Friday, October 23, 2026
Homeखेलकुदनेपाल मलेसियासँग तीन रनले पराजित

नेपाल मलेसियासँग तीन रनले पराजित

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय महिला ट्वेन्टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ।

कुआलालम्पुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रनको योगफल तयार पार्‍यो। कप्तान विनिफ्रेड डुरैसिंगमले २७ तथा ओपनर ऐना हमिजा हसिमाले २६ रनको योगदान दिइन्।

१०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो। नेपालका लागि पुजा महतोले सर्वाधिक ३० रन जोडिन् भने सम्झना खड्का १८ र कविता जोशी १३ रनमा सीमित भइन्।

आगामी जनवरीमा हुने टी–२० महिला विश्वकप ग्लोबल छनोटको तयारीका लागि नेपालले हाल मलेसियामा तयारी सिरिज खेलिरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका