Sunday, October 25, 2026
Homeराजनीतिप्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता माघ ३ देखि लागू हुने

प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता माघ ३ देखि लागू हुने

काठमाडौँ, २६ पुस : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी पूरा गरेको छ । आयोगका अनुसार आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिनेछ ।

आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको हालसम्मको प्रगतिबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने तथा नपाउने गतिविधि, राजनीतिक दल तथा सरोकारवालाहरूको भूमिका र जिम्मेवारी आचारसंहितामा स्पष्ट रूपमा व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार प्रधानमन्त्रीलाई निर्वाचनको तयारी, निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापनलगायतका विषयमा जानकारी गराउनुभएको हो ।

आयोगले आचारसंहिताको कडाइका साथ पालना गराउन सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूको महत्वपूर्ण भूमिका रहने बताएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका