Friday, August 7, 2026
Homeखेलकुदवैशाख ११ मा रारा म्याराथन हुँदै

वैशाख ११ मा रारा म्याराथन हुँदै

नेपालगन्ज : अन्तरालको आयोजना र व्यवस्थापनमा आगामी ११ वैशाखमा लोकतन्त्र दिवसको अवसरमा रारा म्याराथनको आयोजना गरिने भएको छ। मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ।

रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा(जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालका सञ्चार अधिकृत स्नेहा केसीले जानकारी दिइन्।

कर्णाली प्रदेशको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले बताए। ‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपूर्ण हुनेछ, संयोजक चन्दले भने,‘खेलकुद विकास त मुख्य उद्देश्य हो। यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका