Sunday, November 8, 2026
Homeसामाचारमनसुनी वायु कमजोर, केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

मनसुनी वायु कमजोर, केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव रहिरहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

आइतबार बिहान बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। गोरखाको सेतीवासमा पछिल्लो एक घन्टामा ५.६ मिलिमिटर वर्षा मापन भएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली हुने छ।

दिउँसो कोशी र बागमती प्रदेशका केही स्थान, मधेश र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान छ।

आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। राति पनि यी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका