Monday, June 29, 2026
Homeअन्तराष्ट्रियपुटिनको दाबी: युक्रेन सम्झौताका सर्त स्वीकार, अमेरिकासँग वार्ता जारी राख्न रुस तयार

पुटिनको दाबी: युक्रेन सम्झौताका सर्त स्वीकार, अमेरिकासँग वार्ता जारी राख्न रुस तयार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ले युक्रेन द्वन्द्व समाधानका विषयमा अमेरिकासँग भएको एन्कोरेज वार्तापछि रुसले सम्झौताका प्रस्तावित सर्तहरू स्वीकार गरेको र थप संवादका लागि तयार रहेको बताएका छन्।

रुसी सञ्चारमाध्यम आरटी का अनुसार पुटिनले एक अन्तर्वार्ताका क्रममा एन्कोरेजमा भएको वार्ता र युक्रेन संकटबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

अन्तर्वार्तामा उनले एन्कोरेजमा कुनै औपचारिक सम्झौतामा हस्ताक्षर नभएको स्पष्ट पार्दै युक्रेन द्वन्द्व अन्त्य गर्ने सम्भावनाबारे मात्र विस्तृत छलफल भएको बताए।

पुटिनले युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपतिलाई युक्रेनबारे प्रभावित पारेको भन्ने दाबी आफूलाई विश्वासयोग्य नलाग्ने पनि उल्लेख गरे। उनका अनुसार अमेरिकी राष्ट्रपति अनुभवी राजनीतिज्ञ भएकाले त्यस्तो सम्भावना कम रहेको छ।

उनले भने, “हामीलाई सम्झौता गर्न प्रस्ताव गरिएको थियो। हामीले त्यसबारे विचार गर्यौं र एन्कोरेज पुगेपछि त्यसमा सहमत भएको जानकारी दियौं। त्यसपछि अमेरिकी प्रशासनबाट कुनै थप प्रतिक्रिया आएको छैन।”

यसैबीच, रुसी सरकारी समाचार संस्था तास का अनुसार पुटिनले युक्रेन संकट समाधानसँग सम्बन्धित सबै विषयमा अमेरिकासँग वार्ता जारी राख्न रुस तयार रहेको बताएका छन्।

उनका अनुसार एन्कोरेजमा भएका प्रारम्भिक छलफलले पूर्ण सहमति नजुटाए पनि उठाइएका सबै विषयमा आगामी चरणमा थप वार्ता र विस्तृत छलफल गरिनेछ।

पुटिनले युक्रेन द्वन्द्वको दीर्घकालीन समाधानका लागि संवाद र कूटनीतिक पहललाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका