बैतडी:प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा गरिएको छ। प्रतियोगिताका लागि बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिएका छन्।
घोषित टोलीमा रहेका खेलाडीहरू:
बिन्दु रावल (कप्तान)
रितु कनौजिया
कविता कुँवर
शोभा रोकाया
करिश्मा थापा
जानकी थापा
रविना साउद
चेतना कुँवर
रेवती धामी
मञ्जु विष्ट
मनिषा बोहरा
रविना धामी
आशिका महरा
मनिषा खत्री
सचिव भट्टका अनुसार प्रशिक्षकमा नीरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा, तथा फिजियो र सहायक प्रशिक्षकमा दिपेन्द्र बोहरा रहेका छन्।
यो टोली सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीको बन्द प्रशिक्षणपछि घोषणा गरिएको हो। बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा बन्द प्रशिक्षण आयोजना गरिएको थियो।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीका अनुसार राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता हुने तय गरिएको छ।