Friday, May 15, 2026
Homeअर्थ र ब्यापार‘Road to IPO’ कार्यशाला सम्पन्न

‘Road to IPO’ कार्यशाला सम्पन्न

काठमाडौं । NIMB Ace Capital Limited ले Pioneer Law Associates र ICRA Nepal Limited सँग सहकार्यमा २९ अगस्ट २०२५ मा काठमाडौंको Hotel Aloft मा ‘Road to IPO’ कार्यशाला सम्पन्न गरेको छ।

कार्यशालाको उद्देश्य कर्पोरेट संस्थाहरुलाई प्राथमिक सार्वजनिक निष्काशन (IPO) मार्फत कम्पनीलाई सूचीकृत गर्ने प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन NIMB Ace Capital का प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गर्दै आईपीओले दीर्घकालीन रणनीति र पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने बताए।

सो अवसरमा Pioneer Law Associates का Managing Partner अनुप राज उप्रेतीले कानूनी पक्षबारे, NIMB Ace Capital का DCEO सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, पूँजी संरचना र निष्काशन समयरेखाबारे, तथा ICRA Nepal का Rating Division प्रमुख राजिव महर्जनले क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणा सम्बन्धी विषयमा प्रस्ट पारे।

NIMB Ace Capital र Pioneer Law Associates ले यस पहलमार्फत वित्तीय साक्षरता प्रवर्द्धन, संस्थागत सुशासन सुदृढीकरण र नेपाली व्यवसायलाई सूचीकृत गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका