Friday, February 7, 2025
Homeअर्थ र ब्यापारविदेश अध्ययनका लागि जाने विद्यार्थीले पाँच महिनामा खर्च गरे ४७ अर्ब ३४...

विदेश अध्ययनका लागि जाने विद्यार्थीले पाँच महिनामा खर्च गरे ४७ अर्ब ३४ करोड

काठमाडौँ। देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहे पनि विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीको संख्या कम हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि ४७ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेका छन्।

राष्ट्र बैंकका अनुसार, सोही अवधिमा भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब १ करोड पुगेको छ, जसमा शिक्षातर्फ मात्र ४७ अर्ब ४१ करोड खर्च भएको छ। यो तथ्याङ्क अघिल्लो वर्षको सोही अवधिमा ७५ अर्ब ७३ करोड रहेको भ्रमण व्ययभन्दा उल्लेखनीय रूपमा वृद्धि भएको हो।

गत मंसिर मसान्तसम्म खुद सेवा आय भने ४० अर्ब ७१ करोड घाटामा रहेको छ, जबकि अघिल्लो वर्ष यो घाटा २६ अर्ब ५५ करोड थियो।

सेवा खाताअन्तर्गत भ्रमण आयमा पनि वृद्धि भएको देखिन्छ। समीक्षाको अवधिमा भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष यो ३४ अर्ब १२ करोड थियो।

विशेषज्ञहरूका अनुसार, विदेश अध्ययनको निरन्तर आकर्षण र भ्रमण व्ययमा भएको वृद्धिले देशको आर्थिक सन्तुलनमा दीर्घकालीन दबाब पर्ने सम्भावना छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका