Wednesday, April 22, 2026
Homeअर्थ र ब्यापारयुनियन लाइफको आइपीओ बिक्री खुला, कति कित्ता भर्ने ?

युनियन लाइफको आइपीओ बिक्री खुला, कति कित्ता भर्ने ?

काठमाडौं : युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि बिहीबार (आज) देखि प्राथमिक शेयर (आइपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

निष्कासन गरिएको सेयरमा ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई र बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो।

कम्पनीको आइपीओमा छिटोमा असार २८ गतेसम्म र ढिलोको साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एपमार्फत पनि आइपीओमा आवेदन दिन सकिनेछ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका