Saturday, June 6, 2026
Homeखेलकुदलुम्बिनी लायन्स तेस्रो जीतसँगै प्लेअफ नजिक

लुम्बिनी लायन्स तेस्रो जीतसँगै प्लेअफ नजिक

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो जीत दर्ता गरेको छ।

विराटनगर किङ्ग्सले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो। लुम्बिनीका ओपनर डार्सी सर्टले उत्कृष्ट ५७ रन बनाए। विराटनगरतर्फ कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २/२ तथा बसिर अहमदले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन जोड्यो। लोकेश बमले ३५, बसिर अहमदले २८ र साम हिजलेटले २७ रनको योगदान गरे। लुम्बिनीका शेर मल्लले शानदार बलिङ गर्दै ३ विकेट झारे।

यो जीतसँगै लुम्बिनीले छ अंक बनाएर प्लेअफको सम्भावना बलियो पारेको छ। छ खेलबाट आठ अंक जोडेको विराटनगर पनि प्लेअफ दौडमै रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका