Monday, January 13, 2025
Homeअर्थ र ब्यापारमहामारीमै कालोबजारी

महामारीमै कालोबजारी

मूल्य चढ्यो आकाश, निचोरिँदै जनता

काठमाडौं : अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो ! सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो ! यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् !

गाउँमा किसानले मूल्य पाएका छैनन् ! तरकारी कुहेका र फालिएका छन् ! कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् ! यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन !

खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ ! महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ ! बजारमा अहिले माग घटेको छ ! यस्तो अवस्थामा मूल्य घट्नुपर्ने हो ! तर, अत्यधिक नाफा खाने मोहमा झन् बढाइएको छ ! यो छाडापनमा राज्य भने मौन बसेको छ ! महामारीका कारण उत्पन्न संकटलाई मौकाको फाइदा उठाउँदै कार्टेलिङ र कालोबजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेका हुन् ! निषेधाज्ञापछि स्वास्थ्य उपचार, औषधि, दैनिक उपभोग्यका सामग्री खाद्यान्न, इन्धन, तरकारीलगायतमा चर्को मूल्यवृद्धि गरी आम उपभोक्तालाई सकेसम्म यस्ता समूहले उखु निचोरेजस्तै निचोरेका छन् ! सरकारको कमजोर नीतिका कारण बजारमा यस्तो अवस्था सिर्जना भएको उपभोक्तावादीहरूले औंल्याएका छन् !

स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुने बिरामीबाट हजारौंदेखि लाखौं रुपैयाँसम्म स्वास्थ्य संस्थाले असुल गर्दै आएका छन् ! नक्कली औषधिमा सक्कली औषधिको लेबल लगाएर बिक्री वितरण हुँदै आएको छ ! औषधिको कृत्रिम अभाव सिर्जना गरी ५ हजार पर्नेलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म असुल गर्ने क्रम रोकिएको छैन !  यस्तै कालोबजारी र कार्टेलिङको अवस्था दैनिक उपभोग्य वस्तुतर्फ पनि सिर्जना भएको छ ! कोभिडका कारण महामारी फैलिएर संकट निम्तिएको समयमा व्यापारीले मिलोमतो गरी दैनिक उपभोग्य वस्तुतर्फ ५ देखि २५ प्रतिशत मूल्यवृद्धि गरेका छन् ! टोलटोलमा भएका स–साना खुद्रा पसलले आफूखुसी अतिरिक्त मूल्य थप गरी दैनिक उपभोग्य वस्तु बिक्री गरेका कारण संकटको समयमा आम उपभोक्ता ठगिएका छन् !

महामारीका कारण अधिकांश सर्वसाधारणको आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिकाबीच नेपालीको भान्छा यो मूल्यवृद्धिले निक्कै महँगिएको छ ! पछिल्लो समयमा भान्छामा अत्याधिक प्रयोग हुने चामल, दाल, गेडागुडी, खानेतेल, चिनी, पेट्रोलियम पदार्थलगायतमा चर्को मूल्यवृद्धि भएको छ ! यस्तै हरियो ताजा तरकारीको मूल्य पनि अचाक्ली रूपमा बढेको छ !

खुद्रा व्यापार संघकाअनुसार ठूला व्यापारीले विभिन्न बहानामा प्रत्येक दैनिक उपभोग्य वस्तुमा न्यूनतम १०  देखि २ सय रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् ! यो मूल्य वृद्धिका कारण आम उपभोक्ता निक्कै मारमा परेका छन् ! यस्तै हरियो तरकारीमा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म मूल्यवृद्धि गरिएको छ !

पछिल्लो समयमा सबैभन्दा बढी खानेतेलको मूल्यमा अत्यधिक वृद्धि भएको छ ! सनफ्लावर र तोरीको तेलमा एक सयदेखि २ सय रुपैयाँसम्म मूल्य थपिएको छ ! खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरका अनुसार अघिल्लो वर्षको साउनदेखि निरन्तर रूपमा खानेतेलको मूल्य बढेको बढ्यै छ !  मानन्धरका अनुसार ठूला व्यापारीले निषेधाज्ञाका कारण सवारी साधनको अभाव, अवागमन असहज र ढुवानी खर्च वृद्धिका कारण यस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली रूपमा बढेको हो ! ठूला व्यापारीले निषेधाज्ञा लाग्नुअघि आपूर्ति गरेको दैनिक उपभोग्य वस्तुमा पनि मूल्य बढाएका छन् !

निषेधाज्ञा लाग्नुअघि प्रतिलिटर सनफ्लावरको मूल्य २ सय २० देखि २ सय ३० सम्म थियो ! अहिले यसको मूल्य बढाएर २ सय ६० रुपैयाँ पुर्‍याइएको छ ! २ सय १० प्रतिलिटर रहेको तोरी तेलको मूल्य अहिले २ सय ५०, २ सय ३५ रुपैयाँ रहेको भटमास तेलको मूल्य २ सय ५० रुपैयाँ कायम गरिएको छ ! ‘हामीले मूल्य बढाएका छैनौं,’ मानन्धरले भने, ‘ठूला व्यापारीबाट मूल्य बढेर आएका कारण सबैजसो दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ! टोलैपिच्छे खुद्रा पसलमा यस्ता वस्तुमा झन् १० देखि २५ रुपैयाँ वृद्धि गरी उपभोक्तालाई ठगिएको छ !’

संघका अनुसार प्रत्येक जातको चामलको प्रतिबोरामा न्यूनतम ५० देखि १ सय ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ ! १ हजार ६ सय ५० रुपैयाँ पर्ने प्रतिबोरा जिरा मसिनोलाई १ हजार ७ सयदेखि १ हजार ८ सय, २ हजार २ सय ५० पर्ने पोखरेली चामललाई २ हजार ४ सय रुपैयाँ, २ हजार ४ सय ५० पर्ने लङ्ग ग्रेनको प्रतिबोरालाई २ हजार ५ सय ५० रुपैयाँ मूल्य तोकिएको छ ! यस्तै १ हजार ५ सय पर्ने सोना मन्सुलीलाई अहिले १ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ! त्यस्तै चिनीको मूल्य पनि उकालो लागेको छ ! निषेधाज्ञा अघिसम्म प्रतिकिलो ८५ देखि ९० रुपैयाँमा बिक्री भइरहेको चिनीको मूल्य अहिले ९५ देखि १ सय रुपैयाँ पुगेको छ !

मानन्धरका अनुसार ठूला व्यापारीले बिलिङ गर्दा कमको गर्ने तर रकम भुत्तानी बढी लिने गरेका छ ! यसले गर्दा सरकारले अनुगमन गर्दा पनि ठूलो व्यापारीले बिलिङ दुरुस्त राखेका कारण कुनै कारबाही हुन नसकेको हो ! ठूला व्यापारीले नै अधिक मूल्य थपेर दैनिक उपभोग्य वस्तुको कालोबजारी गर्दैआएको संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिए ! बज्राचार्यका अनुसार निषेधाज्ञाको फाइदा उठाएर थोक व्यवसायीले आफूखुसी मूल्यवृद्धि गरेका छन् ! संघकाअनुसार निषेधाज्ञाअघि प्रतिकिलो १ सय २० रहेको मुसुरो दालको मूल्य बढाएर १ सय ४० पुर्‍याइएको छ ! १ सय ६० मा बिक्री भएको रहर दाललाई १ सय ७०, १ सय ६० मा बिक्री भएको मासको दाललाई १ सय ८० र प्रतिकिलो १ सय ३० मा बिक्री भएको चनाको दाललाई अहिले १ सय ४० रुपैयाँ तोकिएको छ !

गेडागुडीतर्फ मूल्य अस्वाभाविक वृद्धि गरिएको छ ! संघकाअनुसार प्रतिकिलो १ सय ८० मा बिक्री भएको चनाको गेडालाई अहिले २ सय २० रुपैयाँ मूल्य तोकिएको छ ! १ सय ५० को सेतो केराउलाई १ सय ५५ र १ सय ६० जाने मुंग गेडालाई १ सय ७० रुपैयाँ मूल्य तोकिएको छ !

थोक विक्रेता संघका अध्यक्ष देवेन्द्र भट्टले ढुवानी खर्च बढेकाले सबैजसो उपभोग्य वस्तुको मूल्य वृद्धि भएको दाबी गरे ! ‘यस्तो अवस्थामा पहिलो प्राथमिकता नियमित रूपमा पर्याप्त आपूर्ति हुनु हो ! त्यो भइरहेको छ,’ भट्टले भने, ‘महामारी र निषेधाज्ञाको समयमा मूल्यमा केही वृद्धि हुन्छ नै ! हाम्रो मुलुकमा मात्रै यस्तो भएको होइन् !’ भट्टले कच्चा पदार्थको अभाव र मूल्य वृद्धिका साथै अन्तर्राष्ट्रिय बजारबाट आयात गर्न आवश्यक पर्ने कन्टेनरको अभावका कारण खानेतेलको मूल्य निरन्तर रूपमा बढ्दै गएको जानकारी दिए ! यो बेला कुखुराका मासुको मूल्य भने घटेर उपभोक्तालाई केही राहत भएको छ ! पछिल्लो समयमा प्रतिकिलो ४ सय ५० सम्म मूल्य पुगेको कुखुराको मासुको मूल्य घटेर अहिले ३ सय ५० मा पुगेको छ !

उपभोक्तावादी ज्योति बानियाँले सरकारको कमजोर उपस्थितिका कारण उपभोक्ता चौतर्फी महँगीको मारमा परेको बताए ! उनले भने, ‘सत्तासिन दल र बिपक्षी पछिल्लो लामो समयदेखि सत्ताको खेलमा लागेका कारण बजार नियन्त्रण गर्ने निकायको उपस्थिति कमजोर भएकाले बजारमा चौतर्फी रूपमा लुट मच्चिएको हो !’

तरकारीमा उर्लियो मूल्य
पछिल्लो समयमा तरकारी मूल्य पनि वृद्धि भएको छ ! गत वर्षको जेठ ८ को तुलनामा यो वर्षको जेठ ८ मा हरियो तरकारीको मूल्य पनि बढेको छ !

त्यो बेला पनि निषेधाज्ञाका कारण समयमा बजारमा जान नपाउँदा किसानले खेतमै तरकारी नष्ट गर्न बाध्य भएका थिए ! अत्याधिक उत्पादनका कारण सस्तो भएको तरकारी यो वर्ष भने महँगो भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरले जानकारी दिए ! उनकाअनुसार यो वर्ष तरकारीको उत्पादन निक्कै कम भएर बजारमा थोरै परिमाणमा आयो ! यसले गर्दा मूल्य बढेको उनको दाबी छ ! गत वर्षको जेठ ८ को तुलनामा यो वर्षको जेठमा प्रत्येक तरकारीमा प्रतिकिलो १० रुपैयाँदेखि २५ रुपैयाँसम्म मूल्यवृद्धि भएको महासंघले जनाएको छ !

इन्धनको मूल्य पनि उकालो
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समयमा इन्धनको मूल्यले नेटो कटेका कारण यसको प्रभाव स्वदेशी बजारमा पनि परेको छ ! अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनको मूल्य प्रतिव्यारेल ६८.७४ अमेरिकी डलर कायम भएको छ ! यसअघि गत चैतमा प्रतिव्यारेल ६३.२५ डलर मूल्य थियो ! यही मूल्यको आधारमा इण्डियन आयल कर्पोरेसन(आईओसी) ले पठाएको मूल्य सूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्दा अहिले प्रतिलिटर पेट्रोल १ सय २१ बाट १ सय २३ रुपैयाँ र डिजेलको मूल्य १ सय ४ रुपैयाँबाट १ सय ६ रुपैयाँ कायम भएको हो ! डिजेलको मूल्यवृद्धि हुँदा यसले दैनिक उपभोग्य वस्तुसम्मको मूल्यलाई असर पार्दै आएको छ  !

आईओसीबाट खरिद हुने पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ १ पैसा र डिजेलमा  ४३ रुपैयाँ ११ रुपैयाँ थप जोडेर बिक्री हुँदा स्वदेशी बजारमा इन्धनको मूल्य चर्को भएको हो ! यसरी पेट्रोल र डिजेलमा थपिने रकम सरकारले करबापत असुल गरेको हो ! मूल्य समायोजनपश्चात् पनि निगम अहिले १५ दिनमा ५४ करोड रुपैयाँ घाटा व्यहोर्न बाध्य छ !

निषेधाज्ञाको समयमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यापारीमाथि विभागले कडाइका साथ कारबाही गरिरहेको छ। मूल्य र गुणस्तरमा ठगिएका उपभोक्तालाई मेरो आग्रह छ– प्रहरी वा विभागमा स–प्रमाण उजुरी दिनुहोस्। हामी अवश्य कारबाही गर्ने छौं।

उपभोक्तालाई ठग्न नदिन पछिल्लो समयमा विभागको अनुगमन टोली महामारीको जोखिम मोलेर पनि अनुगमन गरिरहेको छ। निधेषाज्ञाकै अवधीमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यापारीबाट ३ लाख ७० हजार रुपैयाँ जरिवाना विभागले गरेको छ। अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका