Tuesday, August 18, 2026
Homeअर्थ र ब्यापारराष्ट्र बैंकले तोक्यो मंगलबारको विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तोक्यो मंगलबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसाबिक्रीदर १५३ रुपैयाँ २७ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा रहेको छ। यस्तै, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६० पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६६ पैसा र बिक्रीदर ४० रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०५ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८१ पैसा र बिक्रीदर १० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका