Monday, January 20, 2025
Homeअर्थ र ब्यापारपर्यटक पोखरामै रोकिए

पर्यटक पोखरामै रोकिए

पोखरा : पर्यटकीय सहर पोखरामा अझै पनि १ सय ५० भन्दा बढी पर्यटक रहेको पर्यटक प्रहरी कार्यालय पोखराले जनाएको छ। पहिलो लकडाउन हुनु अघिदेखि बसेका र कोरोना कम हुँदै गर्दा नेपाल आएका पर्यटकसमेत गरी करिब १ सय ५० विदेशी पर्यटक पोखरामा रहेको पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख राजन रायमाझीले बताए।

कोरोना संक्रमणको दोस्रो लहर सँगै फर्कन नपाएका पर्यटक अझै पोखरामा छन्। दोस्रो लकडाउनकै बीचमा ३२ जना पर्यटक चार्टर्ड प्लेनबाट आफ्नो देश जान गाडीबाट काठमाडौं गएका छन्।  यसरी जानेमा रसियन, फ्रान्सलगायतका देशका पर्यटक रहेको उनले सुनाए। कोरोना संक्रमण निकै बढेको र लकडाउनसमेत भएकोले पर्यटकहरू पोखराबाट काठमाडौं जानु परे आफ्नो देश जान बुकिङ गरेको प्लेन टिकट, काठमाडौंमा कुन होटलमा बस्ने हो त्यस होटलमा बुकिङ कन्फ्म गरेको प्रमाण हुनुपर्ने नियम छ।

पहिलो लकडाउनपछि कोरोना संक्रमण घटेको समयमा नेपाल आएका केही पर्यटक अझै पनि अन्नपूर्ण पदयात्रा क्षेत्रमा समेत रहेको पर्यटक प्रहरी कार्यालय पोखरामा प्रमुख रायमाझीले बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखरासँग समन्वय गरेर पोखरा आउन चाहने पर्यटकलाई संरक्षण क्षेत्रबाट पोखरा आउने व्यवस्था मिलाइने पनि उनले बताए।

पहिलो लकडाउनपछि क्रमशः कोरोना संक्रमण दर घट्दै गएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको थियो।  छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहरसँगै नेपालमा पनि यसको असर देखिएपछि पर्यटन उद्योग पूनः ओरालो लागेर जिरोकै अवस्थामा पुगेको टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशील पौडेलले बताए। कोरोना संक्रमण कम भएपछि पदयात्रामा जान सबैभन्दा धेरै रसियन पर्यटक आएको पौडेलले सुनाए।

कोरोना संक्रमण घट्दै गएपछि पोखराका होटलमा १५ देखि २० प्रतिशतसम्म पुगेको थियो।  पर्यटक पोखरामा आउने क्रम सुरु भएको अवस्थामा फेरि कोरोनाको दोस्रो लहरले ठप्प पारेको व्यवसायीले बताए। होटल सञ्चालन खर्च उठ्न ३५ देखि ४० प्रतिशत पर्यटक होटलमा भएको अवस्थमा मात्र पुग्ने व्यवसायी बताउँछन्। कोरोना संक्रमण घट्दो र पर्यटक आउने क्रम सुरु सँगै पर्यटन लयमा फर्कने विश्वासमा व्यवसायी थिए।

कोरोना संक्रमण घट्दै गएपछि अन्नपूर्ण, धौलागिरि हिमालको आरोहण गर्न र पदयात्राका लागि पर्यटक आएर हिमालको सफल आरोहणसमेत गरेका थिए। नयाँ भेरियन्टको कोरोना संक्रमण बढेपछि फेरि धानिनै नसकिने गरी पर्यटन उद्योग समस्यामा परेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए।  अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका