Monday, April 20, 2026
Homeअर्थ र ब्यापारसरकारी कर्मचारीको तलब अब महिनामा दुई पटक, अर्थ मन्त्रालयको नयाँ निर्णय

सरकारी कर्मचारीको तलब अब महिनामा दुई पटक, अर्थ मन्त्रालयको नयाँ निर्णय

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ। अबसम्म मासिक रूपमा दिइँदै आएको तलब आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गरिने भएको हो।

मन्त्रालयले जारी गरेको पत्रअनुसार उक्त व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ।

हालसम्म सरकारी कर्मचारीहरूले महिनाको अन्त्यमा एकैपटक तलब बुझ्दै आएका थिए। तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका