Thursday, December 12, 2024
Homeखेलकुदसन्दीप नाइट राइडर्समा

सन्दीप नाइट राइडर्समा

काठमाडौं : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टीट्वेन्टी क्रिकेट ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन्। सीपीएलले मंगलबार सन्दीप लामिछानेको भिडियो राख्दै नाइट राइडर्सबाट खेल्ने पक्का भएको जनाएको हो।

काइरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्स सीपीएलको साविक विजेता टोली हो। गत वर्ष प्रतियोगिता अवधिभर अपराजित रहँदै नाइट राइडर्सले उपाधि जितेको थियो।

सन्दीपलाई जमैका तलावाजले फुकुवा गरेपछि नाइट राइडर्सले अनुबन्ध गरेको हो। गत वर्ष सन्दीपले जमैका लतावाजबाट सीपीएल खेल्दै ११ खेलमा १२ विकेट लिएका थिए। सन्दीपलाई अक्सनमा जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो।

जमैकाले २०२१ को लागि टोलीमा अलराउन्डर आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, फिडेल एडवार्ड्स, चाडविक वाल्टनलगायतलाई राख्दै अन्यलाई फुकुवा गरेको थियो। सन्दीप पनि फुकुवा सूचीमा परेका थिए। सन्दीपले त्यसअघि सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए। ट्रिनवागो इन्डियन प्रिमियर लिग फ्रेन्चाइज कोलकता नाइट राइडर्सकै टिम हो। कोलकताकै मालिक बलिउड स्टार शाहरूख खान, जे मेहता र जुही चावला यसका मालिक हुन्। यस्तै प्रशिक्षकमा ब्रेन्डन म्याकुलम छन्। नाइट राइडर्समा कप्तान पोलार्डसहित सुनील नारिन, ड्वेन ब्राभो, कोलिन मुन्रो, ड्वेन ब्राभो, दिनेश रामदिन, लेन्डे सिमोन्स, एन्डरसन फिलिप, अलि खान, सिकन्दर राजालगायतका खेलाडी छन्। सीपीएल आगमी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किड्स एन्ड नेभिसमा हुँदैछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करण भने खेल्न पाएनन्। दिल्ली क्यापिटल्सले तीन वर्षपछि फुकुवा गरेका उनलाई अक्सनमा कुनै पनि टोलीले ‘बोली’ लगाएनन्। उनलाई सन् २०१८ को सिजनमा दिल्लीले २० लाख भारतीय रुपैयाँमा तीन सिजनका लागि टोलीमा भित्र्याएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका