काठमाडौं । आन्दोलनकारीहरूले दोस्रो दिनको प्रदर्शनमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी गरेका छन्।
आज दिनभर प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतसहित पार्टीका शीर्ष नेताको घर र कार्यालयलाई पनि निशाना बनाई आगजनी गरेका छन्।


