पोहोर पनि स्कुल गइनँ कोरोनाले गर्दा
यसपालि नि के हुने हो महामारी पर्दा
स्कुल जाने रहर मेरो भयो सपना
स्कुल जान पाऊँ भन्दै गरेँ प्रार्थना
अहिले फेरि कोरोनाको दोस्रो लहर आयो
एकाएक सबैतिर महामारी छायो
कस्तो रोग आएको हो बुभ्mनै सकिएन
खोप पनि बन्यो भन्छन् रोक्दै रोकिएन
हामीजस्ता बच्चालाई खोप कैले आउला
डर भगाई कैलेबाट स्कुल जान पाउँला
कोरोनाले सतायो धेरै हामीलाई
तैपनि नडराई लड्नु पर्छ है
स्वस्थ खानेकुरा खाऊँ, मास्क पनि लगाऊँ
सबै मिली संसारबाट कोरोनालाई भगाऊँ
सबैतिर सफा राखौँ, फोहोर गर्न हुन्न
डाक्टरको सल्लाहलाई नछाडौँ है सुन्न ।
रातोपाती बाट साभार