Saturday, January 18, 2025
Homeअर्थ र ब्यापारप्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ: नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा विभिन्न कारबाहीबाट रु दुई अर्ब २४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

विशेष कार्ययोजना लागू गर्दै प्रहरीले अवैध क्रियाकलाप रोकथाम तथा विभिन्न कारबाहीका लागि अभियान सञ्चालन गरेको थियो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत १० विधामा गरिएका कारबाहीबाट यो राजस्व सङ्कलन भएको हो।

प्रवक्ता अधिकारीका अनुसार, सबैभन्दा बढी राजस्व रु ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) अवैध मालसामान बरामदबाट प्राप्त भएको छ। ट्राफिक जरिवाना बाट रु ५२ करोड सात लाख, अदालती फैसला कार्यान्वयनबाट रु ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट रु २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी रु चार करोड ३७ लाख राजस्व सङ्कलन गरिएको छ।

त्यसैगरी, स्रोत नखुलेको रु दुई करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट रु एक करोड ८३ लाख, र अवैध काठ बरामदबाट रु एक करोड २० लाख राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार, अवैध पशुपन्छी नियन्त्रण अभियानबाट रु एक करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट रु ९२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका