पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संकटको घडीमा भारतीय जनताप्रति ऐक्यबद्धता व्यक्त गर्न चाहेको बताएका छन् । ‘भारत बासी खतरनाक लहरसँग लडिरहेका छन् । म उनीहरुको शीघ्र स्वास्थ लाभको प्रार्थना गर्दछु । मानवताका साथ मिलेर हामीले यो वैश्विक चुनौतीसँग लड्नुपर्छ,’ उनले भने ।
कोरोनाविरुद्ध लड्नका लागि तय गरिएका मापदण्डहरु पालना गर्न उनले शुक्रबार देशवासीसँग अपिल गरेका थिए । ‘मानिसहरुले आफ्नो बचाउका लागि स्वास्थ मापदण्ड पालना गरेनन् भने हामीले त्यही स्थिती सामना गर्नुपर्ने हुन्छ, जो अहिले भारतले गरिरहेका छ,’ इमरानले भनेका थिए ।
अवस्था तिव्र रुपमा बिग्रिएकाले आगामी दिनमा देशमा लकडाउन लगाउनुपर्ने पनि हुनसक्ने उनले बताएका थिए । उनले कोभिड १९ का मापदण्डहरुको पालना गराउनका लागि सेनासँग पनि मद्दत मागेका थिए । सबैले मास्क लगाउने हो भने आधा समस्या आफैं समाप्त हुने उनले बताएका थिए ।
रातोपाटीबाट साभार