काठमाडौँ — बाफलस्थित कोहिनुर हाउजिङसँगैको मनुमति खोलामा आएको बाढीले सडकमा क्षति पुर्याएको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि खोलामा आएको बाढीले सडकको भाग बगाएको र आसपासका घरहरू समेत जोखिममा परेको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगर प्रहरीले खोलाको किनारमा वाल निर्माण र सडक मर्मत कार्य सुरु गरेको छ। बाढीले क्षति पुर्याएको क्षेत्रका सडक र नालाहरू मर्मत गर्न महानगरका प्राविधिक टोली खटिएका छन्।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी





