बागलुङ : बागलुङ बजारको श्रेष्ठ हार्डवयरमा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीबाट हार्डवयरका सामग्री जलेर नष्ट भएका छन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रण नजिक छ । यद्यपि आगलागीबाट क्षतिको विवरण आउन बाँकी छ। आगलागीको कारण समेत खुल्न सकेको छैन ।
पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ । यसै साता मात्रै बानपा ३ गुठीको सिर्जना फर्निचर उद्योगमा आगलागी भएको थियो भने त्यसअघि बागलुङ बजारकै मुख्य चोकमा रहेको ग्रीन एण्ड चिल रेष्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको थियो ।
अन्नपूर्णबाट साभार