Wednesday, July 29, 2026
Homeखेलकुदविश्वकप छनोटः नेपालद्वारा कतार पराजित: सन्दीप बने हीरो

विश्वकप छनोटः नेपालद्वारा कतार पराजित: सन्दीप बने हीरो

काठमाडौँ- ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा आज भएको खेलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो। नेपालका लागि सन्दीप लामिछानेले शानदार बलिङ गर्दै पाँच विकेट लिएर जितमा निर्णायक भूमिका खेले।

कतारका ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए भने जुबेर अलीले ५२ रनको योगदान दिए। नेपालका लागि नन्दन यादवले दुई विकेट र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा १४७ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ५८ रनको अर्धशतक प्रहार गरे भने दीपेन्द्रसिंह ऐरीले २६ र गुल्शन झाले १६ रन जोडे।

कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन–तीन विकेट लिए भने मुहम्मद असिमले एक विकेट लिए।

नेपालले यसअघि सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराएको थियो। समूह ‘बी’ विजेताको रूपमा सुपर सिक्समा प्रवेश गरेको नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका