Tuesday, August 18, 2026
Homeसामाचारमन्त्रीको जवाफमा असन्तुष्ट आशिका तामाङलाई सभामुखको सचेत

मन्त्रीको जवाफमा असन्तुष्ट आशिका तामाङलाई सभामुखको सचेत

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै थप स्पष्टीकरण माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र सभामुख डोलप्रसाद अर्यालबीच केहीबेर विवाद भएको छ।

बैठकमा सांसद तामाङले यसअघि उठाएका विभिन्न विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए। मन्त्रीको जवाफप्रति चित्त नबुझेपछि तामाङले थप प्रश्न तथा स्पष्टीकरणका लागि समय माग गरेकी थिइन्।

तर, सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावलीअनुसार मन्त्रीले दिएको जवाफमाथि तत्काल थप प्रश्न गर्ने वा स्पष्टीकरण माग्ने व्यवस्था नरहेको स्पष्ट पारे। सभामुखले पटक–पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि तामाङले थप प्रश्न गर्न पाउनुपर्ने अडान राखिरहिन्।

स्थिति असहज बन्दै गएपछि सभामुख अर्यालले संसद्को गरिमा र संसदीय मर्यादा कायम राख्न तामाङलाई निर्देशन दिएका थिए।

सभामुखबाट बोल्ने अनुमति नपाएपछि सांसद तामाङ बैठक कक्षबाट बाहिरिएकी थिइन्। घटनापछि बैठकमा केही समय असहज अवस्था सिर्जना भएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका