिएको अवस्थामा सरकारले व्यवसायको लागि अनुकूल वातावरण बनाउन चासो देखाएको छैन,’ उनले टिप्पणी गरे।

साथै, उनले राज्यले साना तथा कमजोर व्यवसायीमाथि करको भार थुपारेर समाधान खोज्न प्रयास गरेकोप्रति असन्तुष्टि जनाउँदै आफू यस्तो नीतिको विरोधमा रहेको स्पष्ट पारे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका