काठमाडौँ: साफ महिला च्याम्पियनसिपको फाइनलमा ११ हजार टिकट बिक्री गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
‘रंगशालाको क्षमता १५ हजार हो । हामीले साधारण र भीआईपीतर्फ गरी कुल ११ हजार टिकट बिक्री गरेका छौँ,’ एन्फाका प्रवक्ता सुरेश शाहले भने।
उनले सुरक्षा अवस्थालाई ध्यानमा राखी बाँकी चार हजार टिकट बिक्री नगरिएको जानकारी
पनि दिए ।