Tuesday, May 20, 2025
Homeशिक्षाविद्यालय शिक्षा विधेयक पारित नभएसम्म आन्दोलन नरोकिने नेपाल शिक्षक महासंघको चेतावनी

विद्यालय शिक्षा विधेयक पारित नभएसम्म आन्दोलन नरोकिने नेपाल शिक्षक महासंघको चेतावनी

काठमाडौँ: नेपाल शिक्षक महासंघले प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ।

शिक्षा पत्रकार समूहद्वारा बुधबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदबाट विधेयक पारित नहुन्जेलसम्म आन्दोलन नरोकिने बताएका हुन्। उनका अनुसार प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि राष्ट्रियसभा र राष्ट्रपतिको प्रमाणीकरण प्रक्रियामा धेरै समय नलाग्ने भएकाले तत्काल मिति तोकेर विधेयकको प्रक्रिया अघि बढाइनुपर्ने आवश्यकता रहेको छ।

अध्यक्ष सुवेदीले आन्दोलन निर्णायक चरणमा नपुग्दासम्म शिक्षकहरू विद्यालय नफर्कने चेतावनी दिए। आन्दोलन सञ्चालनका लागि प्रत्येक शिक्षकबाट एक सय रुपैयाँ संकलन गरिएको जानकारी दिँदै उनले सोही रकमबाट आन्दोलन सञ्चालन भइरहेको बताए। विधेयक पारित गराउन विभिन्न राजनीतिक दलहरूसँग संवाद गर्न जाँदा वेवास्ता गरिएकाले आन्दोलन अपरिहार्य बनेको सुवेदीको भनाइ थियो।

पठनपाठनमा परेको असरको क्षतिपूर्ति दिन शिक्षकहरू तयार रहेको उल्लेख गर्दै सुवेदीले राज्यले सुनुवाइ नगरेसम्म शान्त आन्दोलनले काम नगर्ने अवस्थाले आफूहरू कठोर आन्दोलन गर्न बाध्य भएको जिकिर गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका