काठमाडौँ, २९ असोज — बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, राति १:०८ बजे ४.९ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र रहेको केन्द्रले जनाएको छ। मध्यरात भूकम्प जाँदा स्थानीयबासी त्रसित भएका थिए।
भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको छ भने, स्थानीय प्रहरीका अनुसार अहिलेसम्म कुनै क्षति भएको विवरण प्राप्त भएको छैन।


