Thursday, September 24, 2026
Homeसामाचारविपद् व्यवस्थापनसम्बन्धी कानुन संशोधनको तयारी, शव व्यवस्थापनदेखि राहतसम्मका व्यवस्था समेटिँदै

विपद् व्यवस्थापनसम्बन्धी कानुन संशोधनको तयारी, शव व्यवस्थापनदेखि राहतसम्मका व्यवस्था समेटिँदै

काठमाडौं । सरकारले विपद्सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ‘केही नेपाल ऐन’ संशोधन गर्ने तयारी गरेको छ। यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको छ।

गम्भीर प्रकृतिका विपद्बाट हुने मानवीय क्षति तथा राहतसँग सम्बन्धित विषयलाई सम्बोधन गर्ने उद्देश्यले विधेयक तयार पारिएको गृह मन्त्रालयले जनाएको छ।

विधेयकमा विशेषगरी गम्भीर प्रकृतिका विपद्बाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण गर्ने सम्बन्धमा कानुनी व्यवस्था प्रस्ताव गरिएको छ।

त्यसैगरी, विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहत तथा लामो समयसम्म बेपत्ता व्यक्ति फेला नपरेको अवस्थामा मृत्युको न्यायिक घोषणा गर्नेसम्बन्धी व्यवस्था पनि विधेयकमा समेटिएको छ।

गृह मन्त्रालयले विधेयकका सम्बन्धमा विधायन ऐन, २०८१ बमोजिम सार्वजनिक सूचना प्रकाशित गर्दै सर्वसाधारण तथा सरोकारवालाबाट राय–सुझाव माग गरेको छ।

मन्त्रालयका अनुसार सूचना प्रकाशित भएको सात दिनभित्र आफ्नो राय वा सुझाव गृह मन्त्रालयको इमेल legalsectionmoha@gmail.com मा पठाउन सकिनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका