Monday, September 21, 2026
Homeराजनीतिसंघीय संसदका दुवै सदनको बैठक आज, विभिन्न विधेयकमा छलफल हुँदै

संघीय संसदका दुवै सदनको बैठक आज, विभिन्न विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, बालबालिकासम्बन्धी संशोधन विधेयक सम्बन्धित समितिमा पठाउने तथा राष्ट्रिय सेवा दल विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यस्तै, राष्ट्रियसभा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ। त्यसपछि सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक पारित गर्ने तयारी गरिएको छ।

यसैबीच, विभिन्न संसदीय समितिका बैठकसमेत आज बस्दैछन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका