Sunday, November 8, 2026
Homeसामाचारमनसुनको प्रभावले देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

मनसुनको प्रभावले देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसको प्रभावले देशभर सामान्यतया बदली भएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भूभागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका